भर्खरै :

नेपालका महाभूकम्पका खोज

विसं २०७२ साल भन्नासाथै हामी त्यस अत्यासलाग्दो विनाशकारी महाभूकम्पलार्ई सम्झन्छौँ । त्यस भूकम्पले आफ्नो घर, परिवार र आफन्त गुमाउनु परेको क्षण सम्झाउँछ । भूकम्पले लाखौँको भोतिक संरचना ध्वस्त तथा विभिन्न सांस्कृतिक सम्पदाहरूमा नराम्रोसँग क्षति पु¥याएको थियो । त्यस भूकम्पमा परेर धेरैको मृत्यु भएको थियो । हजारौँ घाइते तथा घरबारविहीन भएका थिए ।
के कति क्षति भयो, के कति बाहिर आए भन्ने कुराको खोज तथा अनुसन्धान गरेर निकालिएको पुस्तक हो ‘नेपालका महाभूकम्प’ । यस पुस्तकमा लेखकले २०७२ सालमा गएको भूकम्पको कुरामात्र उजागर गरेका छैनन् । उनले हाम्रो बाजे बज्यैले सुनाउने विसं १८९० सालको भूकम्पको बारेमा पनि खोज अनुसन्धान गरेर लेखेका छन् । लेखकले विसं १९९० र विसं २०७२ को महाभूकम्प देखे भोगका व्यक्तिहरूको अनुभवका साथै २०७२ सालको भूकम्प भोगेका बालबालिका, दृष्टिविहीनहरूको अनुभवका साथै भूकम्पमा परेका व्यक्तिहरूसँग भेटेर कुरा गरेको फोटो पनि राखेका छन् ।
खोज अनुसन्धानमा आधारित उक्त पुस्तक लेख्ने लेखक काठमाडौँ, भक्तपुर, ललितपुर, काभे्रपलाञ्चोक, मकवानपुर तथा भूकम्पको केन्द्रबिन्दु गोरखा बारपाकसमेत पुगेको थाहापाउन सकिन्छ ।
खोज तथा अनुसन्धानको निम्ति भूकम्पबाट भएको धनजनको क्षतिको सूचना सङ्कलन, अवलोकन तथा अन्तवार्ता लिने क्रममा लेखकलाई डलरको खेती गर्ने, फटाहा…. जस्ता अपशब्द सुन्नुपरेको जस्ता तीतामीठा अनुभव पनि उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
‘नेपालका महाभूकम्प’ पुस्तकमा २०७२ सालमा गएको भूकम्पमा भएको जनधनको क्षति तथा कुन जिल्लामा के कति क्षति भयो भन्ने सबै विवरणको सङ्कलन आफ्नो पुस्तकमा समेटेका छन्, लेखकले । पुस्तकमा लेखकले भूकम्पका अनुभवीहरूसँग प्रत्यक्ष भेट गरी उनीहरूसँगको कुराकानी यथावतरूपमा उतारेका छन् ।
लेखकले विसं १९९० सालको भूकम्पको अनुभवी तथा संस्कृतिविद् सत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरे, इतिहासकार पुरुषोत्तम शमशेर जबरालगायतको कुराकानी पुस्तकमा लेखेका छन् ।
पाँच अध्यायमा रहेको यस पुस्तकको पहिलो अध्यायमा भएको जनधनको क्षतिको विवरण रहेको छ ।
दोस्रो अध्यायमा विसं २०७२ सालको भूकम्पको केन्द्रबिन्दु गोरखा बारपार्कको क्षतिका साथै विसं १२८० देखिका महाभूकम्पको वर्णन भएको गोपालराज वंशावली तथा भाषावंशावलीलाई स्रोतको रूपमा वर्णन गरिएको छ ।लेखकले वि.सं. २०७२ साल बैशाख १२ गतेको महाभूकम्पको केन्द्रविन्दु वारपाक पुगेर लेखिएक छन् । यस पुस्तकमा नेपालका महाभूकपको वर्णन छ। क्षतीको विवरण, महाभूकम्पमा सचार माध्यम सामाजिक सन्जालको भूमिका बारेमा छ । त्यसैगरि वि.सं. १९९० र २०७२ सालको महाभूकम्प भोगेकाको अनुभव छ। महाभूकम्प भोगेका अनुभवीको अनुभव छ। कास्थमण्डप र धरहरा लगाएतबाट उद्धार गरिएका व्यक्तिहरुको अनुभव छ। त्यसैगरि चार महिनाका बच्चा २२ घन्टामा उद्धार गरिएका सोनिश अवालको आमाको अन्तर्वार्ता छ।भूकम्प आउँदै भनेर मान्छेले भन्दा छिटो थाहा पाउने कुन जीव हो त्यसको बारेमा छ। भूकम्प सम्बन्धि जानकारी दिने ८० वटा रङ्गीन फोटोहरु छन् ।
अध्याय तीन, चार र पाँचमा भूकम्पको केन्द्रबिन्दु गोरखा, बारपार्कमा के कति प्रभाव भयो भन्ने कुराको जानकारी र जनधनको क्षतिको विवरण, भूकम्पमा सञ्चार माध्यम, सामाजिक सञ्जालहरूको के कस्तो भूमिका रह्यो त भन्ने कुराको जानकारी दिइएको छ ।
यस पुस्तकमा भएको सम्पूर्ण क्षतिको विवरण मृत्यु सङ्ख्या, जीवित उद्धार गरिएको सङ्ख्या तथा नाबालाक तथा भूकम्पका अनुभवीहरूसँगको अन्तवार्ताले पुस्तकलाई थप जीवन्त तुल्याएको छ ।
यस पुस्तकका लेखक रमेशजंग सिजापति हुन् । नेपालका महाभूकम्प अनुसन्धान मुलक पुस्तक हो।यस पुस्तकमा विगत आठ सय वर्ष अघि देखिको नालीबेली भेटिएसम्मका खोजिनिधी गरि समाविस्ट गरिएको छ। वि.सं. २०७२ साल बैशाख १२ गते शनिबार गएको विनाशकारी महाभूकम्पको बारेमा विस्तारमा अध्ययन अनुसन्धान र विश्लेषण गरिएको छ। लेखक रमेशजङ्ग सिजापतिको एकल प्रयासमा कार्यपुरा गरिएको हो । महाभूकम्पको बारेमा सत्यतथ्य तथ्यांक रहेको छ। यो विषयको विस्तारमा लेखिएको यो पहिलो पुस्तक हो।
उक्त पुस्तक लेखनको निम्ति भूकम्पपछि प्रकाशित विभिन्न पत्रपत्रिका, लेख रचनालगायत स्थलगत अन्तर्वार्ता र अवलोकन गरी लिइएका तस्वीर आदि प्रामाणिक आधार बनेको छ । लेखकको यो पहिलो अनुसन्धानात्मक पुस्तक भए तापनि लेखकले अन्य विविध क्षेत्रमा आफ्नो कलम चलाएका छन् । उनले साहित्यिक तथा इतिहासको क्षेत्रका साथै अनुसन्धानमुलक लेखहरू पनि लेखेका छन् । यस पुस्तकले नेपालको भूकम्प २०७२ पुस्तक लेखनको प्रयोजन विगतमा नेपालीहरूले भूकम्पबाट भोग्नुपरेको क्षतिको यथार्थ सूचना अभिलेखको रूपमा रहनेमा लेखक विश्वस्त छन् ।
प्रकाशन मिति २०७७ साल, यो पुस्तक ४०० पेजको छ। मूल्य रु. ७०० छ। प्रकाशक श्रीमती शान्ता सिजापती । आवरणचित्र चित्रकार डा. रामकुमार भौकाजीको र आवरण सजावट बशन्तराज अज्ञातको रहेको छ।
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *