सरकारभन्दा कालाबजारी शक्तिशाली ?
- जेष्ठ २५, २०८३
भक्तपुरका अनेक मठ, मन्दिर, सत्तल, पौवा–पाटी, इनार, पोखरी र सार्वजनिक घर र जग्गा धेरै छन् । त्यसको लगत नगरपालिकासँग हुनैपर्छ । पुरातत्व कार्यालयका हाकिमहरू स्थानीय जनता नभएकोले तिनीहरूलाई यहाँको माया नहुनु स्वाभाविक हो, सरकारलाई खुसी पा¥यो, आफ्नो माना पचायो भइ गयो ! कर्मचारीहरूले सरकार वा आफूभन्दा माथिल्ला कार्यालयको आदेश पालन र ऐन–कानुन पालन गरे पुग्छ । तर कर्तव्य ऐन–कानुन र आदेशमा उल्लेख भएको हुँदैन । ऐन–कानुन र आदेश–निर्देश पुरानो हुन्छ भने परिवर्तित परिस्थितिमा पालन गर्नुपर्ने कर्तव्य नयाँ हुन्छ ।
कर्मचारीहरू कर्तव्त्न्दा ऐन–कानुनमा बाँधिएको हुनाले त्यसका अनेक कमी–कमजोरीबाट फाइदा उठाइ व्यक्तिगत फाइदा उठाउँछन् वा कर्तव्यच्युत हुन्छन् । यसकारण कर्मचारीहरूले भित्रैदेखि आफैले कर्तव्यको भावनाबाट काम गर्नेहरू समाजमा कम हुन्छन् । त्यसैले अनेक सार्वजनिक सम्पत्ति निजी हुँदैछन् ।
सुकुलढोकादेखि क्वाछेंसम्म हेर्दा भिमसेन सत्तल, भजन पाटी, बुलबुल हिटीको दक्षिणको महादेव, उत्तरको सत्तल र पाटी अहिले दुईटा घरबन्यो, जगन्नाथ क्षेत्र पूर्ण रुपले मन्दिर परिसर हो, त्यहाँ क–कसको घर, क–कसको पालामा नक्सा पास गरेको हेर्नु आवश्यक छ । त्यस्तै क्वाछेंको कुमारी सत्तल कसको नाममा छ, आदि सबै नगरपालिकासँग सूची हुनुपर्छ ।
त्यस्तै हरेक टोल र वडाको सार्वजनिक जग्गा, इनार, सत्तल, द्योछें पोखरी, मठ–मन्दिर सबैको सूची तयार गर्नु आवश्यक छ ।
–एक जिम्मेवार नागरिक
Leave a Reply