भर्खरै :

‘गोजी मिडिया’ को हचुवा समाचार र सङ्ग्रौलाको बौद्धिकताको मापन

काठमाडौँ, २० असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजा र राजतन्त्रको विषयमा दिएको अभिव्यक्तिलाई बङ्ग्याएर केही तथाकथित अनलाइन सञ्चारमाध्यमहरूले नियोजितरूपमा भ्रमको खेती गरिरहेका छन् । एउटा अनलाइन टेलिभिजनमा नेमकिपाका अध्यक्षले राजतन्त्रको विषयमा बोल्नुभएको कुरालाई तिनीहरूले जानाजान बङ्ग्याएर विषयलाई अन्यत्र मोड्न र जनतामा भ्रम छर्न खोजिरहेका छन् । गोजी गोजीमा भएका यस्ता अनलाइन सञ्चारमाध्यमले अध्यक्ष बिजुक्छेँले वास्तवमा कुन सन्दर्भमा के बोल्नुभएको थियो भन्ने कुरा बुझ्दै नबुझी कहीँबाट नियोजितरूपमा तयार गरिएका समाचारलाई गैरजिम्मेवारी ढङ्गले प्रकाशन गरेका छन् । भारतमा मोदी सरकारले आफ्नो गोद (काख) मा हुर्काएका सञ्चारमाध्यमहरू ‘गोदी मिडिया’ भनी बदनाम छन् । नेपालमा पनि यसरी कसैको गोजीबाट चल्ने सञ्चारमाध्यमलाई अब ‘गोजी मिडिया’ भन्नुपर्ने अवस्था बनेको छ ।

राजतन्त्र र राजाको विषयमा नेमकिपाको धारणा के हो भन्ने कुरा गम्भीर पाठकलाई थाहा नहुने कुरै छैन किनभने पञ्चायतकालमा नेमकिपाका अध्यक्ष बिजुक्छेँले लेख्नुभएको ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएका खोटा विचारको खण्डन’ पुस्तकमै यो विषयमा प्रस्ट धारणा लेखिएको छ । त्यस्तै २०५८ सालबाट सुरु भएको प्रतिगमनविरोधी आन्दोलनको शिलशिलामा सुरुदेखि नै नेमकिपाले राजा र राजतन्त्रबारे आफ्नो विचार प्रस्ट पार्दै आएको छ । राजतन्त्रबारे नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले धेरै मञ्चमा ‘सानो उमेरमा लगाएको लुगा जसरी ठूलो हुँदै गएपछि ठीक हुँदैन, त्यसरी नै सामन्तवादको जगमा हुर्केको राजतन्त्रले आजका जनताका आवश्यकता पूरा गर्नसक्दैन’

कतिपय अनलाइन सञ्चारमाध्यम कसैको गोजीमा झरेको पैसा र लाइनको भरमा यस्ता झूट र कपोलकल्पित कुरा बेचेर भात खाने उद्यम गरिरहेका छन् । कतिपय अनलाइन टीभीहरूबाट आफ्नो टीआरपी बढाउने होडमा झूटको व्यापार गरिरहेका छन् । अनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू पनि प्रायोजित शीर्षककै भरमा आफ्नो धारणा बनाइरहेका छन् ।
राजतन्त्र र राजाको विषयमा नेमकिपाको धारणा के हो भन्ने कुरा गम्भीर पाठकलाई थाहा नहुने कुरै छैन किनभने पञ्चायतकालमा नेमकिपाका अध्यक्ष बिजुक्छेँले लेख्नुभएको ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएका खोटा विचारको खण्डन’ पुस्तकमै यो विषयमा प्रस्ट धारणा लेखिएको छ । त्यस्तै २०५८ सालबाट सुरु भएको प्रतिगमनविरोधी आन्दोलनको शिलशिलामा सुरुदेखि नै नेमकिपाले राजा र राजतन्त्रबारे आफ्नो विचार प्रस्ट पार्दै आएको छ । राजतन्त्रबारे नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले धेरै मञ्चमा ‘सानो उमेरमा लगाएको लुगा जसरी ठूलो हुँदै गएपछि ठीक हुँदैन, त्यसरी नै सामन्तवादको जगमा हुर्केको राजतन्त्रले आजका जनताका आवश्यकता पूरा गर्नसक्दैन’ भन्दै आउनुभएको छ । नेपालीभाषा बुझ्ने सबैलाई यो भनाइको अर्थ बोध हुनुपर्छ ।
उल्लेखित अन्तर्वार्तामा बिजुक्छेँले विभिन्न देशमा राजतन्त्र र राजाहरूले पनि जनतासँग मिलेर साम्राज्यवादी शक्तिसँग लडेको चर्चालाई नै ‘राजतन्त्र पुनःस्थापनाको पक्ष लिएको’ भन्ने बुझाइ पूर्णतः अपरिपक्व बुझाइ हो । कम्बोडियामा सिन्हानुकजस्ता विचारवान राजाले त्यसो गरे भन्नुको अर्थ नेपालमा राजतन्त्र फर्काउन खोजेको भन्ने बुझाइ ज्यादै केटाकेटी बुझाइ हो । आलोचकले कम्तीमा सिन्हानुक र ज्ञानेन्द्रबीचको भेदबारे थोरैमात्र विचार गर्दा बिजुक्छेँको भनाइको आशय बुझ्ने थिए ।
अरू त अरू, खगेन्द्र सङ्ग्रौलाजस्तो ‘बुद्धिजीवी’ समेत सामाजिक सञ्जालमा शीर्षकको भर परेर मनपरी लेख्दै हिँड्नु भने खेदजनक छ । कम्तीमा सङ्ग्रौलाले अन्तर्वाता पूरा सुन्ने धैर्यता राखेरमात्र आफ्नो धारणा बनाउनुपथ्र्यो । केही ‘गोजी मिडिया’का समाचारलाई नै आधार मानेर बिजुक्छेँ र नेमकिपाप्रतिको यस्तो टिप्पणीले सङ्ग्रौलाको बौद्धिकताको पनि मापन भएको छ । नेमकिपाको वर्गीय राजनीतिलाई घृणा गर्दै आएका र नेमकिपाको राजनीतिको कारण आफ्नो शोषण र बदमासी उजागर भएकोमा रिसाएका मान्छेहरूले त जसरी पनि विषयलाई बङ्ग्याउनु कुनै नौलो कुरा भएन । त्यो हिजो पनि हुँदै आएको थियो, आज पनि भइरहेको छ र भोलि पनि हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *