घरेलु तथा साना उद्योग प्रवद्र्धनमा जोड दिनुपर्ने
- असार ६, २०८३
काठमाडौँ, ९ असोज । देश हितविपरीतको एमसीसी सम्झौताविरुद्ध काठमाडौँ उपत्यकालगायत देशभरिका सबै स्थानीय पालिकामा विरोध सभा र जुलुस गर्ने नेपाल मजदुर किसान पार्टीको कार्यक्रमअन्तर्गत शनिबार काठमाडौँको गोँगबुँमा विरोध जुलुस तथा सभा भयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिको आयोजनामा भएको विरोध जुलुसपछि आयोजित सभामा नेमकिपाका सचिव तथा प्रतिनिधिसभा सदस्य सांसद प्रेम सुवालले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले एमसीसी सम्झौतामार्फत नेपाल कब्जा गरी एसियामा युद्ध थोपर्न खोजेको बताउनुभयो ।
उहाँले अमेरिकी रक्षा विभागको दस्तावेजअनुसार एमसीसी सम्झौता हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी साम्राज्यवादको सैन्य गठबन्धन भएको प्रस्ट पार्दै भन्नुभयो, “सम्झौतामा विद्युत् प्रसारण लाइन भैरहवाको भारतीय सीमासम्म जोड्ने उल्लेख गरिनु नेपालको जलविद्युत् भारत हुँदै सिङ्गापुरसम्म लाने र नेपाललाई अँध्यारोमै राख्ने हो ।”
“नेपालका पूर्वसचिव, अमेरिकाको लागि पूर्वराजदूत र जलविद्युत् माफियाहरू एमसीसी सम्झौताको सहयोग नलिए नेपालको छवि बिग्रिने, वजन हलुङ्गो हुने, बाँकी विश्वले नेपाललाई अविश्वास गर्ने, लोडसेडिङको कहर पुनः खेप्नुपर्ने, कोभिड–१९ बाट थिलथिलो भएको अर्थतन्त्र उकास्न नपाउनेजस्ता हल्ला फैलाउँछन् । उनीहरू अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गर्ने साहस गर्दैनन्, आत्मसमर्पण गर्छन्”, सांसद सुवालले भन्नुभयो ।
पचास करोड डलर सहयोगको निम्ति देशलाई अमेरिकी साम्राज्यवादको पोल्टामा राख्न नहुने भन्दै उहाँले नेकाबाटै सांसद र मन्त्री भएका खर्बपतिहरूसँग कानुनबमोजिम कर उठाइएमा, बजेट खर्च समयमै गरिएमा, स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरे एमसीसी सम्झौताभन्दा चार गुणा रकम उठ्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सांसद सृजना सैंजूले संरा अमेरिकी साम्राज्यवादको विरोधमा नेमकिपाले स्थापनाकालदेखि नै सङ्घर्ष गर्दै आएको चर्चा गर्दै संरा अमेरिकाले पाइला राखेको संसारका जुनसुकै कुनामा पनि विध्वंस र युद्धमात्र हुने गरेको बताउनुभयो ।
उहाँले संसारबाट साम्राज्यवादी शक्तिको समाप्ति नहुँदासम्म सङ्घर्ष जारी राख्नुपर्ने धारणा राख्दै एमसीसी सम्झौता नेपाललाई पनि युद्धभूमि बनाउने अमेरिकी षड्यन्त्र भएको बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको विरोध सभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सह–संयोजक सुरेश परियार र नेमकिपा काठमाडौँ जिल्ला समितिका विश्वक डंगोलले पनि बोल्नुभएको थियो ।
Leave a Reply