विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
संरा अमेरिका नेतृत्वको उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) ले ब्रसेल्समा आयोजित शिखर सम्मेलनपछि सोमबार जारी गरेको वक्तव्यमा चीनविरुद्ध निकै चर्को खेदो खनेको छ ।
वक्तव्यमो अनुच्छेद ३ मा चीनको ‘बढ्दो प्रभाव र अन्तर्राष्ट्रिय नीति’ लाई एउटा चुनौतीको रूपमा वर्णन गर्दैै नाटोका सबै तीस सदस्यले त्यसको मिलेर सामना गर्नुपर्ने उल्लेख छ । अनुच्छेद ५५ मा ‘चीनको घोषित आकाङ्क्षा र मुखर गतिविधि अन्तर्राष्ट्रिय कानुनमा आधारित व्यवस्थाविरुद्ध र नाटो मोर्चाको सुरक्षासँग जोडिएका क्षेत्रको लागि योजनाबद्ध चुनौती भएको’ र तिनले नाटोका ‘आधारभूत मूल्यविपरीतका हस्तक्षेपकारी नीति’को प्रतिनिधित्व गर्ने उल्लेख छ । त्यसपछि वक्तव्यमा चीनले आणविक हतियार विस्तार गरेको, पारदर्शिताको अभाव भएको र त्यही कारण रुससँग सैनिक सहकार्य गरेको तथा गलत सूचनाको प्रयोग भएको जस्ता कपोलकल्पित कुरा उल्लेख थियो ।
चीनलाई ‘एउटा प्रमुख शक्तिको भूमिकामा रहन अन्तर्राष्ट्रिय प्रतिबद्धता कायम गर्न र अन्तरीक्ष, साइबर र समुद्री क्षेत्रलगायत अन्तर्राष्ट्रिय व्यवस्थामा जिम्मेवारीपूर्वक काम गर्न’ माग गर्नु मोर्चाको अब्बलता प्रदर्शनको दृष्टान्त हो ।
अर्को ५६ औँ अनुच्छेदमा चीनलाई ‘आणविक क्षमता र योजनाबारे अर्थपूर्ण तरिकाबाट संवाद, आपसी विश्वास र पारदर्शी व्यवहार गर्न माग’ गरिएको छ । यी शब्दहरूको अर्थ चीनले यस्ता कुनै पनि काम नगरिरहेको तर नाटो देशहरूले भने त्यो काम जिम्मेवारीपूर्वक गरिरहेको भन्ने लाग्छ । यो कुरा सत्य होइन ।
अर्को शब्दमा यी सबै कुराको मूल ध्येय जनवादी गणतन्त्र चीनलाई संसारकै लागि प्रमुख खतराको रूपमा चित्रण गर्ने अभिप्रायबाहेक केही छैन । यसले नयाँ शीतयुद्धलाई बढावा दिने स्वार्थी र प्रत्युपादक सोचलाई मात्र बढावा दिएको छ ।
वक्तव्यको अर्को ध्यान दिनुपर्ने कुरा भनेको नाटो भिजन २०३० भनी व्याख्या गरिएको कार्यक्रम हो । अनुच्छेद ६ को पाँचौँ बुँदामा एसिया–प्रशान्त क्षेत्रका साझेदारहरू भनी व्याख्या गरिएका देशहरूसँग ‘संवाद’ र ‘व्यवहारिक सहकार्य’ बढाउने उल्लेख छ । त्यसैमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकासहित युरो–एटलान्टिक क्षेत्रभन्दा परका प्रमुख अन्तर्राष्ट्रिय खेलाडी र अन्य नयाँ सम्बन्धलाई बलियो बनाउने प्रस्ताव गरिएको छ ।
अनुच्छेद ७३ मा अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड र दक्षिण कोरियालगायतका देशहरू प्रस्ट शब्दमा लेखिएको छ । यसबाट नाटोले आफ्नो आधार क्षेत्र युरो–एटलान्टिक क्षेत्रभन्दा फराकिलो बनेर संरा अमेरिकाले हालसालै भन्न थालेको हिन्द–प्रशान्त क्षेत्रमा पनि जान सक्रियतापूर्वक योजना बनाइरहेको प्रस्ट हुन्छ । यद्यपि, एउटा सकारात्मक कुरा के हो भने संरा अमेरिकासँग नजिकको सुरक्षा साझेदारी भएर पनि भारतको नाम त्यसमा उल्लेख भएको छैन ।
जी ७ को शिखर सम्मेलनको वक्तव्य सार्वजनिक भएको एक दिनपछि प्रकाशित नाटोको वक्तव्यबाट संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले आर्थिक र सैनिक हिसाबमा चीनलाई घेराबन्दी गर्न देशहरूको मोर्चा बनाउनतिर लागेकोमा कुनै सन्देह छैन । यो पुरानो शीतयुद्धकालीन युगको मोर्चाबन्दी (नाटो) को ज्यादै खतरनाक पुनः आविष्कार हो । नाटोको मूल लक्ष्य सोभियत सङ्घ विघटन गर्नु थियो । सन् १९९१ मा नाटो आफ्नो सो कार्यक्रम सफल भएपछि त्यसको विघटन हुुनुपथ्र्यो ।
बरु नाटोले तथाकथित ‘मानवीय सहायता’ को नाममा बोस्निया र पूर्व युगोस्लाभियामा आफ्नो भूमिका खोज्दै पस्यो । त्यसपछि नाटो संरा अमेरिकाको तथाकथित ‘आतङ्कवादविरोधी विश्व युद्ध’ मा सामेल भयो । हिजोआज भने संरा अमेरिकाले चीनसँगको ‘बृहत् शक्तिको होडबाजी’ मा सैनिक हतियारको रूपमा आफ्नो भूमिका खोजिरहेको छ ।
संरा अमेरिकाको चीनविरोधी धावामा नाटोका सबै देशहरू भने सामेल हुनेछैनन् । आफ्नो सीमाभन्दा बाहिर गएर पनि सहजरूपमा सैनिक परिचालन गर्नसक्ने देशहरूमा संरा अमेरिका आफै र फ्रान्स, इटाली, टर्की र बेलायतमात्र हुन् । यीबाहेक अन्य देशहरू आफैलाई नाटोका अगुवा सदस्यहरूको सहायताको खाँचो छ र त्यसकारण उनीहरू आफ्नो सीमाभन्दा बाहिर एकपक्षीय सैनिक कारबाही गर्न सक्दैनन् ।
तथाकथित ‘एसियाको किल्ला’ मा सहायताको लागि संरा अमेरिकाले आफ्ना साझेदार एवम् एसिया–प्रशान्त क्षेत्रका साझेदारहरूसमक्ष अनुनय विनय गर्नुको अर्थ पछिल्ला वर्षहरूमा संरा अमेरिका रणनीतिकरूपमा कति कमजोर भइसकेको छ भन्ने कुरा छर्लङ्ग पार्छ । संरा अमेरिकालाई आफू एक्लैमात्र चीनलाई घेरा हाल्न सकिंदैन भन्ने कुरा राम्ररी थाहा छ । त्यसकारण ‘कानुनी शासन’ र ‘अन्तर्राष्ट्रिय मूल्यमान्यता’ को झूटा बहानाबाजीमा उसका सधैँका सैनिक साझेदारहरूसँग हारगुहार गरिरहेको छ । संरा अमेरिकी शासक वर्गको यस्ता नक्कली कामबाट असन्तुष्ट अमेरिकी जनताको मुखमा बुझो लगाउन उसले यस्ता कारण वा बहानाबाजी अघि सार्ने गर्छ ।
नाटो देशहरू र उनीहरूका क्षेत्रीय साझेदारहरू यो काममा अग्रसर हुनुपर्ने कुनै कारण छैन । यस्तो गर्दा उनीहरू संरा अमेरिकासामु नतमस्तक भएको मात्र प्रमाणित हुन्छ । त्यो उनीहरूको लागि पनि प्रत्युत्पादक हुनेछ । साथै यसले मुख्यतः विश्वको सुरक्षालाई खतरामा पार्नेछ । कानुनी शासन र अन्तर्राष्ट्रिय मूल्यमाथि खतरा चीनबाट होइन, संरा अमेरिकाबाट हुँदै आएको छ ।
तसर्थ, अमेरिकी पदचाप पछ्याउनु कुनै पनि देशले गर्नसक्ने सबभन्दा खराब रणनीतिक निर्णय हो । कोभिड–१९ को प्रतिरोध र विश्व अर्थतन्त्रलाई मिलेर पुनःनिर्माण गर्नुपर्ने मानव जातिको इतिहासमै सबभन्दा संवेदनशील घडीमा अमेरिकाको पदचाप पछ्याउनु ज्यादै खराब निर्णय हो । शीतयुद्धकालीन सोचाइ, सैनिक–उद्योग, शुन्य उपलब्धिको खेल र अस्थिरतालाई अब विगतको भण्डारमा मिल्काइनुपर्छ । आजको रूपान्तरित विश्वमा जी ७ जसरी म्याद नाघेको सङ्गठन भयो, त्यसरी नै नाटो पनि असान्दर्भिक मोर्चा हो । मानव जातिको कल्याणको निम्ति अब नाटोलाई इतिहासको फोहोर मिल्काउने भाँडोमा मिल्काइनुपर्छ ।
(लेखक मस्कोमा बस्ने अमेरिकी राजनीतिक विश्लेषक हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुशिला
Leave a Reply