भर्खरै :

एमसीसीको वकालत गर्ने नेपाली पात्र र प्रवृत्तिबारे

नेपाल मजदुर किसान पार्टीले भाद्र २१ गते काठमाडौँमा एमसीसी सम्झौताविरुद्ध बृहत् विरोध कार्यक्रम गरेपछि देशभरि तरङ्ग पैmलियो । त्यस कार्यक्रममा प्रहरी दमनसमेत भएपछि सरकारको चौतर्फी विरोध भयो । प्रहरी हस्तक्षेपलाई लिएर सङ्घीय संसद् र बागमती प्रदेशसभाका बैठकमा पनि चर्को विरोध भयो । त्यसपछिका विरोध कार्यक्रममा दमनका घटना दोहोरिएन । नेमकिपा भाद्र २१ देखि असोज ११ सम्म सडकमा निरन्तर सङ्घर्षरत छ । एमसीसीजस्तो घातक सम्झौताविरुद्ध सङ्घर्ष चालु राख्नुको विकल्प छैन ।
सदन र सडकमा नेमकिपाले सङ्घर्षलाई जारी राखेपछि शासक नेताहरू र तिनका वरपरका पत्रकार, बुद्धिजीवीहरू केही पछि हटेको पाइयो । शासक दलहरूमाथि चर्को दबाब परेको प्रस्ट थियो । एमसीसी सम्झौताविरुद्ध केही विद्वानहरू, राजनीतिज्ञहरूले पनि बोल्न थाले । बहस, अन्तरक्रिया तथा छलफलका कार्यक्रम चल्न थाले । शासक दलका मुख्य–मुख्य नेताहरूले सीधा विरोध या समर्थन गर्न सकेनन् । घुमाउरो, अल्मल्याउने या दोहोरो अर्थ लाग्ने भाषा प्रयोग गर्न थाले । त्यस विषयलाई सकेसम्म पन्छाउने प्रयास गरे ।
सडक सङ्घर्ष निरन्तर अगाडि बढेपछि संरा अमेरिकाको नेपालस्थित दूतावासले गतिविधि तीव्र पारेको चर्चा छ । आफ्ना नयाँ–पुराना ‘मित्रहरू’ लाई अगाडि ल्याएर एमसीसीविरुद्ध सक्रियता देखाइरहेका दल र तिनका नेताहरूको खोइरो खन्ने कार्य नियोजितरूपमा अगाडि बढाउँदै छ । ‘विज्ञापन’ को तहबाट माथि चढेर ‘प्रायोजन’ बतर्पm अघि बढ्दै छ । संरा अमेरिकी दूतावासले विशेषगरी काठमाडौँमा सक्रियता बढाएको देखिन्छ । खोजीखोजी आफ्ना ‘पुराना मित्रहरू’ तथा विभिन्न अवयवहरूलाई एमसीसीको गुणगान र त्यसका विरोधीहरूलाई सत्तोसराप गर्ने कार्यमा व्यापक ‘उपयोग’ गर्दै गरेको कसैबाट लुकेको छैन । ‘एमसीसी’ को नाउँमा अहिले जसरी अमेरिकी चलखेल तथा हस्तक्षेप बढिरहेको छ त्यसले अर्को खतरातर्पm सङ्केत गर्दछ । ‘मानवअधिकारकर्मी’, पूर्व राजदूत, राजनीतिक विश्लेषक, ‘नागरिक समाजका अगुवा’ आदिलाई एमसीसीबाट हुने फाइदाबारे बोल्न लगाउँदै छ भने ‘अनुदान’ फिर्ता गएको खण्डमा ठूलो ‘दूर्भाग्य’ हुने भन्दै धम्की दिँदै छ । यसप्रकार, नेपालीविरुद्ध नेपाली प्रयोग गरी आपसमा भिडाउन खोजेको प्रस्ट छ । यसभन्दा अगाडि एमसीसीकी उपाध्यक्ष फातिमा सुमार काठमाडौँ आएर शासक नेताहरूको घर–घरमा पुगेर दबाब दिएको सञ्चारजगतमा व्यापक बनेको ताजै छ ।
एमसीसीको पक्षमा प्रायोजितरूपमा बोल्ने ‘बुद्धिजीवीहरू’ ले वामपन्थीहरू जन्मजात अमेरिकाविरोधी भएको विश्लेषण गरे । अमेरिकाले निःसर्त आर्थिक सहयोग नै गरेपनि तिनले विरोध नै गर्ने तर्क राखे । सडकमा देखिएको विरोध चीन समर्थकहरूको मात्र भएको टिप्पणी गरे । नेपालमा ‘राष्ट्रवाद’ गलत किसिमले प्रयोग भइरहेको र त्यसले नेपालीलाई भोकै मात्र होइन बर्बर युगतर्पm डो¥याउने चेतावनी दिए । एमसीसीको विरोध गर्ने अनपढहरूको जमात भएको दाबी गरे । यसरी नेपाली समाजको गलत ढङ्गमा विश्लेषण तथा कुरूप चित्रण गर्ने दुष्प्रयास गरिएको प्रस्ट छ । साथै, शक्तिको अगाडि नझुकी सुख नपाइने, अरूको सहयोग पाउन सिद्धान्त तथा आदर्शका कुरा छोड्नुपर्ने भन्दै आत्मसमर्पण गर्न उक्साउने तत्व यहाँ क्रियाशील छन् । त्यति मात्र होइन नेपाल–चीनबीचको इतिहासजत्तिकै पुरानो तथा प्रगाढ सम्बन्ध खल्बल्याउने खेल चल्दै छ । नेपाली शासकहरूलाई मित्रघात मात्र होइन मित्रहत्याका लागि उक्साउँदै छन् तथाकथित बुद्धिजीवीहरू र शासक नेताहरू । एउटा छिमेकीविरुद्ध लड्न अर्को छिमेकी ठूलै शक्ति साथ लिएर आउने र नेपालले त्यसमा सजिलै हस्ताक्षर गर्ने हो भने नेपाल र नेपालीको भविष्य के होला सहजै अनुमान गर्न सकिन्छ । एमसीसीभित्रको यो डरलाग्दो वास्तविकता हो । डलर र सत्ताका कारण आज अन्धो बनेकालाई यी कुराको कुनै चिन्ता नहोला तर देशको रक्षाबाहेक अर्को स्वार्थ नभएकाहरूले यी यथार्थबारे समय छँदै बोल्नैपर्छ ।
एमसीसीको वकालत गर्ने ‘बुद्धिजीवीहरू’ ले ‘५० करोड डलर आर्थिक सहायता नै हो’ भनिरहेका छन् । यदि सच्चाइ त्यही नै हो भने विज्ञापन किन आवश्यक भयो ? दबाब किन ? यहाँ त्यति धेरै विवाद उठ्यो र नेपाली समाज अनावश्यक किसिमले विभाजित समेत भयो । के सहयोग भनेको नेपालीलाई सास्ती दिन र भिडाउनकै निम्ति हो ? नेपाल ‘हिन्द–प्रशान्त’ क्षेत्रभित्र पर्छ कि पर्दैन ? यस क्षेत्रका निम्ति अमेरिकाको सैन्य नीति छ कि छैन ? सैन्य नीति स्वीकार्न के असंलग्नताको सिद्धान्तले दिन्छ ? सर्तसहितको सहयोग नस्विकार्ने नेपालको घोषित नीति हो कि होइन ? नेपालले ‘एक चीन नीति’ को समर्थन गर्दै नेपाली भूमि चीनविरुद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरेको हो कि होइन ? आर्थिक सहयोग नै हो र नेपालको गरिबी उन्मूलन चाहेको हो भने सहयोगको सदुपयोग गर्ने अधिकार नेपालीलाई दिए के बित्छ ? कोभिड–१९ पैmलिँदा केही नगर्ने, आफ्नै देश सम्हाल्न नसक्ने र आफ्नै देशवासीको ज्यान जोगाउन नसक्नेले यतिखेर अरूलाई किन सहयोग दिइरहने, आफ्नै जनतालाई सहयोग दिए अझ उत्तम हुने थियो ¤ ‘क्वाड’, ‘अउकस’ बनाउँदै हातहतियारको होडवाजीलाई प्रश्रय दिँदै हिँडेको र चीनविरुद्ध मोर्चाबन्दी गर्दै हिँडेको संरा अमेरिका नेपालमा मात्र सा¥है सज्जन बनेर आयो होला भनी विश्वास गर्ने आधार के ? ‘अनपढ’ ले नै बुभ्mने यति कुरा नेपालका ‘बौद्धिक’, ‘मन्त्री’, ‘प्रधानमन्त्री’, ‘राजनीतिज्ञ’ ले बुझेनन् भनी कसरी पत्याउने ?
एमसीसीको पक्ष–विपक्षमा जारी रहेको सङ्घर्षले तत्कालका लागि नेपाली समाजलाई एउटा फाइदा पु¥यायो । देशको पक्षमा लड्ने को–को हुन् ? विदेशीको स्वार्थमा चल्ने को–को हुन् ? बिस्तारै प्रस्ट हुँदै छ । यसलाई एकप्रकारको उपलब्धि मान्न सकिन्छ । आन्दोलनको उतार–चढावसँगै नेपाली समाजको चरित्र, नेपाली राजनीतिको मार्ग तथा प्रवृत्ति र पात्रहरूबारे यथार्थ खुल्दै जानेछ ।
हालै नियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिका पुगेर एमसीसीमा कुनै संशोधन नहुने घोषणा गरे । नेपाली जनताको आन्दोलनको अपमान गरे । अमेरिकाको चाटुकारी गरे । त्यसो त उनी स्वयम् नेपाली राजनीतिका एक विवादित पात्र हुन् र कुनै उचाइ नभएका नेता हुन् भनी आलोचकहरू बताउँछन् । त्यस्तो पात्रले बोलेको कुराको कति वजन हुन्छ, त्यो आपैm छलफलको विषय हुन सक्छ । महाकाली सन्धिमा उदाङ्गो भएको नेपाली शासक दलका नेताहरूको ‘राष्ट्रवाद’ एमसीसीसँगसँगै छताछुल्ल हुने निश्चितप्रायः छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *