“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
काठमाडौँ, २९ जेठ । विश्व बालश्रमविरूद्धको दिवसको अवसरमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन र अन्तर्राष्ट्रिय बालकोषले एउटा पछिल्लो रिपोर्ट सार्वजनिक गर्दै सन् २०२१ मा विश्वव्यापी बाल श्रमिकको सङ्ख्या गएको २० वर्ष यता पहिलो पटक वृद्धि भएको बताएको छ ।
जेनेभामा आयोजित १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महाधिवेशनमा सहभागीहरूले अमेरिकाको जबरजस्ती श्रम तथा बालश्रमको कडा निन्दा गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार अमेरिकाले ८ वटा सङ्गठनका महाधिवेशनहरूमध्ये २ वटालाई मात्र अनुमोदन गरेको छ भने यसबाट विश्वमा सबभन्दा कम अधिवेशनहरूमा समर्थन गर्ने मुलुकहरूमध्ये अमेरिका पनि एक हो ।
प्राप्त समाचारमा जनाइएअनुसार हालसम्म अमेरिकामा लगभग ५ लाख बाल श्रमिक छन् र यी बाल श्रमिकहरू धेरैजसो सूर्तिजन्य उद्योगमा खटाइएका छन् । वाशिङ्टन समाचारपत्रका अनुसार सन् २००३ देखि २०१६ सम्म अमेरिकाका ४५२ जना बालश्रमिकको मृत्यु भएको र जसमध्येका २३७ जना कृषि उत्पादनको दुर्घटनामा परेको देखिन्छ ।
अमेरिकाका केही राजनीतिज्ञहरूले आफ्नो सम्बोधनमा नियमबारेको कुरा सधैँ नै उठाइरहेका हुन्छन् । साथै उनीहरू आफैंले केही झूटा कुरा बनाउँदै अरू मुलुकलाई ‘जबरजस्ती श्रम’ तथा ‘मानव अधिकार’ को सवालमा समस्या सिर्जना गर्न खोजिरहन्छन् । वास्तवमा अमेरिका आफैंले अन्तर्राष्ट्रिय नियम र मानव अधिकारको उल्लङ्घन गरिरहेको छ ।
Leave a Reply