सिद्धपोखरी मर्मत सम्भारमा श्रमदान जारी
- जेष्ठ ३१, २०८३
भक्तपुर, २६ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा स्थापना गर्ने अक्सिजन प्लान्टको आवश्यक सामग्री बुधबार भक्तपुर आइपुगेको छ । चीनको छेन्दुबाट बुधबार बिहान काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको विमानबाट ती सामग्री ल्याइएको हो । बुधबार नै दुई खेपमा काठमाडौँबाट भक्तपुर च्याम्हासिंहस्थित ख्वप अस्पतालको निर्माणाधिन भवनमा ती सामग्री ल्याइएका हुन् । सात वटा बाकसमा आएका ती सामग्रीको बिहीबारदेखि नै सेटिङ सुरु हुने भक्तपुर नपाअन्तर्गत ख्वप अस्पताल, कोभिड एकाइ सञ्चालन समितिका संयोजक रवीन्द्र ज्याख्वले जानकारी दिनुभयो ।
“अक्सिजन प्लान्टको लागि आवश्यक विद्युत् आपूर्तिको प्रबन्ध भइसकेको छ । ट्रान्सफर्मर आदिको पनि जडान भइसकेको छ । प्लान्ट राख्ने कोठालाई ध्वनि निषेध (साउन्ड प्रुफ) बनाउने जस्ता केही काम बाँकी छ । ती सबै काम केही दिनभित्र सकाउने लक्ष्य राखेका छौँ”, उहाँले भन्नुभयो ।
संयोजक ज्याख्वले हप्ता दिनभित्र ख्वप अस्पतालको सो प्लान्टले अक्सिजन उत्पादनको थालनी हुने बताउनुभयो ।
कुल १ करोड २० लाखको लागत इस्टिमेटमा बन्दै गरेको अक्सिजन प्लान्टबाट चौबीस घण्टामा ४० लिटर क्षमताका १ सयदेखि १२० वटा सिलिन्डर भर्न सकिनेछ ।
संयोजक ज्याख्वले हाललाई अक्सिजनको खपत ख्वप अस्पतालअन्तर्गत कोभिड एकाइका बिरामीकै लागि गरिने र पछि अन्य बिरामीको लागि पनि आवश्यकताअनुसार प्रयोग गरिने बताउनुभयो ।

सेटिङपछि यस्तो हुनेछ प्लान्ट
Leave a Reply