तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ३१ असार । भ्रष्टाचारीहरूलाई जनकारबाही भएका ऐतिहासिक दिनहरू असार १९ र साउन २ को सम्झना गर्र्दै हरेक वर्ष नेपाल मजदुर किसान पार्टीले ‘भ्रष्टाचारविरुद्धको आन्दोलन दिवस’ मनाउँदै आएको छ ।
यसैक्रममा भ्रष्टाचारविरोधी अभियान चालू राख्ने सन्देशसाथ बुधबार नेपाल क्रान्तिकारी किसान सङ्घ, सूर्यविनायक नगर समितिको आयोजनामा अनलाइन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले भ्रष्टाचारको फोहरको थुप्रोमा आदर्श समाज निर्माण गर्न सम्भव नभएको भन्दै भ्रष्टाचारको जरा भनेकै पुँजीवादी संरचना हो भन्नुभयो ।
उहाँले पुँजीवादी व्यवस्थामा भ्रष्टाचार केही हदमा नियन्त्रण हुन्छ, निर्मूल हुन्न भन्दै व्यक्तिगत स्वार्थ नै भ्रष्टाचारको मूलस्रोत हो भन्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले भ्रष्टाचारविरुद्धको २०२५ र २०२६ सालको जनकारबाहीलाई उतिबेलाको ऐतिहासिक तथा राजनीतिक परिस्थितिको कसीमा हेर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले उतिबेलाका युवाहरू एउटा सार्वजनिक संस्थाका सञ्चालकहरूले बदमासी तथा हिसाब पारदर्शिताबारे सचेत भएको भन्दै भ्रष्टाचारविरुद्धको जनकारबाहीलाई पञ्चायती निरङ्कुश व्यवस्थाविरुद्धको आन्दोलनको सिलसिलाको रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले समाजवादी व्यवस्था आदर्श समाजतर्फ उन्मुख हुने भएकोले भ्रष्टाचार नियन्त्रण हुने भन्दै निजी पुँजी लगानी गर्ने तथा नाफा कमाउने पुँजीवादी व्यवस्थामा भ्रष्टाचार कायम रहने विचार राख्नुभयो । उहाँले भ्रष्टाचारलाई पैसाको दुरुपयोगको रूपमा मात्र हेर्न नहुने भन्दै प्रत्येक मानिसमा सदाचार हुनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले शासक दलहरूले नै भ्रष्टाचारलाई मलजल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घ, सूर्यविनायक नगर समितिका अध्यक्ष श्याम सुवाल, सदस्य राजेन्द्र बखुन्छेलगायतले बोल्नुभएको थियो ।
Leave a Reply