भर्खरै :

चे यतिखेर जन्मेका भए !

चे यतिखेर जन्मेका भए
स्टेथेस्कोप बोक्थे या बन्दुक ?
अर्थात् डाक्टर बन्थे या विद्रोही ?
महामारीको बखत के गर्थे होला चे ?
‘पीपीई’ लगाएर अपरेसन थिएटरमा हुन्थे या
पिस्तोल बोकेर जनतामाराको क्वार्टर – क्वार्टरमा पुग्थे ?
चे यतिखेर जन्मेका भए
मन्त्री पद सहर्ष त्याग्थे या त्याग्दैनथे
बोलिभियाको जङ्गल रोज्थे या रोज्दैनथे ?
पद, पैसाको प्रकोपमा कसरी लड्थे होला चे ?
चे यतिखेर जन्मेका भए
संसद्मा ठग, गुन्डाहरू भेट्दा
गुन्डाहरू, ठगहरू मन्त्री बनेको देख्दा
जता हे¥यो उतै साम्राज्यवादका दलाल पाउँदा
जता हे¥यो उतै विस्तारवादका दलाल भेट्दा
के गर्थे होला चे ?
बन्दुक बोक्थे कि कलम ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *