अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाडौँ, २९ जेठ । जनता समाजवादी पार्टी (जसपा) अन्य विभिन्न दल छोडेर आएका नेताहरूको जमात भएकोले पार्टीको दृष्टिकोण स्पष्ट छैन । पार्टीको स्पष्ट दृष्टिकोण नभएको हुँदा एउटै पार्टीका दुई अध्यक्षको फरक मत देखिएको हो । महन्थ ठाकुर पक्षका नेताहरू ओली सरकारमा सम्मिलित छन् भने उपेन्द्र यादव पक्षका नेताहरू प्रतिगामी सरकारमा जानु हुँदैन भन्ने पक्षमा छन् । एउटै पार्टीभित्र एकथरी सरकारमा जान्नैपर्ने र अर्कोथरीका नेताहरू कुनै हालतमा जान नहुने भन्दै सरकारको विरोध गरिरहेका छन् । सरकारमा सामेल जसपाका मन्त्रीहरूले सरकारको गुणगान गरिरहेका छन् भने सरकारमा नरहेका नेताहरूले सरकारको विरोध गरिरहेका छन् । यसरी एउटै पार्टीका दुई अध्यक्षका नेताहरूमा फरक फरक मत देखिनु भनेको द्वैधचरित्र हो । एउटै दलको दुई नीति कसरी भयो ?
पार्टीको दुई थरी मत देखिएपछि जसपाका कार्यकर्ता तथा शुभचिन्तकहरू कसको कुरा सुन्ने भन्नेमा अन्योल छन् । जसपाको यो कस्तो चर्तिकला ¤ पार्टीको निर्णयविपरीत भनेर एकले अर्का नेताहरूलाई कारबाही त ग¥यो । तर, त्यो कार्यान्वयनमा आएको देखिँदैन । पार्टीको निर्णय पालना नगरे पनि एकले अर्कोलाई गरेको निष्कासन देखावटी जस्तो देखिएको छ । फर्केर हेर्दा पार्टी फुटेको पनि छैन, अनि जुटेको पनि छैन । जान त दुवै पक्षधर नेताहरू सरकारमा जान चाहन्छन्, सरकारमा जानकै लागि यिनीहरूको राजनीतिक कसरत भइरहेको हो । उपेन्द्र यादव केपी ओलीको सरकार ढालेर शेरबहादुर देउवाको नेतृत्वमा र महन्थ ठाकुर पक्षधर नेताहरू केपी ओलीको नेतृत्वमा सरकारमा जाने उनीहरूको तयारी थियो । त्यही तयारीअनुसार ठाकुर पक्षका नेताहरू ओली सरकारमा सामेल भए र मन्त्री बने ।
एकताको परिचय दिन नपाउँदै जसपाभित्र देखिएको यो द्वैधचरित्र, अस्पष्ट नीति र अन्योलले जसपाका नेताहरू सत्ताका निम्ति पार्टीको सिद्धान्त र विचारको मतलबै राख्दैनन् या बन्धक राख्छन् भन्ने स्पष्ट हुन्छ । यही कारण जसपाका मन्त्रीहरू सरकारमा झन्डै आधा छन् । एउटै प्रदेशबाट एक दर्जन जति मन्त्रीहरूको प्रतिनिधित्व छ । यिनीहरू देश र जनताको सेवा गर्न होइन दलगत स्वार्थ पूरा गर्न र राजस्वमा रजाइँ गर्न मन्त्री बनेका हुन् । नयाँ मन्त्रीहरूमा खासै दम देखिँदैन । ओली सरकार टिकाउन र सरकारमा रहेर निर्वाचन गराउन उनीहरू मन्त्री बनेका हुन् । मन्त्रीहरूमा जोश र जाँगर देखिँदैन । उनीहरूको अनुहार पनि चहकिलो छैन । उनीहरू कामचलाउ मन्त्रीजस्ता देखिएका छन् । मन्त्री बनेपछि या पदमा पुगेपछि पदअनुसारको आचरण व्यहोर्नुपर्छ या आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पालना गर्नुपर्छ । तर, जोश–जाँगर नभएका, सेवा भाव नभएका ती मन्त्रीहरू देशको सेवा–सुविधामा डुबेर ऐस–आराम गर्नेबाहेक देश र जनताको सेवा गर्ने आशा देखिँदैन ।
Leave a Reply