विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक
- जेष्ठ ८, २०८३
एसियाली राष्ट्र अफगानिस्तान आज पुनः विश्व सञ्चारमाध्यममा व्यापकरूपमा छाएको छ । आजभन्दा २० वर्षअगाडि त्यस देशको सत्ता कब्जा गर्न सफल कट्टर इस्लामवादी राजनीतिक सङ्गठन तालिबानले त्यहाँको सत्ता पुनः कब्जा गरेको समाचार आएको छ । कुनै बेला शान्ति र स्थिरताको निम्ति परिचित देश अफगानिस्तान आज अस्थिरता र अराजकताको परिचायक बनेको छ । सन् १९७३ मा त्यहाँका पुँजीवादी गणतन्त्रवादी र कम्युनिस्टहरू मिलेर त्यहाँको राजतन्त्रको अन्त्य गरेका थिए । तर, राजतन्त्रवादीहरूको प्रतिगमनकारी षड्यन्त्र र सशस्त्र विद्रोह जारी रहेपछि तत्कालीन कम्युनिस्ट नेतृत्वको सरकारले स्थिरता कायम राख्न सोभियत सङ्घसित सैनिक सहायता माग्यो । सोभियत सङ्घको तत्कालीन संशोधनवादी नेतृत्वले पनि सिद्धान्त र परिणामलाई वास्तै नगरी सोभियत सेना त्यहाँ उता¥यो । कम्युनिस्ट प्रभाव जमाउने भन्दै सन् १९७९ मा तत्कालीन सोभियत सङ्घ अफगानिस्तान छिरेपछि संरा अमेरिका पनि इस्लाम कट्टरपन्थी मुजाहिद्दीन सिर्जना गरी त्यसमार्फत अफगानिस्तान छिर्यो । सन् १९७९ देखि १९८९ सम्म अमेरिकाले सोभियतविरूद्ध खडा गरेको धार्मिक कट्टरपन्थी समूह मुजाहिद्दीनलाई अर्बौँ–अर्ब अमेरिकी डलर सहयोग गर्यो । अमेरिकाको गुप्तचर संस्था सीआईएले अपरेसन साइक्लोन चलाएर रक्तपातपूर्ण युद्धमार्फत सन् १९८९ मा सोभियत सङ्घलाई अफगानिस्तानबाट फिर्ता पठाएर अमेरिकाले मुजाहिद्दीनलाई सत्तामा पु¥यायो ।
अमेरिकाले अफगानिस्तानको भूमिमा लाखौँ बम, बारूद र गोली चलायो । त्यस क्रममा ७० हजारभन्दा बढी तालिबान लडाकुहरू मार्नुका साथै दुई लाख पचास हजारभन्दा बढी निर्दोष अफगानी नागरिकको हत्या भयो । त्यस्तै अमेरिकी सैनिक, नाटो सैनिक र अमेरिकी पक्षलाई सूचना दिने अफगानी तथा विदेशी गरेर ८ हजारभन्दा धेरै मानिसको ज्यान गयो । अमेरिकाले पत्रकार र सहयोगी संस्थाका हजारौँ मानिस मारिने गरी बम बर्सायो । २० वर्षसम्म चलेको अमेरिकी सैनिक र तालिबानको गोलाबारीमा अफगानिस्तानका अधिकांश पूर्वाधारहरू ध्वस्त प्रायः लाखौँ तालिबानी र अफगानी नागरिकहरूको अङ्गभङ्ग भयो । हजारौँ मानिस औषधिको सहारामा बाँच्नुपर्ने अवस्थामा पुगे । यो तथ्याङ्कमा रोग र भोकले मरेका मानिसहरूको त कुनै लेखाजोखा नै छैन ।
तर, अमेरिका आफैँले जन्माएर, पालनपोषण र सुरक्षा दिएर राखेको धार्मिक कट्टरपन्थी सङ्गठन नै कालान्तरमा उसका लागि टाउको दुःखाइ बन्यो । मुजाहिद्दीनभित्रकै विद्यार्थी सङ्गठन तालिबानले अमेरिकाद्वारा सत्तामा पु¥याइएको मुजाहिद्दीनविरूद्ध सशस्त्र सङ्घर्ष सुरू गर्यो । सन् १९९२ सम्म मुजाहिद्दीनलाई आर्थिक र सामरिक सहयोग गरिरहेको अमेरिकालाई चक्मा दिँदै सन् १९९६ मा तालिबानले पहिलोपटक अफगानिस्तान कब्जा गर्यो । मुजाहिद्दीनभन्दा चर्को धार्मिक कट्टरवादमा विश्वास गर्ने यो समूहले शासन हातमा लिएपछि ११ सेप्टेम्बर २००१ मा अमेरिकाद्वारा आतङ्ककारी घोषित अलकायदाका ओसामा बिन लादेनले अमेरिकामाथि हमला ग¥यो । सोभियत सङ्घलाई पछार्न अफगानिस्तानमा छिरेको अमेरिकाले २० वर्ष (सन् २००१ देखि हालसम्म) सम्म अफगानी भूमिमा पैसा र हतियारसँगै आफ्ना सैनिकसमेत उतारेर अफगानिस्तानलाई रणभूमि बनायो । अमेरिकाले अफगानिस्तानको भूमिमा लाखौँ बम, बारूद र गोली चलायो । त्यस क्रममा ७० हजारभन्दा बढी तालिबान लडाकुहरू मार्नुका साथै दुई लाख पचास हजारभन्दा बढी निर्दोष अफगानी नागरिकको हत्या भयो । त्यस्तै अमेरिकी सैनिक, नाटो सैनिक र अमेरिकी पक्षलाई सूचना दिने अफगानी तथा विदेशी गरेर ८ हजारभन्दा धेरै मानिसको ज्यान गयो । अमेरिकाले पत्रकार र सहयोगी संस्थाका हजारौँ मानिस मारिने गरी बम बर्सायो । २० वर्षसम्म चलेको अमेरिकी सैनिक र तालिबानको गोलाबारीमा अफगानिस्तानका अधिकांश पूर्वाधारहरू ध्वस्त प्रायः लाखौँ तालिबानी र अफगानी नागरिकहरूको अङ्गभङ्ग भयो । हजारौँ मानिस औषधिको सहारामा बाँच्नुपर्ने अवस्थामा पुगे । यो तथ्याङ्कमा रोग र भोकले मरेका मानिसहरूको त कुनै लेखाजोखा नै छैन । भौतिक सम्पतिको विनाश र युद्धका कारण आर्थिक विकासमा अफगानिस्तान कति पिछडियो भन्ने कुराको अध्ययन प्रतिवेदन त आउनै बाँकी छ । अमेरिकाले अफगानिस्तानभित्र अफगानीविरूद्ध अफगानीलाई नै लडायो । अमेरिकी सैनिकको आड पाएर तालिबानविरूद्ध लडिरहका ६४ हजारभन्दा बढी अफगानी सैनिक र प्रहरीको मृत्यु भयो ।
दुई दशकसम्म अफगानिस्तानमा हत्या हिंसा मच्चाएर र त्यहाँको बहुमूल्य खनिज बटुलेर संरा अमेरिकी सेना फिर्ता गरिएको छ । तालिबानसँग हार मानेर फर्किएको अमेरिकाले त्यही तालिबानविरूद्ध मुजाहिद्दीन वा त्यस्तै अर्को सङ्गठन बनाएर अफगानिस्तानलाई फेरि अशान्त बनाउने सम्भावना भने उत्तिकै बाँकी छ । संशोधनवादी नेतृत्वले रूसी सेना अफगानिस्तान प्रवेश गराएसँगै अफगानिस्तानमा युद्धको विभीषिका सिर्जना भएको थियो । अफगान जनताका दुर्दिन सिर्जना गर्न साम्राज्यवादी संरा अमेरिका र नाटोले कुनै कसर बाँकी छोडेनन् । यी दुर्दिनमा अफगानिस्तानका धेरै पुस्ता समाप्त भइसकेका छन् र अझै कति पुस्ताको रगत बग्ने हो ? अहिले नै अनुमान गर्न कठिन छ ।
Leave a Reply