भर्खरै :

कोरोना सङ्क्रमित हुनेभन्दा मुक्त हुने धेरै

काठमाडौँ, २९ जेठ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्या लगभग दोब्बर भएका छन् । सो अवधिमा तीन हजार ७५० सङ्क्रमित थपिएका थिए भने ६ हजार २९५ सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार १८२ नमुना परीक्षण गरिएको थियो । तीमध्ये नौ हजार ५९८ पीसीआर विधिबाट र पाँच हजार ५८४ एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित ६७ जनाको मृत्यु भएको छ । यो विवरणसहित हालसम्म कुल आठ हजार ३०५ जनाको कोरोनाका कारण दुःखद निधन भएको छ ।
मन्त्रालयका अनुसार कुल ६ लाख चार हजार ३९६ जनाको कोरोना पोजेटिभ देखिएको छ । यस्तै, पाँच लाख २० हजार ८१६ जना निको भएका छन । निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ५१ जना रहेको छ । कूल एक लाख ८६ हजार २०३ निको भएका छन् भने एक हजार ७५० जनाको निधन भएको छ । भक्तपुरमा दुई हजार ९४६ जना सक्रिय सङ्क्रमित रहेकामा १८ हजार ४२ निको भएका छन् । यस्तै, ३४९ को मृत्यु भएको छ । ललितपुरमा कुल तीन हजार ९९४ जना सक्रिय सङ्क्रमित रहेकोमा ३१ हजार ३१२ जना निको भएका छन् । यस्तै, ५०५ जनाको निधन भएको छ ।
४५ जिल्लामा ५०० बढी सङ्क्रमित
मन्त्रालयका अनुसार ५०० भन्दा माथि उपचारार्थ सङ्क्रमित भएका जिल्लाको सङ्ख्या ४५ रहेको छ । प्रदेश नं १ को मोरङ, सुनसरी र झापामा ५०० बढी सङ्क्रमित रहेका छन् । प्रदेश नं २ को रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा र सर्लाही रहेका छन् । बाग्मती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभे्रपलान्चोक, मकावानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा र रामेछापमा ५०० बढी सङ्क्रमित रहेको मन्त्रालयको भनाइ छ । गण्डकी प्रदेशका कास्की, गोरखा, नवलपरासी (पूर्व), तनहुँ र लमजुङ छन् ।
लुम्बिनी प्रदेशका दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी (पश्चिम) र रोल्पा, कर्णाली प्रदेशको सुर्खेत र दैलेख तथा सुदूरपश्चिम प्रदेशको डेडेल्धुरा,कैलाली, कञ्चनपुर, बैतडी, अछाम र डोटीमा ५०० बढी सङ्क्रमित रहेको मन्त्रालयको भनाइ छ ।
यस्तै, २०० भन्दा माथि उपचारार्थ सङ्क्रमित भएका जिल्लामा ताप्लेजुङ, उदयपुर, धनकुटा, सङ्खुवासभा, खोटाङ र ओखलढुङ्गा छन् ।
रसुवा, स्याङजा, पर्वत, अर्घाखाँची, सल्यान, जाजरकोट, रुकुम पश्चिम र दार्चुलामा पनि २०० भन्दा माथि मात्रै सङ्क्रमित उपचारमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *