भर्खरै :

दुई साथीको संवाद

शनिबारको दिन थियो । सुन्दर लासिवाले आफ्नो एउटा पुरानो साथी कृष्ण खत्रीको घरको घण्टी बजायो । ढोका खोलियो, लामो समयपछि भेटघाट भएकोमा दुवै खुसी थिए । सामान्य भलाकुसारीपछि दुई साथीबीचको कुराकानीले गम्भीर मोड लियो ।
सुन्दरले कुराकानीको सुरुआत ग¥यो, “हामीले पाँच सात वर्ष एउटै विद्यालयमा पढ्यौँ, हाम्रा पाठ्यपुस्तक र शिक्षक–शिक्षिकाहरू उही थिए, हामी दुवै नगरकोटको मूलबाट आएकै पानी पिउँथ्यौँ, एउटै सहरका बासिन्दा हौँ तर कलेजका २–४ वर्षले हाम्रो दृष्टिकोणमा कसरी फरक पा¥यो, मलाई आश्चर्य लाग्छ ¤” एकछिन रोकिएर सुन्दरले थप्यो– “हामी शनिबार दिनको १२ बजे सहरका मःमः पसल चाहार्दै हिँड्थ्यौँ, आज तिमीले अचानक वर्गको कुरा गरेपछि म झस्किएँ ।” उसले हाँसो र आश्चर्य मिश्रित भावमा मनको भावना पोख्यो ।
प्रत्युत्तरमा कृष्णले भन्यो, “हेर, सुन्दर, हामी विद्यालय तहमा सरकारले तोकेको मात्र पुस्तक पढ्थ्यौँ, शिक्षकहरूबाट पनि त्यति नै सिक्यौँ । अभिभावकले दिएको दुईचार रुपैयाँले हप्ताको चिया खर्च चलाउँथ्यौँ । त्यसबेला हाम्रो आवश्यकता र जानकारी सा¥है सीमित थियो । कलेज जीवनले हाम्रो साथी–सङ्गत, फरकफरक रङ्ग र ढङ्गका प्राध्यापकहरूको जीवनशैली एवम् दृष्टिकोण तथा पुस्तकालयको स्वाध्यायनले हामीमा ठूलो परिवर्तन ल्यायो । वैचारिक क्षितिज फराकिलो हुनुको अर्थ यही हो ।”
“कृष्ण, के त्यसो भए हाम्रो मित्रता, साथी सङ्गतिको कुनै महत्व छैन ?”
“अवश्य छ, तिमीलाई थाहा छ वा छैन ¤ हामी प्राचीन भारतीय मूलका नेवार हौँ र तिमीहरू यहाँका रैथाने नेवार हौ । त्यसकारण, पनि हाम्रा संस्कार, मूल्य, मान्यता र नैतिक मापदण्ड फरकफरक छन् ।”
“कृष्ण, तिम्रो विषय इन्जिनियरिङ हो र तिमी आर्किटेक्चरमा चाख राख्छौ, सम्भवतः तिमी वास्तुकला अध्ययन गर्ने सोचमा छौ, ठीकै हो । तर, हाम्रो सम्बन्धलाई पूरै चुँडाल्दै हामीलाई प्रतिद्वन्द्वी बनाउन खोजियो, म बुझ्दिनँ के हो त्यो वर्गको कुरा ¤”
“हेर लासिवा, तिम्रो बुबा एउटा बैङ्कको अवकाशप्राप्त अफिसर हुनुहुन्छ, दुईचार लाख होइन, दुई–चार करोड बैङ्कमा लगानी छ, साथै यहाँका घर–जग्गाको व्यापारमा पनि दुई–चार करोड लगानी छ तर मलाई थाहा छैन त्यो लगानी तिम्रै बुबाको हो वा अन्य बैङ्कपतिहरूको ¤”
“त्यसले के फरक पर्छ – हाम्रो सम्बन्धमा, कृष्ण ?”
“पर्छ लासिवा, पर्छ ¤” सम्झाउने पाराले कृष्णले भन्यो, “घर–जग्गाको व्यापारी गुटले चारैतिरका जग्गा किनिसकेपछि बीचको जग्गावाला गरिबहरूलाई बाटो नदिने र धम्की दिएर सस्तोमा जग्गा हात पार्छन् । हाम्रो सानो टुक्रा जग्गामा समेत ती घर–जग्गाका व्यापारीहरूको आँखा प¥यो । तिनीहरूले स–साना टुक्रा जग्गा भएका किसान र निम्नमध्यमवर्गका जनताका जग्गा अरूलाई बेच्न दिएनन्, दिँदैनन् । तिनीहरूले मालपोत कार्यालय अनि नापी कार्यालयका हाकिमदेखि पिउनसम्मलाई हातमा लिएर हाम्रो जग्गालाई न बेच्न दिए न त काम गर्न दिए, बाध्य भएर उनीहरूकै भाउमा उनीहरूलाई नै जग्गा बेच्नुपर्ने स्थिति भयो । वर्गको कुरो यसैले उठ्यो, तिनीहरू सस्तोमा उर्वर जग्गा बेच्न लगाएर ‘कित्ताकाट’ भन्दै जनतालाई शोषण गर्छन् ? नाफा भने ती शोषक लगानीकर्ता र व्यापारीहरूलाई हुन्छ ।”
लासिवाले आफू अनभिज्ञ भएको आशयमा भन्यो– “यी सबै कुरा त व्यापार, नाफा–नोक्सान र बुबाहरूको कुरा भयो, हाम्रो सम्बन्धमा यी व्यावहारिक विषय नअल्झाऔँ न कृष्ण ¤”
“तर के गर्नु लासिवा, अस्तिको जुलुसमा तिमी पनि कराउँदै र भाषण दिँदै थियौ– “आवास योजना मान्दैनौँ र आवास योजना मूर्दावाद भनेर ¤”
“आवास योजना नभएमा स–साना जोताहा किसान र निम्न पुँजीपति वर्ग तथा मध्यम वर्गको सबै जग्गा कौडीको मोलमा घरजग्गा व्यापारीहरूले कब्जा गर्नेछन् । अनि, तिनीहरूले महँगो भाउमा हाम्रो जग्गा बिक्री गर्नेछन् । भोलि बाटो बनाउने, ढल बनाउने, खुला क्षेत्र छोड्ने र उपचार पोखरी बनाउने आदि काम कसले जिम्मा लिन्छ ?”, कृष्णले स्पष्ट पा¥यो ।
“त्यो त आ–आफ्नो घर–खेतको जिम्मा आ–आफूले लिने नि ¤”
“हेर लासिवा, अन्य जिल्ला र पछि बनेका अन्य नगरपालिकामा घर–जग्गाका व्यापारीहरूले गरिब जनतालाई रुवाएका छन्, सरकार तिनीहरूकै हातको खेलौना बनेको छ । उपत्यकामा अहिले देशभरिका जाली–फटाहा र घर–जग्गाका व्यापारीहरू जम्मा भएका छन्, भोलि यहाँका जनताले आफ्नो घरखेत भन्न पाउने छैनन् र आफ्नो सारा बास बेचेर जीवन लथालिङ्ग बनाउँदै आफ्नै देशमा नेपाली जनतालाई विदेशी बनाउनेछन् ।”
“त्यसो भए मैले के भन्नुप¥यो, कृष्ण ?”
“तिमी त्यो जुलुस र घर–जग्गाका शोषकहरूको पक्षमा जानु भएन, आफ्नै बुबालाई पनि तिनीहरूबाट सचेत पार्नु आवश्यक छ, नत्र दुईचार परिवारले गर्दा सारा जनतालाई दुःख हुनेछ । साथी लासिवा, अन्य ठाउँका आवास योजनाबाट पनि सिक्नु आवश्यक छ ।”
“के त्यसो भए नगरपालिकाको आवास योजनाबारे तिम्रो कुनै गुनासो छैन ?”
‘लासिवा, मेरो गुनासोभन्दा सल्लाह छ ।”
“ती के हुन् ?” लासिवाले सिधै कृष्णसँग प्रश्न ग¥यो ।
“म त्यसो भए छोटोमा एक, दुई, तीन गरी भन्छु – एक, आयोजनाको बीचबीचमा खुला आवास क्षेत्र हुनैपर्छ । दुई, उपत्यकाको प्राचीन कला र संस्कृतिप्रति ध्यान दिई ठाउँ–ठाउँमा पाटी–पौवा, ढुङ्गेधाराको बन्दोवस्त गरिनुपर्छ । तीन, ठाउँ–ठाउँमा पार्क (बगैँचा) हरू हुनु आवश्यक छ । चार, त्यस आयोजनामा लाम मिलेको र एउटै उचाइ अनि शैलीका घरहरू निर्माण गराउन घरको नक्सा अहिले नै बनाउनु उपयुक्त हुन्छ । पाँच, दक्षिणका घर लामको उचाइले उत्तरतिर लामको घरको पहिलो तलासम्म घाम नछेक्ने गरी घरको उचाइ राख्नु आवश्यक छ, आदि”
लासिवा कृष्णको कुरामा अचम्म मान्दै प्रश्न गर्छ– “यी सल्लाहले जनताले के पाउँछन् ?”
“सल्लाहअनुसार काम गर्दा गरिब र धनीको न्यायोचित योगदान अथवा कटौती हुनेछ । त्यसको अर्थ हो – धनीले आ–आफ्नो क्षेत्रफलअनुसार बढी योगदान गर्नेछन् र आफ्नो जग्गाको मोलमा ठूलो वृद्धि भएको पाउनेछन् । दुई, गरिब जनता, जोताहा किसान, निम्न र मध्यम जग्गाधनीले पनि आ–आफ्नो क्षेत्रफलअनुसार योगदान दिनेछन् । तीन, खुला क्षेत्रले आवासका जनताको स्वास्थ्यमा राम्रो प्रभाव पार्नेछ, आगलागी, भूकम्प र अन्य प्राकृतिक प्रकोपको बेला शरणस्थलको रूपमा प्रयोग गर्न पाउनेछन् । चार, ठाउँ – ठाउँमा पाटी, पौवा र ढुङ्गेधारा राख्दा उपत्यकाको प्राचीनतासमेत झल्कनेछ र घरको समान उचाइ एवम् एउटै किसिमको भएमा, व्यापार, पर्यटन र अन्य पेशाका जनतालाई पनि आकर्षित गर्नेछ । सकेसम्म सिमेन्ट र डन्डी प्रयोग गर्न नपर्ने घर निर्माणबारे अहिलेदेखि नै आवासका जनताले प्राविधिकहरूसँग छलफल सुरु गर्नु आवश्यक छ । हतारिएर जग्गा बेच्ने गरिब जनतालाई सम्झाइ–बुझाई गरेपछि मूल्य बढ्ने उदाहरण दिएर सचेत पार्नु महत्वपूर्ण विषय हो ।” कृष्णले आफ्नो कुरा टुङ्ग्यायो ।
लासिवा (लामो सास फेर्दै) “के अरू उपाय हुँदैन ?”
कृष्णले तत्काल नम्र भएर उत्तर दियो– “हाम्रोभन्दा राम्रो र चित्तबुझ्दो सल्लाह र उपाय बताउने हरेकसँग छलफल गरी आवास योजनालाई सफल पार्नुपर्छ । ‘छिट्टै खाऊँ र बर्बाद पारूँ’ भनेझैँ नहोस् ¤ सारा जनतालाई चित्त बुझाउन झिँझो मान्नु हुन्न, सम्पत्ति जनताकै हो । मुआब्जाविना बाटोमा परेका जग्गावालाहरूलाई अलिकति भएपनि क्षतिपूर्तिको व्यवस्था गर्नुपर्दछ । नापीनक्सामा आफ्नो जग्गा बाटोमा नपरेकालाई परेको सरह सुविधा दिँदा अनावश्यक योगदानको माग गर्नुसरह हुनेछ, त्यसले विवाद झन् बढ्नेछ ।”
चिया आयो, दुवै चिया पिउन लागे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *