क्युवाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक
- असार ५, २०८३
गुण्डाविरुद्ध बाहुबली
तर, धेरै मानिस यो बुझाइ समाजमा गहिरो गरी जरा गाडेर बसेको पूर्वाग्रहमा आधारित भएको तर्क गर्छन् । “यो सब भाजपाले फैलाएको प्रचारबाजीमात्र हो । भाजपाहरू समाजवादी पार्टीको जनाधार बनेका मुसलमान र यादव समुदाय सबै आपराधिक पृष्ठभूमिका भएको भनी प्रचार गर्न खोजिरहेका छन्”, समाजवादी पार्टीका सदस्य प्राध्यापक पकनवरले भने ।
कानपुरका वकिल तथा मजदुर नेता विनय शुक्ला पहिलेदेखि नै समाजमा हालीमुहाली चलाउँदै आएका माथिल्लो जातभन्दा भिन्न यादव समुदायपछि मात्र सामाजिक र राजनीतिकरूपमा शक्तिशाली बनेकोमा सहमति जनाउँछन् । “यादव समुदायले समाजको पिछडिएको समुदायको प्रतिनिधित्व गर्छन् । उनीहरूलाई सु–संस्कृत समुदाय मानिंदैन । ठगी र बदमासी गर्नु उनीहरूको स्वभावको रूपमा लिइन्छ”, उनले भने, “तर, भाजपाहरू आफूलाई निकै सुसभ्य देखाउन चाहन्छन् जसबाट उनीहरूलाई धेरै कुरा प्राप्त हुनसक्छ ।”
प्रहरीका एक जना अवकाश प्राप्त महानिर्देशक तहका अधिकारीले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा झन्डै उस्तै कुरा भने, “फरक कार्यकर्ताहरूको व्यवहारमा छ । भाजपाका अधिकांश कार्यकर्ता सहरी क्षेत्रका र माथिल्लो जातका छन् । तर, अन्य राजनीतिक दलका अधिकांश कार्यकर्ता साना सहरबाट आएका छन् । दादागिरी उनीहरूको जीवनशैली नै बनेको छ ।”
कानपुरका छालाको व्यापार गर्ने फेरोज अहमेदले यो सन्दर्भमा केही फरक र चकित पार्ने कुरा गरे । उनले भने,“ठाकुरहरू (माथिल्लो जात) सधैँ बाहुबली हुन् । तर, उनीहरूले कहिल्यै गुण्डागर्दी गर्दैनन् ।”
उत्तर प्रदेशका वर्तमान मुख्यमन्त्री आदित्यनाथ ठाकुर समुदायका हुन् । त्यसकारण अहिलेको परिस्थितिमा सबै सामाजिक समुदायमध्ये ठाकुर समुदायलाई सबभन्दा शक्तिशाली समुदायको रूपमा स्वीकारिएको छ । तर, अहमेदको भनाइको अर्थ भने युगौँ पुरानो जातीय संरचनाको जगमा ठाकुर समुदायको सामाजिक शक्ति बलियो छ भन्ने हो ।
उनको भनाइमा बाहुबलीले परिणामको ख्याल नगरी आफूले चाहेको काम गर्छ । “तर, गुण्डाहरूले मारकाट गर्छन्”, उनले भने ।
भनाइको अर्थ, उत्तर प्रदेशको समाज माथिल्लो जातका मानिसले आफ्नो हैकम चलाएकोमा अभ्यस्त बनिसकेको छ । आदित्यनाथको सत्तारोहणले यसलाई अझ बलियो बनाएको छ । तर, यो कुनै नयाँ कुरा भने होइन । समाजवादी पार्टीका कार्यकर्ताहरू (जसमा अधिकांशतः यादव समुदायका छन्) को ठगी र बदमासी त्यो दलको शासनमा अझ बढेको थियो भने अर्कोतिर उनीहरू निकै झगडालु र आपत्तिजनक काम गर्थे ।
माफियाको शक्ति
सबै ध्यान सहरका गुण्डाहरूमा केन्द्रित भइरहेको बेलामा उत्तर प्रदेश सरकारको खास परीक्षा त प्रहरीका पूर्वअधिकारीहरूले भनेजस्तै सङ्गठित अपराध नियन्त्रणको काम उसका बाहुबलीहरूमा निर्भर हुन्छ । बाहुबलीहरू भन्नाले ग्याङस्टर राजनीतिक नेताहरू हुन् जसलाई स्थानीय शब्दमा माफियामा पनि भन्ने गरिन्छ ।
सामाजिक वैज्ञानिक वर्माको भनाइमा आदित्यनाथ सरकारले त्यस्ता ग्याङस्टरहरूलाई पक्राउ गर्ने र उनीहरूको सम्पत्ति जफत गर्ने ‘राजनीतिक हिम्मत’ देखाएको छ । “यसबाट माथिदेखि तलसम्म कोही पनि सरकारको हातबाट पर नभएको देखाएको छ”, उनले भने ।
यो तर्कको प्रमाणको रूपमा वर्मा र अरू मान्छेहरूले पनि समाजवादी पार्टीका सांसद अतिक अहमेद र बहुजन समाज पार्टीका प्रदेश सांसद मुख्तर अन्सारीमाथि भएको निर्मम कारबाहीलाई अघि सार्छन् । उत्तर प्रदेशमा उनीहरू ग्याङस्टर राजनीतिक नेता मानिन्छन् ।
प्रहरीका अभिलेखअनुसार अहमेदको समूहका ८९ जना मान्छे पक्राउ परेका छन् । साथै, उनीहरूको ३२५ करोड भारु बराबरको सम्पत्तिमाथि रोक्का गरिएको छ । त्यस्तै अन्सरीको समूहबाट २४४ जना मान्छेविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूको १९४ करोड भारु बराबरको सम्पत्ति जफत गरिएको छ ।
सारमा प्रहरीले ग्याङस्टर राजनीतिक नेताहरू वरपरको सञ्जाल पूर्णतः ध्वस्त बनाएको दाबी गरेको छ । ती नेताहरूको शरीर जेलभित्र भए पनि उनीहरूको सञ्जाल सुचारु हुँदो हो त गुण्डागर्दीको काम बाहिर चलिरहेको हुन्थ्यो ।
पूर्वी उत्तर प्रदेश भने माफिया भूमिको रूपमा चिनिन्छ । त्यहाँ पुग्दा सङ्गठित अपराधसँग जोडिएका अधिकांश शक्तिशाली नामलाई सरकारमा जो आए पनि उनीहरूको साम्राज्यमा केही पनि हुन नसक्ने कुरा अनुभव हुन्छ ।
ब्रिजेशकुमार सिंहको कुरा गरौँ । अनसारीजस्तै ५२ वर्षका ब्रिजेश आफ्नो धन्दा चलाइरहेका शक्तिशाली मान्छे हुन् । सन् २००८ यता उनले जेलभित्रबाट आपराधिक गतिविधि गर्दै आफ्नो धन्दा चलाउन थालेका हुन् । सन् २०१२ मा उनीमाथि ३० वटा मुद्दा दायर भए । तीमध्ये १८ वटा हत्यासम्बन्धी मुद्दा थिए । तर, कोही पनि प्रत्यक्षदर्शीले उनीमाथि बयान दिन तयार नभएपछि ती मुद्दा सबै ढिसमिस भयो । सन् २०१६ मा वाराणसीबाट उत्तर प्रदेशको प्रान्तीय सभाको लागि उनले उम्मेदवारी दिए । उनी निर्वाचित पनि भए । सांसद निर्वाचित भएपछि उनीमाथिको मुद्दा ११ मा झ¥यो । अनि हत्या अभियोग चारमा सीमित बन्यो ।
ब्रिजेश सिंहको लागि आदित्यनाथको सत्तारोहणले खासै ठूलो अन्तर ल्याएन । उनी आफै शक्तिशाली छन् र भाजपासँग उनको निकटको सम्बन्ध छ । चुलबुल सिंहको नामले चर्चित उनका भाइ उदयनाथ सिंहले पनि भाजपाबाट वाराणसीबाट दुईपटक चुनाव जिते । सन् २०१६ मा ब्रिजेश सिंहले स्वतन्त्र उम्मेदवारको रूपमा चुनावमा होमिंदा भाजपाले त्यो क्षेत्रमा उम्मेदवारी नै दिएको थिएन ।
जे भए पनि उनको स्थान अझ बलियो हुने थियो । सन् २०१७ मा भाजपाले उनका भतिजा सुशिल सिंह (चुलबुल सिंहका छोरा) लाई सँगैको चण्डौली जिल्लाको सैयदराज क्षेत्रबाट उम्मेदवार बनाइयो । सुशीलको छवि पनि उस्तै विवादित थियो । उनीमाथि हत्या र हत्या गर्न खोजेको मुद्दा थियो । सुशीलले चुनाव जित्यो । अहिले उनी व्यवस्थापिका सदस्य छन् ।
ब्रिजेश सिंह कति शक्तिशाली छन् भन्ने कुराको अर्को उदाहरण यो वर्षको जुलाई महिनामा उनको घरमा काम गर्ने एक जना महिलालाई वाराणसी जिल्लाको सेवापुरी ब्लकको प्रमुखमा निर्विरोध निर्वाचित भएकी थिइन् । खासमा ब्रिजेश सिंहका भतिजा (सुशिल सिंहका भाइ) की श्रीमती इन्दु सिंह बितेका १५ वर्षदेखि त्यो ब्लकमा लगातार चुनाव जित्दै आएकी थिइन् । तर, अहिले त्यो ब्लक सूचिकृत जातिको लागि छुट्याइएको हुनाले उनले चुनाव लड्न नपाउने भएकोले घरमा काम गर्ने महिलालाई उम्मेदवार बनाएर निर्वाचित गरिएको हो ।
ब्लक अर्थात् वडा तहको चुनाव साधारण र झिनो प्रभाव पार्नेजस्तो लागे पनि उत्तर प्रदेशको राजनीतिमा स्थानीय तहको निर्वाचनको विशेष प्रभाव हुने गरेको छ । स्थानीय तहको निर्वाचनले नेताहरूको प्रतिबिम्बि देखाउने काम गर्छ । उदाहरणको लागि गाजीपुर जिल्लाको भावरकोल ब्लकमा मुख्तर अन्सारीको प्रभाव कम हुँदै गएपछि दुई दशकदेखि उनको परिवारले गाड्दै आएको प्रभाव कमजोर हुँदै गएको देखिएको छ ।
आर्थिकरूपमा ब्रिजेश सिंहको स्वार्थमा कुनै प्रभाव परेको देखिएन । सिंहले आफ्नो पुरानो व्यापार नगर्ने भएकोले उनको व्यापार के कस्तो छ भन्ने त्यत्ति सजिलो छैन । तथापि, उनका समर्थक, आलोचक र प्रहरी अधिकारीहरूसँगको कुराकानीले उनी सरकारी ठेक्कापट्टाका अझै पनि मुख्य खेलाडी भएको पुष्टि हुन्छ । ठूलो निजी क्षेत्र नभएको उत्तर प्रदेशमा सरकारी ठेक्कापट्टा नै सबभन्दा ठूलो आर्थिक उपार्जनको स्रोत हो । विशेषतः शक्तिशाली मान्छेहरूले आफ्ना विरोधीबाट सरकारी ठेक्का छिनेर वा ठेक्का पाएकालाई पनि कमिसन दिएर काम लिने गरेका हुन्छन् ।
सैयदराजबाट समाजवादी पार्टीका पूर्वसांसद मनोजकुमार सिंह (डब्लु) ब्रिजेश सिंहका राजनीतिक प्रतिस्पर्धी पनि हुन् । उनले अघिल्लो सरकारको पालामा पनि ब्रिजेश सिंह आज जत्तिकै शक्तिशाली भएको बताए । “तर, अहिले त अरू कसैले टेन्डर नै हाल्न नसक्ने अवस्था बनेको छ”, उनले भने ।
उनले व्याख्या गरे, “म सांसद हुँदा मेरा केटाहरूले ठेक्कामा पाउँथे । ब्रिजेशका मान्छेलाई पाउन गाह«ो हुन्थ्यो । तर अहिले उसकै मान्छेमात्र ठेक्का पाउने गरेका छन् ।”
बालुवा कारोबारसँग जोडिएका वाराणसीका एक जना व्यापारीले अहिले पनि सो क्षेत्रको बालुवा ठेकेदारीमा ब्रिजेश सिंहकै हालीमुहाली भएको बताउँछन् । “सबै कुरा उनीहरूकै हातमा छ । पहिले प्रतिशतमात्र पाउँथे, अहिले त पूरै ठेक्का नै उनीहरूको हातमा जान्छ”, उनले भने ।
अपराध र राजनीति
पूर्व उत्तर प्रदेशमा अहिले अर्को शक्तिशाली प्रभाव भएका व्यक्ति हुन्–विनित सिंह । उनी ठाकुर हुन् । उनीमाथि पनि एक दर्जनभन्दा बढी मुद्दा छन् । तीमध्ये केही मुद्दा त हत्याका पनि छन् । सन् २०१७ मा उनले निर्वाचन आयोगमा बुझाएको दस्तावेजमा ती मुद्दा उल्लेख छन् ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी चार वटा जिल्ला–मिर्जापुर, सोनभाद्रा, चण्डौली र जौनपुरका परिषद् अध्यक्ष जिताउन उनको विशेष भूमिका थियो । अगस्ट महिनाको एक साँझ मैले उनलाई उनको महलमा भेट्दा उनी सिंहासनजस्तो गद्दीमा बसेका थिए ।
“जौनपुरको कुरा नलेख्नुहोला । त्यहाँको चुनावमा अरूले पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेका थिए”, उनले ठाकुर ग्याङ्स्टर राजनीतिक नेता धनञ्जय सिंहले जौनपुरमा आप्mनी पत्नी श्रीकला रेड्डीलाई जिल्ला परिषद् सभापति पदमा निर्वाचित गर्न खेलेको भुमिकातर्फ सङ्केत गर्दै भने । धनञ्जय सिंह अहिले प्रहरीको नजरमा फरार छन् । भाजपाको गठबन्धन दल अपना दलले पनि चुनावमा रेड्डीलाई जिताउन मद्दत गरेको थियो ।
विनित सिंह सन् २०१० देखि २०१६ सम्म बहुजन समाज पार्टीको तर्फबाट माथिल्लो सदनका सदस्य थिए । “म उनीहरूको सिद्धान्त अँगीकार गर्छु किनभने उनीहरू राष्ट्रिय हितको कुरा गर्छन् । कुरामात्र होइन, वास्तवमा उनीहरू राष्ट्रिय हितमा काम पनि गर्छन् । राष्ट्रिय कुरा गर्दा म सधैँ अग्रमोर्चामा उभिन चाहन्छु । कुनै सम्झौता हुनुहुन्न । देशभन्दा ठूलो कुरा अरू केही हुनसक्दैन”, उनले भने ।
मैले विनित सिंहलाई तपाईं राजनीतिक नेता हो वा व्यापारी भनी सोधेको थिएँ । उनले आफ्नो जीवन यी दुई पाटाको सङ्गम भएको बताए । “व्यापारबिना कसरी राजनीति गर्ने ?”, उनले भने, “पैसाबिना मैले गरिबलाई कसरी मद्दत गर्नसक्छु ?”
यद्यपि, उनी आफ्नो व्यापारिक स्वार्थ के हो भन्नेबारे व्याख्या गर्दै जान्छन् ।
“मुख्यतः निर्माण क्षेत्र हो”, उनले भने ।
“घर–जग्गा हो, तपाईको अर्र्थ ?”
“त्यसै भन्न सक्नुहुन्छ ।”
त्योभन्दा बढी उनले केही भनेनन् ।
उनलाई मैले उनको ‘माफिया’ छविबारे (उत्तर प्रदेश प्रहरीको विशेष कार्य दलका एक जना वरिष्ठ अधिकारीले उनी आपराधिक राजनीतिक नेता भएको बताएका थिए) सोध्दा उनले मानिसलाई माफिया शब्दको अर्थ थाहा नभएको बताए । “माफिया इटालियाली शब्द हो । त्यसको अर्थ कुनै मादक पदार्थ आपूर्ति गर्ने मान्छे हो । माफियाले खराबभन्दा खराब अपराध गर्छ । त्यस्तो काम मैले केही गरेको छैन । यहाँ त तपाईंले बालुवा निकाल्नुभयो भने तपार्इंलाई बालुवाको माफिया भनिन्छ । कोइला खन्नुभयो भने कोइलाको माफिया । जमिनको काम गर्नुभयो भने भूमाफिया”, उनले भने ।
विनित सिंहले आफ्नो ‘बाहुबली’ छविको मुख्य कारण आफ्नो आएको सामाजिक पृष्ठभूमि भएको बताए । उनले भने, “ठाकुरहरूलाई त्यसरी नै चित्रण गरिन्छ । नराम्रो र निर्दयी, “त्यसकारण हामीले कुनै खराब काम गरे हामी माफियामा गनिन्छौँ । यो त हामीमाथि अन्याय हो ।”
मैले उनलाई प्रहरीले ठाकुर समुदायका अपराधीहरूविरुद्ध कारबाही गर्न विलम्ब गरिरहेको प्रसङ्ग उठाउँदा विनितले प्रहरीले ‘अपराध देखिएका मान्छेलाई निशाना बनाइरहेको’ प्रतिक्रिया दिए । “जो भए पनि जसको गतिविधि कम हुन्छ, उसलाई निशाना बनाइँदैन”, उनले भने ।
ठाकुरा समुदायका माफियाहरूलाई निशाना नबनाइएको कुरा उनले अस्वीकार गरे । उदाहरण प्रस्तुत गर्दै उनले अजामगढका कुन्टु सिंहको प्रसङ्ग उठाए । प्रहरीले कुन्टुविरुद्ध कडा कारबाही ग¥यो । उनको अठार करोड भारु बराबरको सम्पत्ति रोक्का गरियो । यद्यपि धेरै मानिस कुन्टुको त्यो सङ्कट मुख्यतः मुख्तर अनसारीसँग जोडिएको बताउँछन् । “उनी गलत बाटोबाट आएकोले त्यस्तो दुःख पाए”, सो क्षेत्रका एक जना वरिष्ठ प्रहरी अधिकारीले भने ।
मैले वाराणसीका अतिरिक्त प्रहरी अधिकारी ब्रज भुषणलाई प्रहरी ठाकुर समुदायका शक्तिशाली मानिसप्रति नरम भएको आरोपबारे सोधेको थिएँ । विशेषतः विनित सिंह र ब्रिजेश सिंहको कुरा मैले उठाएँ । भुषणले मानिसहरूले के भन्छन् भन्नेमा आफुलाई कुनै चासो नभएको बताए । “जसले आज अपराध गर्छ, उनीहरूलाई कारबाही हुन्छ”, उनले भने ।
व्यक्तिगत कुराकानीमा प्रहरी अधिकारीहरूले फरक – फरक शक्तिशाली मान्छेको सन्दर्भमा नियम कानुनको प्रयोग फरक – फरक हुने गरेको बताए । उनले जात र राजनीतिक आबद्धतामा पनि त्यस्तो कुरा निर्भर हुने गरेको बताए । “जब तपाईंले अपराधीको विशेष समूहलाई निशाना बनाउनुहुन्छ, तपाईंले निश्चित समूहलाई हानि पु¥याइरहेको हुनेछ । त्यसो गर्नु सरकारलाई बलियो बनाउनु पनि हुने गरेको छ”, पूर्वी उत्तर प्रदेशको एउटा प्रमुख सहरका एक जना वरिष्ठ प्रहरी अधिकारीले भने । “मुख्तरलाई निशाना बनाउन सरकारको प्रस्ट सङ्केत छ । यो सब आफ्नो मत आधारमा भरपर्ने कुरा हो”, उनको भनाइ छ ।
मैले उनलाई सरकारले त्यस्तो कुनै लिखित आदेश भए नभएको सोध्दा मौखिकरूपमा त्यस्तो आदेश भएको बताए । “त्यस्तो देखिने कुनै आदेश त हुँदैन”, एक अधिकारीले भने, “प्रहरी र कर्मचारीतन्त्रलाई त्यस्तो निर्देशनको खाँचो पर्दैन । हामीलाई राजनीतिक नेता केबाट खुसी हुन्छ र हुँदैन भन्ने कुरा थाहा छ । तपाईंलाई समाजको जातीय व्यवस्थाबारे पढाइरहनुपर्दैन । त्यो त हाम्रो नशा नशामा छ ।”
स्रोत : स्क्रोल डट आइएन
नेपाली अनुवाद : सुमन
Leave a Reply