अवकाशपछि पनि शैक्षिक क्षेत्रमा सक्रिय रहन आग्रह
- असार ४, २०८३
भक्तपुर, १० असोज । भक्तपुर नगरपालिकाले सरूवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मालाई स्वागत कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले आत्मनिर्भरतालाई जोड दिँदै सम्पदा पुनःनिर्माणमा विदेशीको सहयोगलाई भन्दा जनताको साथ, सहयोग र अपनत्वलाई प्राथमिकतामा राखी सम्पदाहरू जोगाइराखेको बताउनुभयो ।
२०७२ सालको भूकम्प र कोभिड महामारीले भक्तपुर नगरको स्वरूप र अर्थतन्त्रमा नराम्रो क्षति पुगेको बताउँदै उहाँले विपद् न्यूनीकरणको लागि भक्तपुर नगरपालिकाले नेपाली सेनासँग समन्वय गर्दै विभिन्न तालिमहरू आयोजना गरिसकेको अवगत गराउनुभयो ।
नजिकिँदै गरेको दशैँ र तिहारलगायतका चाडपर्वलाई लक्षित गरी चोरी, तस्करी, हिंसालगायतका अपराध न्यूनीकरणको लागि जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाउनुपर्ने आवश्यकताबोध गराउँदै प्रमुख प्रजापतिले भक्तपुर नपा अरू नपाभन्दा पृृथक शैलीबाट अगाडि बढिरहेको छ भन्नुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य नगरपालिकाको रहेको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले सातवटा शैक्षिक संस्थाहरू सञ्चालन, ख्वप अस्पताल निर्माण र युवा लक्षित तालिमहरू सञ्चालनमा जोड दिँदै आइरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले शान्ति सुरक्षाको हिसाबले भक्तपुरलाई उत्कृष्ट जिल्ला बनाउन आफू प्रतिबद्ध रहेको बताउँदै आफ्नो कार्यकालमा गुल्मीलाई देशकै तेस्रो वरियतामा पार्न सफल भएको स्मरण गर्नुभयो ।
उहाँले भक्तपुरलाई सुरक्षित जिल्लाको रूपमा अगाडि बढाउनुपर्छ भन्दै जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादनमा भक्तपुर नगरपालिकाबाट साथ, सहयोग र सहकार्य रहनेमा विश्वस्त भएको बताउनुभयो ।
विपद् व्यवस्थापन समितिको बैठक बसी सम्पदा पुनःनिर्माणका बाँकी कार्यहरूलाई तीव्रताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रजिअ शर्माले भक्तपुरमा शान्ति र सुरक्षा कायम गर्न नगरका सबै वडाहरूमा प्रहरीमार्फत समुदाय प्रहरी साझेदारीका कार्यक्रमहरू सञ्चालन भइरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने नारालाई सार्थक बनाउन नगरपालिका अघि बढिरहेको चचौ गर्दै भक्तपुरलाई ज्ञानविज्ञान र प्रविधिको केन्द्र बनाउन सातवटा शैक्षिक संस्थाहरू सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनमा टेवा पु¥याइरहेको छ भन्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भक्तपुरको ऐतिहासिक पृष्ठभूमिमाथि प्रस्ट पार्नुभयो । भक्तपुर नपाबाट भएका असल र नमुना अभ्यासमार्फत नगरपालिकाले स्वायत्तताको अभ्यास गरिरहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको उक्त परिचयात्मक कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाका शाखा प्रमुख तथा नगरपालिकाद्वारा सञ्चालित कलेज प्रमुखहरूको उपस्थिति रहेको थियो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले प्रजिअ शर्मालाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल र नगरपालिकाका महत्वपूर्ण प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।
Leave a Reply