भर्खरै :

मर्केलपछिको जर्मनी

जर्मनीका चान्सलरको रूपमा एन्जेला मर्केलले १६ वर्ष काम गरिन् । उनको उत्तराधिकारी पाउने आशामा आइतबार जर्मनीमा चुनाव भएको छ । चुनावको परिणाम जस्तोसुकै आए पनि आगामी केही महिना जर्मनीको राजनीति अन्योलपूर्ण नै हुने देखिन्छ । अबको कम्तीमा केही समय विभिन्न किसिमका अनिश्चय जर्मनीले सामना गर्नुपर्नेछ ।
एक वर्षअघि नै चुनावको परिणाम लगभग छिनोफानो भइसकेको अवस्था थियो । मर्केलको क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू)ले धेरै वटा मत सर्वेक्षणमा उल्लेखनीय रूपमा अग्रस्थान हासिल गर्दै आएको थियो भने अर्को सामाजिक प्रजातान्त्रिक पार्टी पनि दुई अङ्ककै गतिमा उसलाई पछ्याइरहेको थियो ।
आफ्नो चुनावी प्रतिस्पर्धा ग्रीन पार्टीसँग हुने सोचेर सीडीयूको चुनावी रणनीतिले सबभन्दा पहिलो निशाना ग्रीन पार्टीका उम्मेदवार एन्नालेना बैरबोकलाई बनाएको थियो । जसले गर्दा सामाजिक प्रजातान्त्रिक पार्टीका उम्मेदवार ओलाफ स्कोल्जलाई स्थापित बन्न सहज बन्यो । त्यसपछि पनि सीडीयूले चुनावी अभियानमा धेरैथरी गल्ती गर्दै गयो । चान्सलर पदको उम्मेदवारको रूपमा मार्कस सोइदरलाई उठाउनुको सट्टा अरमिन लास्चेटलाई उठाउने निर्णय त्यस्तै गल्ती थियो । चुनावको मुखमा पनि लास्चेटलाई भन्दा सोइदरप्रतिको जनसमर्थन बढी थियो ।
यो गल्तीलाई अझ बल्झाउन लास्चेटले आफूलाई मर्केलको पुरुष संस्करणको रूपमा प्रस्तुत गर्न सकेनन् । साथै जर्मनीका हालै आएको बाढीको बेलाको लास्चेटको एउटा नकारात्मक भिडियो भाइरल भएपछि पनि सामाजिक प्रजातान्त्रिक पार्टीले उकासिने मौका पायो । लास्चेटको उम्मेदवारीलाई यी सबै घटनाक्रमले उल्लेखनीय रूपमा हानि पु¥यायो । फलतः चुनावको पछिल्लो परिणामले लास्चेट दोस्रो स्थानमा सीमित हुन पुगेका छन् ।
हो, यहीँबाट सुरु हुन्छ जर्मनीको समस्या । दोस्रो विश्वयुद्धपछिको जर्मनीको इतिहासयता यो पटक दुई दलीय गठबन्धनले मात्र सरकार बन्ने अवस्था छैन । त्यसकारण धेरै सम्भव तीन दलको गठबन्धन बनाइनुपर्नेछ । त्यस्तो गठबन्धन धेरै सम्भव सामाजिक प्रजातान्त्रिक पार्टी, ग्रीन पार्टी र स्वतन्त्र प्रजातान्त्रिक पार्टीबीचको हुनेछ । जसले जर्मनीमा अन्योलको अवस्था निम्त्याउनेछ । कर, आप्रवासी, सामाजिक सुरक्षा तथा जलवायु परिवर्तनको चुनौती कसरी समाधान गर्ने भन्ने विषयमा यी तीन दलका आपसमा निकै भिन्न विचार र मान्यता छन् । त्यसकारण उनीहरूबीच साझा आधार पहिल्याउन पनि हम्मेहम्मे पर्नेछ ।
यी सबै कारणले पनि आगामी केही समयसम्म एन्जेला मर्केलले अर्को सरकार नबन्दासम्मको कायममुकायम चान्सलरको भूमिका निभाउनुपर्ने अवस्था छ । नयाँ चुनावी परिणामअनुसार दलहरूबीच कुराकानी गर्दै गठबन्धन सरकार गठनसम्मको लागि केही महिना पक्कै लाग्नेछ । यस्ता गठबन्धन बन्दैमा मात्र सफल भइहाल्ने कुनै सुनिश्चितता भने छैन । सन् २०१७ मा जर्मनीमा भएको आमचुनावपछि सीडीयू, स्वतन्त्र प्रजातान्त्रिक पार्टी, ग्रीन पार्टीबीच अक्टोबर र नोभेम्बरमा वार्ता भएको थियो । त्यसबेला ग्रीन पार्टीसँग मिल्नै नसकिने मतभिन्नतालाई देखाएर स्वतन्त्र प्रजातान्त्रिक दलले गठबन्धनमा सहभागी नबन्ने निर्णय ग¥यो ।
त्यसपछि सीडीयू र सामाजिक प्रजातान्त्रिक पार्टीबीच वार्ता सुरु भयो । सोहीअनुसार गठबन्धनको तयारी पनि थालियो । तर, सन् २०१८ को जनवरी महिनासम्म पनि त्यो वार्ता टुङ्गिएन । चुनाव सम्पन्न भएको पाँच महिनापछि आएर बल्ल फेब्रुअरीमा गठबन्धनको लागि वार्ता सफल भयो ।
समय तालिकाअनुसार नै नयाँ सरकार गठन भए पनि मर्केलका उत्तराधिकारीहरूको उपलब्धिलाई लगातार मर्केलकै मापनमा नापिनेछ । यसले धेरै सम्भवतः अबको नयाँ चान्सलर अलाफ स्कोल्जलाई सुरुदेखि असजिलो स्थानमा पु¥याउनेछ ।
मर्केलको बिदाइले युरोपमा जर्मनीको स्थानलाई पनि असर पार्नेछ । युरोपका अहिलेका खास नेता मर्केल राजनीतिक दबुबाट बिदा हुँदैछिन् । मर्केलले बितेका १६ वर्षमा जुन अनुभव र प्रतिबद्धताका साथ अन्तर्राष्ट्रिय वृत्तमा युरोपको प्रतिनिधित्व गरिन्, त्यसको लागि उनका कोही पनि उत्तराधिकारी तयार भएको देखिँदैन । मर्केलले रिक्त छोडेको स्थान पूर्ति गर्ने जिम्मेवारी फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँको काँधमा आइपरेको छ ।
वित्तीय नीतिबारे युरोेपेली बहसमा अग्रसरता देखाएर केही समयको लागि माक्रोँले आफ्नो स्थान बनाउने प्रयास गरेको देखिएको थियो । तर, फ्रान्समा पनि आगामी अप्रिल महिनामा राष्ट्रपति पदको लागि चुनाव हुँदैछ । त्यसकारण माक्रोँलाई चुनावको तयारी गर्नुपर्ने बाध्यता छ । फलतः युरोपको नेता बन्न उनले कममात्र समय पाएका छन् । सन् २०२२ मा युरोपेली सङ्घको अध्यक्ष पदको लागि फ्रान्सले उम्मेदवारी दिएको छ । तथापि, जर्मनीको सन्दर्भमा मर्केलका उत्तराधिकारीले जर्मनीको न्यूनतम मात्र पनि प्रतिनिधित्व गर्न सक्ने वा नसक्ने कुरामा आगामी दिनमा जर्मनीको स्थान निर्भर रहनेछ । कदाचित त्यसरी प्रतिनिधित्व गर्न नसके बर्लिनले युरोपको निर्विवाद नेताको हैसियत गुमााउनेछ ।
यति भनिसकेर र १६ वर्षसम्म चान्सलर पद चलाए पनि अहिले नै मर्केलको विरासतको परिभाषा गरिहाल्न भने चुनौतीपूर्ण छ । संसारकै सबभन्दा प्रभावशाली र सम्मानित नेता (जसले जर्मनी र खासमा सिङ्गो युरोपेली सङ्घलाई विभिन्न सङ्कटबाट बाहिर निकाल्न सफल र वैचारिक कारणले जर्मनीका हितलाई हानि पु¥याउन अस्वीकार गरिन्) लाई आलोचकहरूले उनको कार्यकालमा जर्मनीको आर्थिक गतिरोध, सस्तो लोकप्रियता र बे्रक्सिटको कारण सधैँ घोचिरहनेछन् ।
विश्वको परिस्थिति दिनानुदिन जटिल बन्दै गएको छ । युरोपेली सङ्घ आफै पनि विभाजित छ । संरा अमेरिकाले पाक्स अमेरिकाना (पश्चिमा वृत्तमा शान्तिको अवधारणा)बाट हात झिक्दैछ । संसारकै चौथो सबभन्दा ठुलो अर्थतन्त्र भएको जर्मनीले अन्तर्राष्ट्रिय मामिलामा थप महत्वपूर्ण भूमिका खेल्नेछ र आगामी दिनमा थप जिम्मेवारी बहन गर्नेछ ।
यद्यपि, अन्तर्राष्ट्रिय मामिलामा थप जिम्मेवारी बहन गर्ने कुरा भने त्यत्ति सजिलो छैन । कुनै पनि अप्ठ्यारो परिस्थितिमा नियन्त्रण नगुमाउने र चुनौतीका समयमा पनि जर्मनीका जनतालाई सहज अनुभूति गराउने मर्केलको आधारभूत विशेषता लास्चेट वा स्कोल्जले पूर्ति गर्न सक्ने देखिँदैन । वास्तवमा जर्मनीले मर्केलले हासिल गरेजस्तै समर्थन, सम्मान र शक्ति पाउन सक्ने अर्को नेता पाउन दसकौं लाग्नेछ ।
‘मुट्टी’ –जर्मनहरू मर्केललाई यो नामले बोलाउँछन् । जर्मनी र जर्मनी बाहिर जे गरे पनि जर्मन जनताले ‘मुट्टी’ लाई भने सम्झिरहनेछन् ।
(लेखक लण्डनका राजनीतिक टिप्पणीकार हुनुहुन्छ । )
स्रोतः सीजीटीएन
नेपाली अनुवादः मेरिना मर्केलपछिको जर्मनी रु थोमस ओ फाक जर्मनीका चान्सलरको रूपमा एन्जेला मर्केलले १६ वर्ष काम गरिन् । उनको उत्तराधिकारी पाउने आशामा आइतबार जर्मनीमा चुनाव भएको छ । चुनावको परिणाम जस्तोसुकै आए पनि आगामी केही महिना जर्मनीको राजनीति अन्योलपूर्ण नै हुने देखिन्छ । अबको कम्तीमा केही समय विभिन्न किसिमका अनिश्चय जर्मनीले सामना गर्नुपर्नेछ ।

नेपाली अनुवादः मेरिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *