लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
काठमाडौँ, १६ भदौ । एमाले र एकीकृत समाजवादी पार्टीको मार्गदर्शक सिद्धान्तबारे तिनका नेताहरू नै अलमलमा परेको समाचार छ । ओली सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत वामदेव गौतमले मदन भण्डारीको देहान्तपछि आजको परिस्थितिमा जनताको बहुदलीय जनवाद विकसित गर्ने आफू भएको दाबी गरे भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दस्तावेजमा मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवादमात्रै राखेको जनताको बहुदलीय जनवादलाई छुटाइएको आरोप लगाए । नेता गौतमले भने, “माधवको पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद हुनुपथ्र्यो । मैले जिन्दगीभर जबज निर्माण गर्न, घोषणा गर्न र स्थापित गर्न सङ्घर्ष गरेँ । अब त मूलढोका नै बन्द भयो ।” गौतमले आफू केपी नेतृत्वको पार्टीमा बस्न नसक्ने भएकोले राजीनामा दिने बताए ।
माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद भिन्न विषय हो । मानव समाजको विकासको नियम माक्र्सवाद हो । पुँजीवादको पतन भई समाजवाद हुँदै साम्यवादमा पुग्ने माक्र्सवादको सार हो । उत्पादनका मुख्य मुख्य साधन र सेवा राष्ट्रियकरण हुने समाजवाद हो भने राज्य ओइलिएर जाने साम्यवाद हो । लेनिनले रुसको परिवेशमा माक्र्सवादको प्रयोग गर्नुभएको लेनिनवाद हो । यी विषयसँग सहमत नहुनेहरू मुखले मात्र माक्र्सवादी–लेनिनवादी हुन् ।
ओली, माधव, झलनाथ, वामदेवलगायत एमालेमा संलग्न भएका नेता–कार्यकर्ताहरूको जनताको बहुदलीय जनवाद कुनै नौलो विषय होइन । प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, लोकशाही जस्तै जनताको बहुदलीय जनवाद पनि पुँजीवादी सरकारमा जाने भ¥याङमात्र हो । ओली, माधव, झलनाथ, वामदेवबीच एमाले वा एकीकृत समाजवादी पार्टीमा मतभेद मार्गदर्शक सिद्धान्त होइन कुर्सीको हो । को पार्टी अध्यक्ष हुने, को सरकारको प्रम हुने विवादकै कारण नेकपाको दुईतिहाइ सरकार विघटन भई नेका नेतृत्वको सरकार गठन भएको हो । ओलीपछिको वरियता पाए वामदेव एमालेमै बस्ने देखिन्छ भने माधवपछिको वरियता पाए एकीकृत समाजवादी पार्टीमा जाने देखिन्छ । यो यथार्थलाई नेपाली जनताले बुझेकै छन् ।
Leave a Reply