भर्खरै :

उपनिवेशवादविरोधी लेखकलाई नोवेल पुरस्कार

ओस्लो, ७ अक्टोबर । साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजक गुरनालाई दिइएको छ । ‘उपनिवेशवादको प्रभाव तथा संस्कृति र महादेशबीचको दुरीमा शरणार्थीहरूले भोग्नुपरेको नियतिबारे अथक र दिलोज्यानले मिहिन अध्ययन गरे’ वापत सो पुरस्कारबाट सम्मानित गरिएको नोबेल पुरस्कार समितिले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
सन् १९४८ मा हिन्द महासागरको जन्जिबार टापुमा जन्मेका लेखक सन् १९६० दसकको अन्त्यमा शरणार्थीको रूपमा बेलायत पुगेका थिए ।
उनले दस वटा उपन्यास र धेरै सङ्ख्यामा कथाहरू लेखेका छन् ।
“उनका कृतिमा शरणार्थीहरूको भोगाइलाई मुल विषय बनाइएको पाउँछौँ”, समितिको वक्तव्यमा भनिएको छ ।
साहित्यतर्फ नोबेल पुरस्कार समितिका अध्यक्ष एन्डर्स ओल्सोनले गुरना संसारकै उत्तर उपनिवेशवादी लेखक भएको बताए ।
सन् २०२० मा साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयत्री लुइस ग्लुकलाई दिइएको छ ।
यो वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मनीका वैज्ञानिक बेन्जामिन लिस्ट र बेलायती वैज्ञानिक डेभिड डब्ल्यु सी मेकमिलानलाई दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *