स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
भक्तपुर नगरपालिकाले गर्ने हरेक विकास निर्माण, पुनःनिर्माण तथा मर्मत सम्भारका कार्यहरू जनसहभागितामा उपभोक्ता समितिमार्फत जनताको अपनत्व भावना विकास गराई अघि बढिरहेको सबैमा थाहा भएको विषय हो । नगरपालिकाले विरलैमात्र निर्माण कार्यहरू ठेक्कामा दिने गर्छ । यस्तै विरलै दिइएको ठेक्कामा भनपा वडा नं. १० स्थित निर्माणाधीन स्वास्थ्य चौकी पनि एक हो ।
नेपालमा आर्थिक मसान्तमा विकासले गति लिनुलाई कुनै अस्वाभाविक मानिँदैन । यस स्वास्थ्य चौकी नपाको अनुमानित लागतभन्दा धेरै कममा ठेक्का लिएको स्थानीयहरूबिच चर्चा छ । यद्यपि, यस स्वास्थ्य चौकी निर्माण प्रक्रियामा असारे विकास निर्माणको रोग देखापरेकोमा स्थानीयवासी चिन्तित छन् ।
निर्माणका लागि ल्याइएका निर्माण सामग्रीहरू (बालुवा र रोडा) कम गुणस्तरको छ । यस्ता निर्माण सामग्री प्रयोग हुँदा पनि निरीक्षणमा आउने प्राविधिकहरूले यस विषयमा अनभिज्ञता देखाएका छन् । वर्षात्ले तल्लो ताइबिन बाँधिएको भत्किएर पुरिएको तर राम्रोसँग माटो सफा नगरी त्यत्तिकै ढलान हुँदा पनि प्राविधिक अगाडि देखिँदैन । प्रत्येक दिन प्राविधिकहरू आउँछन्, जान्छन् तर झाराटार्ने कार्यमात्र भएको स्थानीयहरूबिच चर्चा छ । गुणस्तरहीन संरचना निर्माण हुँदा भविष्यमा के हुने हो, हेर्न र भोग्न बाँकी छ । भविष्यमा हुने दुर्घटनाबाट बच्न सम्बन्धित निकायले समयमै ध्यान दिनु आवश्यक छ ।
प्रत्येक दिन प्राविधिकहरू आउँछन्, जान्छन् तर झाराटार्ने कार्यमात्र भएको स्थानीयहरूबिच चर्चा छ ।