पुराना संरचनाले हाम्रो इतिहास र सभ्यताको परिचय दिने
- जेष्ठ ६, २०८३
जुम्ला, ३० भदौ । नेपाल मजदुर किसान पार्टीको चौधौँ जुम्ला जिल्ला सम्मेलन एक समारोहबीच स्थानीय चन्दननाथ नगरपालिकामा बुधबार सुरु भयो ।
सम्मेलनको उद्घाटन गर्दै पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेमकिपाको उद्देश्य जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवादमा पुग्ने रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उत्पादनका साधनहरूको सामाजिकीकरण, रोजगारीको सुनिश्चितता, निःशुल्क शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुने समाजवादी व्यवस्था हो । साम्यवाद वर्ग र राज्य नहुने शोषणविहीन समाज हो, जहाँ दबाउनु पर्ने वर्ग नहुने हुँदा राज्यसत्ता हुँदैन । साम्यवाद योग्यताअनुसारको काम र आवश्यकताअनुसारको वितरणको व्यवस्था हुने एउटा सुसंस्कृत समाज हो ।”
विद्यालय, कलेज, विश्वविद्यालय, अस्पताल, कलकारखानाहरू निजीकरण गर्न दिने कम्युनिस्ट नहुने धारणा राख्दै उहाँले देशका कलकारखानाहरू कौडीको मूल्यमा बेच्ने एमाले, माओवादीलगायतका ठूला भनिने पार्टीहरू नक्कली कम्युनिस्ट भएको बताउनुभयो ।
“माक्र्सवादी विचारअनुसार सशस्त्र सङ्घर्षबाट मात्र कामदार वर्गको शासन सत्ता स्थापना हुन्छ । निर्वाचन जितेर समाजवाद स्थापना गर्ने विचार संशोधनवाद हो, संशोधनवाद एक प्रकारको पुँजीवादी विचार हो । चुनावलाई क्रान्ति र जनताको पक्षमा उपयोग गर्ने क्रान्तिकारी संसदवादको पक्षमा नेमकिपा छ । नेमकिपाले निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर र जनतालाई सचेत पार्ने मञ्चको रूपमा प्रयोग गरिरहेको छ । जनता सचेत नभएसम्म पुँजीवादी निर्वाचनमा पुँजीपति वर्गले करोडौँ खर्च गरेर चुनाव जित्ने गर्छन् ।” उहाँले भन्नुभयो ।
एमसीसी पास गर्ने विदेशीहरूको चाल असफल हुँदै आएको स्पष्ट पार्दै केन्द्रीय सदस्य प्रजापतिले देशको राजनैतिक अवस्था भद्रगोल हुनुमा विदेशी हात रहेको प्रस्ट पार्नुभयो । सर्वोच्च अदालतले राष्ट्रपतिलाई परमादेश जारी गर्नु, प्रधानमन्त्री तोक्नु, सांसदलाई ह्वीप नलाग्ने निर्दलीय आदेश जारी गर्नु, दल विभाजन गर्नु संसदीय सर्वोच्चताको सिद्धान्तविपरीत रहेको धारणा राख्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेषाधिकार हुन्छ ।”
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले अमेरिकाको एमसीसी परियोजना आर्थिक परियोजनामात्र नभइकन भारतको साथ लिएर चीनसँग लड्ने अमेरिकाको हिन्द प्रशान्त रणनीतिको एक अङ्ग भएको हुँदा परियोजनाको भूराजनैतिक उद्देश्यबारे सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा जुम्ला जिल्ला सम्मेलन तयारी समितिका संयोजक शिवलाल डाँगीको सभापतित्वमा भएको उक्त कार्यक्रममा राजेश्वर देवकोटा, धनबहादुर रावत, दीर्घबहादुर शाही, बृषबहादुर सार्की, कालीबहादुर बुढा, रणबहादुर रोकाया, राज्यलक्ष्मी न्यौपाने, बृषबहादुर रोकाया, लालबहादुर बुढा, गोरखजङ्ग शाही, लक्ष्मी खत्री, माधवप्रसाद काफ्ले र हस्त कुँवरले पनि बोल्नुभएको थियो ।
सम्मेलनको बन्द सत्र बिहीबार हुने कार्यक्रम रहेको छ ।
Leave a Reply