भर्खरै :

प्वाँख प्वाँख हैन, चिल हो

आँखाले भन्यो –
निर्दोष छु म,
नोक्सान गर्दिनँ कसैको,
बरु देखाउँछु दुनियाँलाई
लोककल्याणी संसार ।
प्वाँखले भन्यो –
नरम छु म,
कुभलो सोच्दिनँ कसैको,
बरु घुमाउँछु दुनियाँलाई
गरिबीमुक्त आकाश ।
नङ्ग्राले भन्यो –
अलग हुँ म,
बिगार गर्दिनँ कसैको,
बरु जोगाउँछु दुनियाँलाई
हिंस्रक बर्बरहरूबाट ।
एकै स्वरमा भने
आँखा, प्वाँख र नङ्ग्राले –
सुन चल्ला,
हामी चिल होइनौँ,
चिलजस्तो दुष्ट छैनौँ !
तब शान्तिवाटिका बिथोल्दै
कराए गोलमंगोल मलेवाहरू,
पैगम्बरका पवित्र परेवाहरू –
नाकनक्सा चिलकै हो,
प्वाँखपुच्छर चिलकै हो,
दाह्रानङ्ग्रा चिलकै हो ।
नपत्याए हेर ए,
हाम्रा शरीरका नीलडामहरू
सामूहिक चिहानमा पुरिएका
हाम्रा पुर्खाका लासहरू,
चिलदेशमा बिक्दै गरेका
हाम्रा अनमोल खरखजानाहरू,
रेडियसन रोगले बिग्रेका
हाम्रा प्यारा नानीबाबूहरू ।
अनि बुझेँ मैले,
एमसीसी एमसीसी हैन
साम्राज्यवादी अमेरिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *