शैक्षिक प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई आफ्नो सर्वाङ्गीण विकासमा ध्यान दिन आग्रह
- जेष्ठ २९, २०८३
काठमाडौँ, १२ असोज । देश हितविपरीतको एमसीसी सम्झौताको विरोधमा नेपाल मजदुर किसान पार्टी काठमाडौँको आयोजनामा मङ्गलबार चन्द्रागिरी नगरपालिकाको बलम्बुमा विरोध जुलुस तथा सभा भयो । गुर्जुधाराबाट सुरु भएको विरोध जुलुस मातातीर्थ, सतुंगल परिक्रमा गरी महालक्ष्मी स्थानमा पुगेर विरोध सभा भएको थियो ।
विरोध सभामा नेमकिपाका सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले संरा अमेरिका र भारतका जनताले इतिहासमा उपनिवेशवाद र साम्राज्यवादको विरोधमा लामो सङ्घर्ष गरेको भन्दै अमेरिकी स्वतन्त्रता आन्दोलनको क्रममा अमेरिकामा हरेक कक्षा नै ‘बेलायती साम्राज्यवाद मुर्दावाद’ भन्ने नारा लगाएर सुरु हुने गरेको बताउनुभयो ।
“अमेरिकी इतिहासबाट सिकेर अब नेपालमा पनि नेपाली जनताले हरेक विद्यालय र कलेजमा कक्षा सुरु हुनुअघि ‘एमसीसी सम्झौता खारेज गर’ को नारा लगाउनुपर्ने अवस्था बनेको छ”, उहाँले भन्नुभयो ।
न्युयोर्कमा परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी सम्झौतामा संशोधन नहुने भनेर अमेरिकी सरकारलाई खुसी बनाउन खोजेको चर्चा गर्दै सांसद सुवालले नेपालका केही बुद्धिजीवी, पूर्वसचिव, पूर्वराजदूतहरूले एमसीसी सम्झौता पारित नभए देशको छवि गिर्ने, अन्तर्राष्ट्रिय समुदायले खिसी गर्ने, विदेशी सहायता नआउने भनी भ्रम छरिरहेको बताउनुभयो ।
उहाँले विदेशी सहायताले संसारको कुनै पनि देशको विकास नभएको भन्दै नेपाली युवालाई विदेशमा पठाएर देशको विकास विदेशी सहयोगबाट गर्न खोज्नु शासक दलको विश्व पुँजीवादको सेवा हो भन्नुभयो ।
“भारतमा बेलायतले दुई सय वर्ष शासन ग¥यो । चीनमा युरोपका विभिन्न देशले सय वर्ष शासन गरे । तर, ती देशहरू विदेशीको भरमा विकास नभएको र त्यहींका जनता सक्रिय भएपछि मात्र विकासको बाटोमा अघि बढेका थिए”, सांसद सुवालले भन्नुभयो ।
उहाँले एमसीसी सम्झौतामा रहेका देशघाती बुँदाहरूको बुँदागत विश्लेषण गर्नुभयो ।
सांसद सुवालले संरा अमेरिका पुगेका देशहरू लिविया, इराक, अफगानिस्तान ध्वस्त भएको चर्चा गर्दै एमसीसी सम्झौताबारे नेपालका शासक दलहरू खुलेर बोल्न नसकेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले देशको अर्थतन्त्र खोक्रो पार्ने भ्रष्टाचारी नेताहरू एमसीसी नेपाली जनताको गरिबी हटाउन ल्याइएको भन्ने तर्क गरेर ठगिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वैदेशिक सहयोग वा अनुदानबाट कुनै पनि देशमा गरिबी उन्मूलन सम्भव छैन ।”
आत्मनिर्भर अर्थतन्त्रको विकास, कृषिमा जोड, क्रान्तिकारी भूमिसुधार तथा आर्थिक समानतासहितको विकास नभई समाज माथि उठ्न सम्भव नभएको भन्दै स्वास्थ्य उपचार तथा शिक्षा निःशुल्क नबनाई विकासको नारा दिनु झूटबाहेक केही होइन भन्नुभयो ।
“वैदेशिक सहयोग वा ऋणले देशको पराधीनता बढ्नेछ”,सांसद गोसाईले भन्नुभयो ।
“हातहतियारको होडबाजी गरेर शान्ति कसरी आउँछ ? युद्धले विकास होइन, विनाश दिन्छ । एमसीसीले युद्ध जन्माउनेछ”, सभामा उहाँले प्रस्ट पार्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सृजना सैंजूले एसियालाई युद्धभूमि बनाउने र चीनको समृद्धि र विकासको गति रोक्न संरा अमेरिकाले नेपाली भूमिलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्न एमसीसी सम्झौता थोपर्न खोजेको बताउनुभयो ।
उहाँले चीनलाई घेराबन्दीमा पारेर संसारमा आफ्नो एकछत्र प्रभुत्व लागु गर्न संरा अमेरिकाले एसियाली देशहरूमाथि आफ्नो प्रभाव विस्तार गर्न खोजेको बताउनुभयो ।
सांसद सैंजूले चीनमाथिको हमला समाजवादी व्यवस्था र विश्व कम्युनिस्ट आन्दोलनमाथि हमला भएकोले संसारका साम्राज्यवादविरोधी शक्ति समाजवादी देशहरूमाथिको हमलाविरुद्ध एकजुट हुुनुपर्ने बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको सभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका सह संयोजक सुरेश परियार, नेमकिपा चन्द्रागिरीका किरण सिंह, शान्त महर्जनलगायतले बोल्नुभएको थियो ।
Leave a Reply