“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
जेनेभा, ७ जुलाई (सिन्ह्वा) । विश्वका झन्डै एकचौथाइ जनसङ्ख्यालाई अझै सफा पानीको अभाव रहेको पाइएको छ ।
गत वर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वासका हरेक चारमध्ये १ जनालाई शुद्ध र सफा खानेपानीको अभाव रहेको देखाएको हो ।
विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक गरेको विवरणमा खानेपानीको अभावको अवस्था नराम्रो देखिएको उल्लेख छ ।
सफा पानीको उपभोग गर्न नपाएकाहरूलाई विभिन्न प्रकारका रोगहरूको समस्या हुनसक्ने भएकोले त्यसलाई न्यूनीकरण गर्नुपर्नेमा दुवै निकायका अधिकारीहरूले जोड दिएका छन् ।
उनीहरूले कोरोना भाइरसको महामारीको असर पनि सफा पानी खान नपाउनेहरूलाई बढी पर्ने चन्दै चिन्ता व्यक्त गरेका छन् । कोरोनाबाट बच्नका लागि सफा पानी र साबुनले हात धुन अनिवार्य रहेकोले सफा पानीको अभावमा कोरोना भाइरसबाट बच्न गा¥हो हुने अधिकारीहरूले उल्लेख गरेका छन् ।
एक तथ्याङ्कअनुसार विश्वका हरेक १० मध्ये ३ जनाले साबुन पानीले पर्याप्त हात धुन नपाएको देखिएको छ ।
“कोरोना भाइरसबाट जोगिनका लागि हात धुने कार्य अति महत्वपूर्ण कार्य हो, यो नै अति धेरै प्रभावकारी उपाय हो, त्यसैगरी अन्य धेरै रोगहरूबाट जोगिन पनि सफा पानीले हात धुनुपर्दछ, त्यसैले आम मानिसलाई रोगबाट बचाउन सफा पानीको आवश्यकता पर्दछ”, विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अदानोम घेब्रेयसले भन्नुभयो ।
Leave a Reply