भर्खरै :

जनस्वास्थ्यको आँखा उपचार सेवाप्रति गुनासोको प्रस्टीकरण

  • आश्विन १७, २०७८
  • धिरज अधिकारी, इन्चार्ज जिल्ला सामुदायिक आँखा केन्द्र
  • पाठक विचार

भक्तपुरको लोकप्रिय दैनिक पत्रिका मजदुरको असोज १२ गतेको अङ्कमा प्रकाशित ‘जनस्वास्थ्यमा जनविश्वास नगुमोस्’ शीर्षकमा प्रकाशित भएको पाठकपत्रमा हाम्रो ध्यानाकर्षण भएको छ । भक्तपुर नगरपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा भक्तपुर च्याह्मासिंहस्थित जनस्वास्थ्य केन्द्रमा सञ्चालित आँखाका विभिन्न रोगको उपचार सेवाबारे उल्लेख गरी उक्त पत्र प्रेसित भएको रहेछ । सो पत्रबारे स्पष्ट गर्न यो पत्र लेखेको छु ।
सबभन्दा पहिले हाम्रो सेवालाई चुस्तदुरुस्त बनाउन हामीलाई सचेत बनाउने सबैमा धन्यवाद ज्ञापन गर्दछौँ । २०७८ असोज १० गते केही बिरामीलाई पर्न गएको असुविधा तथा ढिलाइप्रति हामी क्षमाप्रार्थी छौँ । असोज १० गते हाम्रा नेत्ररोग विशेषज्ञले बिरामीको आँखा जाँच गर्दैगर्दा बिहान ११ः३० बजेतिर एउटा आकस्मिक केस आइप¥यो । एउटा २ महिनाको शिशुको आँखामा परेको धुलो तत्काल शल्यक्रिया गरी निकाल्नुपर्ने भयो । बच्चाको एउटा आँखाको दृष्टि गुम्ने सम्भावना थियो । करिब १ घण्टा १२ः३० बजेसम्म अन्य स्वास्थ्यकर्मीसहित नेत्र विशेषज्ञ आकस्मिक शल्यक्रिया कक्षमा रहनुभएको थियो । सो अवधिमा विशेषज्ञ चिकित्सकको सेवा अवरुद्ध भएको थियो । आँखा केन्द्रको खानाखाने समय पनि ११ः३० बाट १२ः०० बजेसम्म भएकोले सो शल्यक्रियापश्चात् खाना खाएर विशेषज्ञ चिकित्सक पुनः १ः३० बजेबाट सेवाग्राहीहरूको सेवामा सरिक हुनुभएको थियो ।
तिलगङ्गा आँखा प्रतिष्ठानको बाह्य शाखाअन्तर्गत भक्तपुरको च्याह्मासिंहस्थित आँखा अस्पतालमा प्रत्येक हप्ता सोमबार र बुधबार आँखाको मोतीबिन्दुको शल्यक्रिया भइरहेको छ । सन् २०१९ मार्चबाट शल्यक्रिया सेवा प्रारम्भ भए यता करिब ४५० जनाको आँखाको शल्यक्रिया भइसकेको छ । हालसम्म केन्द्रमा १ लाख ८१ हजार बिरामीले आँखाको उपचार सेवा पाएका छन् भने समुदाय तथा विद्यालयमा गरिएको परीक्षणमा १ लाखभन्दा बढी बिरामीले सेवा पाएका छन् । स्वास्थ्य बीमाअन्तर्गतका सबैजसो औषधि वितरण पनि गरिरहेका छौँ, चस्मा बनाउन रु. १ हजार बराबरको सहयोग पनि उपलब्ध छ । जलबिन्दुको जाँच, डाइबिटिज तथा प्रेसरका बिरामीको आँखाको नानी फुलाई पर्दाको तस्बिर खिच्ने काम पनि सुचारु छ ।
बिरामीको चापअनुसारको विशेषज्ञ सेवा अपुग भएको सत्य हो । भनपाको ख्वप अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएपछि हामीले सेवा विस्तार गर्ने नै छौँ । विशेषज्ञ चिकित्सक पनि थपिने नै छ । सार्वजनिक पत्रमार्फत हामीलाई अझ सचेत पार्ने पत्र प्रेषकलाई धन्यवाद ¤

Leave a Reply

Your email address will not be published. Required fields are marked *