भर्खरै :

भारतले आफ्नो ठाउँ बुझ्नुपर्छ

भारतीय सञ्चारमाध्यमअनुसार अफगानिस्तानमा हवाई हमला गर्न भारतलाई चौकीको रूपमा प्रयोग गर्न संरा अमेरिका र भारतबीच कुराकानी भएको संरा अमेरिकाको संसदीय परराष्ट्र सम्बन्ध समितिमा विदेश सचिव एन्टोनी ब्लिनकेनले बताएका छन् ।
भारतलाई आफ्नो चौकीको रूपमा प्रयोग गर्ने वाशिङ्टनको मनसायको अफगानिस्तानमा आतङ्कवादविरोधी कारबाहीबाट भने निर्देशित छैन । अफगानिस्तानमा आतङ्कवादविरोधी लडाइँ सकियो । तर, भविष्यमा फेरि पनि सैनिक कारबाहीको सम्भावना भने अझै सकिएको छैन । तालिवानको शासनअन्तर्गत अफगानिस्तान एउटा सार्वभौम देश हो । अफगानिस्तानभित्र आतङ्कवादविरुद्ध लड्ने जिम्मेवारी अब त्यही नयाँ सरकारको हो । यदि संरा अमेरिकाले अफगानिस्तानमा हवाई हमला गरे, त्यो अफगानिस्तानको राष्ट्रिय सार्वभौमिकताविरुद्ध हुनेछ । यदि वाशिङ्टन वास्तवमै आतङ्कवादविरोधी गतिविधिमा साँच्चै संलग्न चाहेको भए उसले आफ्नो सहयोगीको रूपमा पाकिस्तानको साथ लिनुपथ्र्यो ।
सन् २००१ को सेप्टेम्बर ११ को हमलापछि संरा अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुशले पाकिस्तानलाई आतङ्कवादको विरोधमा उभिने आग्रह गरेका थिए । मध्य एसियाली देशहरू रुसी प्रभावमा भएकाले संरा अमेरिकालाई अफगानिस्तान पुग्न मध्य एसिया भएर जान सहज थिएन । दक्षिणपश्चिममा इरान संरा अमेरिकासँग मिल्दैन । अधिकांश संरा अमेरिकी युद्ध सामग्री, हातहतियार र सिपाहीं पाकिस्तान हुँदै अफगानिस्तान पुग्थ्यो । त्यस अवस्थामा बितेका दुई दशकमा अफगानिस्तानमा आतङ्कवादीमाथि हमला गर्न संरा अमेरिकाको निम्ति पाकिस्तानको निम्ति निकै महत्वपूर्ण देश बन्यो । भविष्यमा पनि आतङ्कवादविरोधी लडाइँ जारी राख्न पनि संरा अमेरिकालाई पाकिस्तानको महत्व उत्तिकै रहनेछ ।
भारतलाई संरा अमेरिकाले चौकीको रूपमा प्रयोग गरे पनि उसले पाकिस्तानसँगको सहकार्यलाई कायम नराखी सुखै छैन । इस्लामाबादको अनुमतिबिना भारत वा संरा अमेरिकाका विमान अफगानिस्तान पुग्नै सक्दैन ।

हिन्द महासागरमा संरा अमेरिकी रणनीति लागु गर्न भारत सबभन्दा महत्वपूर्ण देश हो । सन् २०१६ मा भारत र संरा अमेरिकाले बन्दोबस्तीका सामग्री आदानप्रदानमा समझदारी गरेको थियो । त्यो सहमतिले दुई देशका सेनाबीच सहकार्यलाई बढावा दिन्छ । साथै सैनिक सामग्रीका मर्मत र पुनः वितरणको लागि थल, जल र हवाई आधार प्रयोग गर्ने अनुमति पनि दिन्छ ।
त्यही बन्दोबस्तीका सामग्री आदानप्रदान समझदारीअन्तर्गत संरा अमेरिकाले भारतलाई चौकीको रूपमा प्रयोग गर्ने प्रस्ताव गरेको हो । भारतले सम्भवतः हरियो सङ्केत देखाइसकेको छ । यदि त्यसो हो भने त्यसको सैनिकभन्दा राजनीतिक महत्व बढी छ । त्यसको अर्थ भारतले संरा अमेरिकाको पक्षमा लाग्ने निर्णय गरेको देखायो ।

खासमा अफगानिस्तानमा आफ्नो उपस्थिति बढाउन संरा अमेरिकाको भारतसँगको प्रेमालापले अवस्थालाई थप गञ्जागोल बनाउँछ । यदि संरा अमेरिकाले पाकिस्तानलाई चिढाए पाकिस्तानले अफगानिस्तानमा संरा अमेरिकी काममा पूर्ण सहकार्य गर्नेछैन । संरा अमेरिकी सहायता प्राप्त अफगान सरकारसँग बलियो सम्बन्ध बनाउने भारतको उद्देश्य भनेको अफगानिस्तानलाई पाकिस्तानको विरोधमा उभ्याउनु थियो । तालिवानले सत्ता कब्जा गरेपछि भारतलाई तालिवानसँग सम्बन्ध सुधार गर्न निकै गाह«ो हुनेछ किनभने भारत संरा अमेरिकाको निकट बनिरहेको छ । उसलाई आफैले मात्र निर्णय गर्न गाह«ो छ । त्यसले नयाँ दिल्लीलाई निस्क्रिय अवस्थामा थन्काउनेछ ।
तसर्थ, अफगानिस्तानमाथि हवाई हमलाको लागि भारतलाई चौकीको रूपमा प्रयोग गर्ने कुरा बहानाबाजीमात्र हो । दक्षिण एसियामा आफ्नो उपस्थिति बलियो बनाउन र हिन्द प्रशान्त क्षेत्र विशेषतः हिन्द महासागरमा कुनै पनि सैनिक कारबाहीको लागि तयारी गर्न संरा अमेरिका भारतलाई प्रयोग गर्न चाहन्छ । संरा अमेरिकाको अन्तिम लक्ष्य भनेको अफगानिस्तान कदापि होइन । उसको मूल निशाना चीन हो र एसियालाई विभाजन गर्नु हो । संरा अमेरिकाका धेरै रणविद्का साथै संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट फर्केर अब अमेरिकालाई आफ्नो अन्य सुरक्षा समस्यामा केन्द्रित हुन समय पाउने बताएका थिए । उसका सुरक्षा समस्याभित्र चीन र रुस पनि हुन् ।
हिन्द महासागरमा संरा अमेरिकी रणनीति लागु गर्न भारत सबभन्दा महत्वपूर्ण देश हो । सन् २०१६ मा भारत र संरा अमेरिकाले बन्दोबस्तीका सामग्री आदानप्रदानमा समझदारी गरेको थियो । त्यो सहमतिले दुई देशका सेनाबीच सहकार्यलाई बढावा दिन्छ । साथै सैनिक सामग्रीका मर्मत र पुनः वितरणको लागि थल, जल र हवाई आधार प्रयोग गर्ने अनुमति पनि दिन्छ ।
त्यही बन्दोबस्तीका सामग्री आदानप्रदान समझदारीअन्तर्गत संरा अमेरिकाले भारतलाई चौकीको रूपमा प्रयोग गर्ने प्रस्ताव गरेको हो । भारतले सम्भवतः हरियो सङ्केत देखाइसकेको छ । यदि त्यसो हो भने त्यसको सैनिकभन्दा राजनीतिक महत्व बढी छ । त्यसको अर्थ भारतले संरा अमेरिकाको पक्षमा लाग्ने निर्णय गरेको देखायो । सतहमा भारतमा असंलग्नताको सिद्धान्तमा अडिग देखिएको छ । तर, व्यवहारमा भारत संरा अमेरिकाको अर्धसाझेदार देश बनिसकेको हुन्छ ।
भारतले प्रगति गर्न चाहेका क्षेत्र धेरै छन् । उसले चीनसँग सम्बन्धलाई लक्षित गरी संरा अमेरिकासँग अर्ध मोर्चाको सम्बन्ध विकास गर्न खोजिरहेको छ । चीन र भारतबीचको रणनीतिक द्वन्द्व सायदै परिवर्तन हुनेछ । तर, आत्मविश्वासको कमीको कारण भारत चीनसँग प्रतिस्पर्धा गर्न संरा अमेरिकाको सहारा लिन पुगेको छ । त्यसमाथि संरा अमेरिकाले पाकिस्तानलाई साथ छोडोस् भन्ने भारतको चाहना छ ।
भारत प्रमुख शक्तिको हैसियतमा अघि बढिरहनेछ । असंलग्नताको सिद्धान्तमा उसले प्रतिबद्धता त्याग्नु हुन्न । कूटनीतिमा संरा अमेरिकासँग अर्ध साझेदारीको सम्बन्ध भारतले जोड्नु हुन्न । जापान, अस्टे«लिया र बेलायतले जस्तै मोर्चाबन्दी सन्धिमा भारतले हस्ताक्षर गर्नुहुन्न ।
त्यस्तो सन्धिमा हस्ताक्षर भएपछि भारतले पाउनेभन्दा गुमाउने कुरा धेरै हुनेछन् । राष्ट्रिय शक्तिमा रहेको अन्तरलाई हेर्दा संरा अमेरिका–भारतको मोर्चाबन्दीमा भारत अमेरिकाको एउटा खेलाडी र पिछलग्गुबाहेक केही हुनेछैन । परिणामतः भारतको अन्तर्राष्ट्रिय हैसियत र छवि खस्कनेछ । अनि उसको कूटनीतिक स्वायत्तता र राष्ट्रिय स्वार्थमा पनि क्षति पुग्नेछ ।
(लेखक पेइचिङ विदेशी अध्ययन विश्वविद्यालयअन्तर्गत क्षेत्रीय र विश्व प्रशासन प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता हुनुहुन्छ ।)
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद : मनिषा

Leave a Reply

Your email address will not be published. Required fields are marked *