आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
काठमाडौँ, १५ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौँमा शनिबार ५६ वर्षीय एक महिला र ६५ वर्षीय एक पुरुषलाई भर्ना गरियो । यी दुवै मधुमेहसहित कोभिड–१९ सङ्क्रमितमा म्युकोरमाइकोसिस अर्थात् ‘कालो ढुसी’ का बिरामी थिए । सरकारी अस्पतालमा म्युकोरमाइकोसिसका बिरामी चौध पुग्यो । अस्पतालका अनुसार यी दुवै बिरामीको स्थिति गम्भीर छ । तर, कालो ढुसीको बिरामीलाई उपचार गरिने प्राथमिक औषधि ‘लिपोसोमोल एम्फोटेरिसिन बी’ अस्पतालमा छैन । नेपालको निम्ति यो औषधिको स्रोत देश भारतले यसको निर्यातमा प्रतिवन्ध लगाएको छ । चिकित्सकहरूले वैकल्पिक औषधि ‘डिअक्सिचोलेट’ बाट बिरामीको उपचार गर्दैछन् ।
म्युकोरमाइकोसिसले क्यान्सर एचआईभी एड्स् मधुमेहका बिरामीलाई जीवनभर थप नोक्सान हुने गरी मस्तिष्क, फोक्सो र पिनास रोगमा असर गर्ने छ । नेपाल र भारतमा यस्ता बिरामीहरू देखिएका छन् ।
लिपोसोमोल एम्फोटेरिसिन औषधिको अभाव भएपछि नेपालको वजारमा रिअक्सिकोलेट र पोसाकोनाजोलसमेत दुवै थरी उपलब्ध छ । यी दुवै औषधि भारतले नेपाललाई निर्यात प्रतिबन्ध लगाउनु पहिले नै भण्डारमा राखिएको हो ।
स्वास्थ्य मन्त्रालयले जुन महिनामा विश्व स्वास्थ्य सङ्गठनबाट १ हजार डोज ‘लिपोसोमोल एम्फोटेरिसिन बी’ प्राप्त गरेको थियो । सरकारी अस्पतालमा उपचार गरिरहेको कालो ढुसीका १६ जना विरामीको लागि विश्व स्वास्थ्य सङ्घबाट प्राप्त १००० डोज औषधि उपयोग भइसकेको छ ।
बजारमा वैकल्पिक औषधि उपलब्ध छ तर ‘लिपोसोमोल एम्फोटेरिसिन बी’ जति असल होइन । यो वैकल्पिक औषधि पनि सरकारसँग भण्डार छैन ।
वीर अस्पतालले पनि स्वास्थ्य मन्त्रालयबाट प्राप्त ‘लिपोसोमोल एम्फोटेरिसिन बी’ औषधि चार जना म्युकोरमाइकोसिस बिरामीलाई प्रयोग गरेको थियो ।
यो रोगको औषधि महँगो भएकोले गरिबलाई किन्न गा¥हो छ । भारतीय सञ्चारमाध्यमअनुसार यो औषधि एक भाइलको ५–१० हजार भारु पर्छ ।
कालो ढुसीको रोग सङ्क्रमण मधुमेहसहित कोभिड–१९ बिरामीलाई बढी हुन्छ । यसले नाकमा कालो हुने, दोहोरो दृष्टी देखिने, छाती दुख्ने, श्वास फेर्न गा¥हो हुने, रगतसहित खोकी लाग्ने समस्या ल्याउँछ ।
शिक्षण अस्पतालमा भर्ना भएका १४ जना कालो ढुसीका विरामीमध्ये एकको मृत्यु भएको, चार जना स्वास्थ्य लाभपछि घर गएको र दुई जना स्वेच्छिक घर गएको तथ्याङ्क छ । बाँकी सात जनाको उपचार भइरहेको छ भने उपचारको क्रममा कूल सात जनाको शल्यकृया गरिएको थियो ।
साउन महिनामा नेपालगञ्जस्थित भेरी अस्पतालमा कोभिड–१९ का चार जना विरामीमा कालो ढुसी रोग देखिएको थियो । भारतको प्रतिबन्धको कारण यो रोगका बिरामीले औषधि पाउने अझै निश्चित छैन । नेपाल सरकारको पर्याप्त ध्यान जानु आवश्यक छ ।
Leave a Reply