भर्खरै :

चीन र क्युवा – दुई समाजवादी मित्र

चिनियाँ कम्युनिस्ट पार्टीले यो वर्ष १०० औँ स्थापना दिवस मनाउँदै छ । चीनको समाजवादी मित्रको रूपमा क्युवाले चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) का गतिविधिलाई कसरी हेरिरहेको छ ? समृद्ध समाजवादी देश बनाउन चिकपाबाट क्युवाले के कस्ता कुरा सिक्न सक्छ ? ग्लोबल टाइम्सका पत्रकारहरूले चीनका लागि क्युवाका राजदूत कार्लोस मिगुएल पिरेरासँग गरेको कुराकानीको अङ्ग्रेजीबाट नेपाली भाषामा अनुवाद प्रस्तुत छ :
ग्लोबल टाइम्स : बितेका एक सय वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीका उपलब्धि र अन्तर्राष्ट्रिय दबुमा खेलेको भूमिकालाई तपाईँ कसरी हेर्नुहुन्छ ?
पिरेराः चीनको भौगोलिक एकीकरणको प्रक्रिया र दिगो एवम् शान्तिपूर्ण विकासमा चिनियाँ कम्युनिस्ट पार्टीले महत्र्वपूर्ण भूमिका खेलेको छ । माओ त्सेतुङको नेतृत्वमा सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ चीन स्थापना ग¥यो ।
चीनको नेतृत्वदायी राजनीतिक शक्तिको रूपमा चिकपाले अवलम्बन गरेको बाटो उँचो छ । चिकपाले विगतका अनुभवबाट सिक्ने क्षमता प्रदर्शन गरेको छ । चिनियाँ विशेषतासहितको समाजवाद निर्माणमा सक्रियतापूर्वक लाग्दा चिकपाले हरेक ऐतिहासिक अवधिबाट पाठ सिकेको छ ।
चीनको विकास र अन्तर्राष्ट्रिय छवि बढाउन सुधार र खुलापनको नीतिले ज्यादै महत्र्वपूर्ण भूमिका खेल्यो । सुधार र खुलापनको ढाँचा र कार्यान्वयनको तरिकामा चिकपाले न त आफूलाई निश्चित घेरामा कैद राख्यो न आर्थिक नीतिका परम्परागत तरिका नै प्रयोग ग¥यो । चीनको परिस्थितिअनुकूलको समाजवादको विकासको मुख्य चालकको रूपमा सुधार र खुलापनको नीतिले काम ग¥यो ।
चिकपाको १०० औँ स्थापना दिवसले चिनियाँ समाजमा उसको नेतृत्व र गहिराइसम्म जरा फैलिएको पुष्टि गरेको छ । हरेक ऐतिहासिक कालखण्डमा चिकपाले देशलाई कसरी एकै ठाउँमा ल्याउने र नेतृत्व गर्ने भन्ने कुरा जानेको छ । चिकपाले जुनसुकै काम गर्न पनि सम्पूर्ण जनताको भलाइलाई केन्द्रमा राखी समाजवादी सिद्धान्तलाई प्राथमिकतामा राखेको छ । आर्थिक र सामाजिक विकासको पथमा देशलाई एकीकृतरूपमा डो¥याउन चिकपाले नेतृत्व गर्दै आएको छ ।
कोभिड–१९ को महामारीको सुरुवातदेखि गम्भीर अवस्थामा पुग्दासम्म चिकपाप्रति चिनियाँ जनताको इज्जत, नैतिक समर्थन र विश्वास प्रस्ट देखियो । ठुलो अनिश्चितताको समयमा परिस्थितिलाई पूर्णता र गतिशील ढङ्गले विश्लेषण गर्ने चिकपाको क्षमता पनि पुष्टि भएको छ । चिकपाले हरेक चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै लगेको छ । पछिल्लो कालखण्डमा कोभिड–१९ महामारी र गरिबीविरुद्धको लडाइँमा चिकपा कसरी सबैको लागि उदाहरणीय बन्यो भन्ने कुरा हामी सबैले देख्यौँ । पार्टीले गरेका प्रयास र कार्यकर्ताले चिनियाँ समाजसँग गरेको लगातारको संवादकै कारण ती समस्या समाधान हुन सकेको हो ।
अन्तर्राष्ट्रिय तहमा राजनीतिक सङ्गठनको रूपमा चिकपाको उदयले अझ न्यायपूर्ण, समतामूलक र बहुपक्षीय विश्वको पक्षमा आम सहमति निर्विवाद भएको देखाएको छ ।
चिकपाको शतवार्षिकीले चीन र क्युवाबीचको दुईपक्षीय सम्बन्धलाई नयाँ चरणमा अझ बलियो बनाउनेमा क्युवा आशावादी छ । दुई देशबीचको सम्बन्ध दुईपक्षीय सम्बन्धको आधारस्तम्भ बनिरहनेछ ।
ग्लोबल टाइम्स : केही पश्चिमा राजनीतिक नेताहरू चीनको विकासबारे निकै चासो राख्ने गर्छन् । उनीहरू चीन र चिकपालाई आजको विश्व व्यवस्थाको निम्ति ‘खतरा’ को संज्ञा दिन्छन् । यो विषयमा तपाईँको धारणा के हो ?
पिरेराः प्रतिकूलताको बीचमा पनि समाजवादको निर्माण सम्भव भएको कुरा चिकपाले प्रमाणित गरेको छ । अन्तर्राष्ट्रिय दबुमा चीनको बढ्दो उपस्थितिलाई संरा अमेरिका र उसका पश्चिमा साझेदारहरूले आफ्नो प्रभुत्वमाथिको शक्तिशाली चुनौतीको रूपमा हेर्ने गरेका छन् ।
खासमा चीनले गर्ने कुनै पनि कामलाई केही पश्चिमा शक्तिहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा ‘चिनियाँ खतरा’ को रूपमा लिने धेरै अघिदेखिको अभ्यास हो । वास्तवमा अन्तर्राष्ट्रिय वृत्तमा चीनको शक्तिशाली उदय, दोस्रो ठुलो विश्व अर्थतन्त्रको रूपमा उसको आरोहण र विश्व शान्ति एवम् समतामूलक विश्वव्यापी निर्माणमा चीनको बढ्दो योगदानले ती देशहरूलाई अत्याएको छ ।

चीनका राष्ट्रपति सी र क्युवाका राष्ट्रपति मिगुएल


सम्पूर्ण मानव जातिको साझा भविष्यको लागि समुदाय निर्माण गर्ने भावना बोकेर चीन र चिकपाले अन्तर्राष्ट्रिय दबुमा बहुपक्षवाद, अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्तको अवलम्बन, ऐक्यबद्धता र सहकार्यलाई प्राथमिकता दिंदै आएको छ । त्यसका साथै क्युवाले जस्तै चीनले पनि एकपक्षवाद र प्रभुत्ववाद, एकपक्षीय नाकाबन्दी, संरक्षणवाद र दोहोरो मापदण्डको कडा निन्दा गर्दै आएको छ । चीनले लिएको निर्णय र विश्वव्यापीकरणका लाभको पूर्ण फाइदा लिने उसको अवधारणाले अन्तर्राष्ट्रिय समुदायमा बलियो समर्थन प्राप्त गरेको छ ।
क्युवा चीनप्रति दृढ समर्थन गर्छ र संरा अमेरिका एवम् अन्य देशले चीनको आन्तरिक मामिलालाई प्रभावित गर्ने गरी चाल्ने राजनीतिक कदमको विरोध गर्छ । क्युवा एक चीन नीतिप्रति दृढतापूर्वक समर्थन गर्छ । अनि हङकङ, सिन्च्याङ, ताइवान र तिब्बतसँग जोडिएको विषयमा चीनको समर्थनमा क्युवा उभिन्छ ।
ग्लोबल टाइम्सः केही पश्चिमा राजनीतिक नेता र विश्लेषकहरू चीन र क्युवाजस्ता देशलाई ‘अप्रजातान्त्रिक’ ठान्छन् । यस्ता आरोपबारे तपाईँ के भन्नुहुन्छ ?
पिरेराः पश्चिमा राजनीतिक नेता र विश्लेषकहरू सधैँ आफ्नो पुँजीवादी उदार प्रजातन्त्रलाई सही दाबी गर्छन् । उनीहरू कुनै पनि देशको सामाजिक र सांस्कृतिक परिवेशलाई बेवास्ता गर्दै आफ्नै शैलीको राजनीतिक प्रणाली सबै देशले लागु गर्नुपर्ने ठान्छन् ।
क्युवा र चीनमा स्थापित एक–पार्टी समाजवादी प्रजातन्त्र वा समाजवादी कानुनजस्ता मानकहरू उनीहरूको पश्चिमा प्रजातान्त्रिक सिद्धान्तसँग जोडिएको धेरै अवधारणासँग मेल खाँदैन ।
क्युवा र चीन दुवै आ–आफ्नो विशेषतामा आधारित समाजवाद निर्माण गर्नुपर्ने दृष्टिकोणमा सहमत छन् । सामाजिक–आर्थिक ढाँचा अद्यावधिक गर्ने काममा क्युवाले गरेको प्रगतिले समृद्ध र दिगो समाजवादको विकासका लागि मध्यम र दीर्घकालीन विकासका आधार बनाउन सम्भव बनायो । संरा अमेरिकी सरकारबाट क्युवाविरुद्ध लगातार र पहिले कहिल्यै नभोगेको खालको निर्मम व्यवहार र हामीमाथि थोपरिएको नाकाबन्दीबीच पनि स्वाधीन, प्रजातान्त्रिक, समृद्ध र दिगो समाजवादी देशको रूपमा आफूलाई स्थापित गर्न क्युवा कहिल्यै पछि हट्नेछैन ।
क्युवाली कम्युनिस्ट पार्टी र चिकपाबीच कार्यकर्ताहरूको तालिम र भ्रष्टाचारविरुद्धको लडाइँलगायत विभिन्न विषयमा आपसमा अनुभव साट्न उच्चस्तरको राजनीतिक संवाद हुँदै आएको छ । आर्थिक योजना र व्यवस्थापनमा चिकपाको अनुभवलाई हामीले उच्च महत्र्व दिएका छौँ ।
कोभिड–१९ प्रति दुवै देशको सकारात्मक सामनाले सम्पूर्ण मानव जातिको साझा शत्रु महामारीलाई पराजित गर्न जनता, ऐक्यबद्धता र सहकार्यलाई प्राथमिकता दिने समाजवादी अभ्यासको प्रभावकारिता देखाएको छ । समाजवादप्रतिको दृढताले दुवै देशलाई जनताको जीवनस्तरमा सुधार गर्न र आ–आफ्ना जनताको स्वास्थ्य सुरक्षा गर्न सक्षम बनाएको छ ।
ग्लोबल टाइम्स : चीन र संरा अमेरिकाबीच प्रतिस्पर्धा र शत्रुता सघन बन्दै छ । के नयाँ शीतयुद्ध हुने तपाईँ देख्नुहुन्छ ? सम्भावित शीतयुद्ध भए क्युवाको स्थान के हुनेछ ?
पिरेराः आजको अनिश्चित अवस्थामा पश्चिमा देशहरू विशेषतः संरा अमेरिकाजस्तो देशको प्रभुत्ववादी जगजगी र कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको समाजवादी देश चीनको उदय सँगसँगै भइरहेको छ । यो अवस्थाले नयाँ खालको अन्तर्राष्ट्रिय सम्बन्ध र वैकल्पिक विश्वव्यापीकरणलाई प्रबद्र्धन गर्नेछ । आजको परिस्थितिको विकासक्रमले अन्तर्राष्ट्रिय सम्बन्धको भविष्य निर्धारण गर्नेछ । त्यसको निम्ति अन्तर्राष्ट्रिय समुदायका विभिन्न पात्रहरूले बहुपक्षवादलाई बलियो बनाउने दायित्व पूरा गर्नुपर्छ । संयुक्त राष्ट्र सङ्घलाई दिगो र शान्तिपूर्ण विकासको भूमिकामा अझ प्रभावकारी बनाउनुपर्छ ।

क्युवाविरुद्ध नाकाबन्दीको विरोधमा क्युवाली युवाहरू


अन्तर्राष्ट्रिय क्षेत्रमा प्रगतिशील मुद्दा अघि सार्न चीनले खेलिरहेको एकीकृत भूमिकालाई क्युवाजस्तो विकासशील देशले अवसरको रूपमा हेरिरहेको छ । संसारलाई दुःख दिइरहेको अहिलेको महामारीले ते¥साएको विश्वव्यापी चुनौतीबीच क्युवा र चीनले बेवास्ता, आक्रमकता र राजनीतिक दुरूपयोगमाथि ऐक्यबद्धता र सहकार्यबाट प्राप्त गरेको जीतले संसारलाई पाठ सिकाएको छ ।
संरा अमेरिकी सरकारले हाम्रो देशविरुद्ध थोपरेका निर्ममता सामना गर्न हामीलाई जटिल र कठिन समयमा सम्भव सबै सहायता गर्ने चीन सरकारको निर्णयलाई हामीले उच्च कदर गरेका छौँ । यसैबीच हालै दुई देशका राष्ट्रपतिहरूबीच भएको टेलिफोन वार्तामा आपसी सहमतिको कार्यान्वयन अघि बढाउने चाहना अनुमोदन भएको छ । अन्तर्राष्ट्रिय मुद्दामा हाम्रो आपसी संवादलाई बलियो बनाउने कुरा पनि छलफलमा आएको थियो ।
ग्लोबल टाइम्स : चीन र क्युवा दुवै आर्थिक सुधार गरिरहेका छन् । तपाईंको धारणामा क्युवा र चीनको सुधारबीचका प्रमुख समानता र भिन्नता के के हुन् जस्तो लाग्छ ? दुवै देशले आपसमा के कस्ता विषयमा सिक्न सक्छन् ?
पिरेराः क्युवा र चीनको एउटा साझा लक्ष्य छ–आ–आफ्ना देशका जनताको जीवनस्तर उकास्ने । तर, दुवै देशका आर्थिक सुधारका ढाँचाका आ–आफ्ना विशेषता पनि छन् । भिन्न आर्थिक, सामाजिक र राजनीतिक परिस्थितिको कारण त्यसो हुनु स्वाभाविक हो । दुई देशबीच विगतमा बारम्बार हुने गरेका अनुभव आदानप्रदानले आ–आफ्ना विशेषतासहित समाजवादी निर्माणका आ–आफ्ना प्रक्रिया अघि बढाउन टेवा पु¥याएको छ ।
सुधार र खुलापनमा चीनले हासिल गरेका अनुभव क्युवाली आर्थिक ढाँचा अद्यावधि गर्न महत्र्वपूर्ण सन्दर्भ स्रोत बनेको छ ।
क्युवा र चीन दुवै विकासशील समाजवादी देशहरू हुन् । उनीहरूबीच आपसमा समानता पनि छन् र भिन्नता पनि । क्युवा भौगोलिकरूपमा संसारकै सबभन्दा ठुलो आर्थिक शक्ति संरा अमेरिकासँग नजिक छ । त्यसले विगत ६० वर्षदेखि क्युवाको प्रगतिको बाटो रोकेको छ र आफ्ना तखतमा राख्न खोजेको छ । त्यसले क्युवाको रूपान्तरण प्रतिक्रियालाई प्रभाव पारेको छ । साथै विकासको लागि अपरिहार्य रहेका महत्र्वपूर्ण वित्तीय र प्राविधिक स्रोतमाथिको पहुँचलाई संरा अमेरिकाको नाकाबन्दीले बन्देज लगाएको छ ।
चीनले समाजवादी बजार अर्थतन्त्र अँगालेको छ । क्युवाले बजारलाई भन्दा रणनीतिक योजना निर्माणलाई जोड दिंदै आएको छ । दुवै देशको सन्दर्भमा आर्थिक प्रणालीको आधारको रूपमा सरकारी क्षेत्रलाई महत्र्व दिने गरेको छ । साथै कानुनी र प्रणालीबद्धरूपमा विकास भएको निजी स्वामित्वलाई पनि दुवै देशले मान्यता दिएको र प्रवद्र्धन पनि गर्दै आएको छ ।
आज दुवै देशले सैद्धान्तिक र व्यवहारिक अनुभवबाट पुष्टि भएका तरिकालाई लागु गर्दै आएको छ । जस्तैः विशेष आर्थिक क्षेत्र, औद्योगिक र प्राविधिक पार्कको विकास तथा विदेशी लगानी बढाउन लचिलो नीतिको प्रवद्र्धन आदि । यो कुनै अन्धानुकरण वा अनुभवको सिकेका विषय होइनन्, बरु आफ्ना आवश्यकता र देशको जटिलताअनुसार हरेक देशले अँगाल्ने उपयुक्त समाधान हुन् ।
क्युवा र चीन समाजवादी निर्माण प्रक्रियाका दृष्टान्त हुन् । दुवै देशले आपसमा सिक्न सक्ने कुरा धेरै छन् । क्युवाको सन्दर्भमा अन्य क्षेत्रका साथै उद्योग, बन्दोबस्ती, सञ्चार, पूर्वाधार, बजारको थोक र खुद्रा वितरणमा चीनले हासिल गरेका उपलब्धिबाट सिक्न सक्छ । चीनका अन्य त्यस्ता क्षेत्रबाट पनि क्युवाले सिक्न सक्छ । चीनको लागि क्युवाले सामाजिक विषय तथा जैविक प्रविधिको अनुसन्धानमा हासिल गरेका अनुभव पनि उत्तिकै महत्र्वपूर्ण छ । क्युवाले स्वास्थ्य, शिक्षा र जैविक प्राविधिलगायत अन्य रणनीतिक क्षेत्रमा हासिल गरेका उपलब्धिबाट चीन पनि लाभान्वित हुनसक्छ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *