नेपालको राजनीतिमा युवाहरूको भूमिका
- असार १, २०८३
काठमाडौँ, ११ असोज । प्रतिनिधिसभाको आठौँ बैठक सोमबार १२–१५ मिनेटमा सकियो । प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले बैठक अवरोध गर्दै ‘गैरसांसदलाई प्रवेश निषेध गर !’, ‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद !’, ‘ कालो धन वैधानिक गर्न पाइँदैन !’ लगायत नारा लगाएका थिए ।
सभामुख अग्नी सापकोटाले एमालेको अवरोधकै बीच राष्ट्रपति कार्यालयबाट प्राप्त विनियोजन (खर्चसम्बन्धी) विधेयक २०७८ प्रमाणीकरण भएको पत्रबारे बैठकमा जानकारी दिनुभयो ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट आर्थिक (राजस्व) विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ सुझावविना फिर्ता पठाइएको सन्देश बैठकमा जानकारी गराउनुभयो ।
अर्को बैठक असोज १४ गते दिनको १ बजे बस्नेछ ।
प्रमुख प्रतिपक्षी एमालेले आफ्नो पार्टीको कारबाहीमा परेका माधव नेपाललगायत १४ जना सांसदको स्थान रिक्त हुनुपर्ने वा सभामुख सापकोटाको राजीनामा हुनुपर्ने माग राखी नवौँ अधिवेसनको सुरू भदौ २३ गतेदेखि अवरोध गर्दै छ । सभामुख सापकोटाले सर्वोच्च अदालतमा विचाराधीन सो विषयबारे संसद्मा नउठाउन आग्रह गर्नुभयो ।
देउवा सरकारले भदौ १ गते दल विभाजन अध्यादेश जारी गरेअनुसार एमालेबाट माधव नेपालको नेतृत्वमा नेकपा एस निर्वाचन आयोगमा दर्ता भएको थियो । उक्त अध्यादेश फिर्ता नगरिए उपेन्द्रको जसपा पुनः विभाजन हुने खतरा भएको हुँदा सरकारले सोमबार साँझ सो अध्यादेश फिर्ता लिने निर्णय ग¥यो । माधव गुटले सो अध्यादेश फिर्ता भए आफ्नो पार्टीको वैधानिकतामा प्रश्न उठ्ने आशङ्का गरेको छ ।
यसैबीच माओवादीका दाहालले अब पनि मन्त्रिमण्डल विस्तार नभए आफ्ना दुई मन्त्री फिर्ता बेलाउने धम्की प्रम देउवालाई दिएको खबर छ । यसरी ओली र दाहालको एमाले र माओवादीको सिद्धान्तहीन गठबन्धन जस्तै यो गठबन्धन पनि शीशाजस्तै फुट्ने खतरा बढ्दो छ ।
Leave a Reply