भर्खरै :

‘श्रमिक’ र ‘मजदुर’ बारे अन्तरक्रिया

काठमाडौँ, २९ जेठ । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा ‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिकबारे शुक्रबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले चुरे दोहनबारे विस्तृत छानबिन आवश्यक भएको आवश्यकता औँल्याउँदै भन्नुभयो, “चुरे दोहन सबभन्दा पहिले कसको पालामा भएको हो छानबिन गर्नु जरूरी छ । यसमा पूर्व र वर्तमान सरकार उत्तिकै दोषी छन् । पटक पटक प्रधानमन्त्री हुने र नेपालको हितविपरीत भारतसँग सन्धि गर्नेहरू सबै चुरे दोहनमा दोषी छन् ।”
भारतीय शासकहरूमा अहिले पनि बेलायती औपनिवेशिक प्रवृत्ति बाँकी रहेको स्पष्ट पार्दै सचिव सुवालले भारतीय विस्तारवाद नेपालमा शासन गर्न खोज्दै छ भन्नुभयो ।
३ प्रतिशतको मत सीमा नीति ल्याउने सरकार दुईतिहाइ बहुमत हुँदा पनि ढलेको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “कोभिड–१९ को भ्याक्सिन आफ्नो देशमा बनाउन नसक्ने सरकारले छिमेकी देशबाट उपलब्ध भ्याक्सिनलाई पनि व्यवस्थित गर्न सकेन ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले समाजवादी देशहरूको सरकारले जनतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
कार्यक्रममा रमेश डंगोल, हरिशरण श्रेष्ठ, मुन तामाङ, श्यामकुमार महर्जन, सुरेन्द्र महर्जन, विशोक डंगोललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *