सी–पुटिनबिच ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ सम्बन्धमा जोड
- जेष्ठ ६, २०८३
पेइचिङ, १ सेप्टेम्बर । चीनमा विद्यार्थीहरू विद्यालयको नयाँ सेमेस्टरको लागि विद्यालय जाँदैछन् । चीनका राष्ट्रपति सी चिनफिङले युवा विद्यार्थीहरूलाई ठुलो महत्व दिनुहुन्छ । उहाँ विद्यार्थीहरूलाई पढाइमा कडा मिहिनेत गर्न र आफूलाई समग्रतामा विकास गर्न उत्साहित गर्नुहुन्छ । उहाँले धेरै अवसरमा युवा चिनियाँहरूबाट उहाँको अपेक्षाबारे बोल्नुभएको छ । उहाँका केही मननीय भनाइ पाठकको जानकारीको लागि प्रस्तुत छः
– एक जना व्यक्तिका धेरै थरी चाहना हुन सक्छन् । तर, तीमध्ये सबभन्दा महत्वपूर्ण चाहना आफ्नो देश र जनताको सेवाको निम्ति हुनुपर्छ । अरू सबै चाहनाको मूल किलो नै देश र जनताको सेवा हो र जीवनको मेरुदण्डमा पनि त्यही हो ।
– विद्यार्थीहरूले शुद्ध हृदय, भव्य व्यक्तित्व र स्वभावको लागि मिहिनेत गर्नुपर्छ । उनीहरू शिक्षित, लगनशील र जिम्मेवारी बहन गर्न तयार हुनुपर्छ ।
– विद्यार्थीहरू सधैँ ज्ञानको भोका, अनुसन्धान कार्यमा तल्लीन, वैज्ञानिक विचारको अङ्गीकार, कडा अध्ययन र व्यवहारमा लागु गर्नेमा प्रतिबद्ध हुनेमा म आशावादी छु ।
– हामीले स्वास्थ्य नै सबभन्दा पहिलो स्थानमा आउने शैक्षिक दर्शन अवलम्बन गर्नुपर्छ । पाठ्यक्रमको नियमित विशेषतामा शारीरिक शिक्षा अनिवार्य हुनुपर्छ । शारीरिक व्यायाममा मनग्य समय व्यतित गर्नुपर्छ । विद्यार्थीलाई शारीरिक अभ्यासमा रमाउने, उनीहरूको शारीरिक तन्दुरुस्तीमा सुधार गर्ने, असल व्यक्तित्व बनाउने र उनीहरूको इच्छाशक्ति बलियो बनाउनुपर्छ ।
– युवा विद्यार्थीले सपना देख्नुपर्छ । अन्तरीक्षयान, समुद्री जहाज (लगायत अन्य कुरा) चीनको पौराणिक उपत्यका ‘पश्चिमको यात्रा’ देखि जुलियस बर्नको वैज्ञानिक साहित्यमा पनि परिकल्पना गरिएको छ । ती उपन्यासहरूमा परिकल्पना गरिएका कुरा अहिले सत्य भयो नि, होइन र ? ठुला कुराको परिकल्पना गर्दा हामीले आफ्नो खुट्टा भुइँमा टेक्नुपर्छ र कडा मिहिनेत गर्नुपर्छ ताकि हामीले आफ्नो सपना साकार गर्न सक्छौँ ।
– कुनै पनि देश त्यत्तिबेला अघि बढ्छ जब त्यहाँका युवाहरूको प्रगति हुन्छ । कुनै पनि देश आशाले भरिपूर्ण र सुन्दर भविष्य त्यत्तिबेला हुन्छ, जब त्यसका युवा पुस्ताका आदर्श हुन्छन् । क्षमतावान हुन्छन् र गहिरो जिम्मेवारीको भावना हुन्छ ।
Leave a Reply