“देशमा राजनीतिक परिवर्तन ल्याउन निर्वासन, भूमिगत र जेल जीवन झेल्नुप¥यो”
- श्रावण २, २०८३
भक्तपुर, २४ असोज । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा आइतबार दसैँ र तिहारको अवसरमा शिक्षक तथा कर्मचारीहरूबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजनीतिमा महिलाहरूको सहभागिता कम भएका कारण समाज आर्थिक, सामाजिक र राजनीतिकरूपमा पछाडि परेको बताउनुभयो ।
शासक दलहरूले जनताको चेतनास्तरअनुसार काम गर्न नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सांसदहरू जनताको सेवाभन्दा राज्यको ढुकुटी रित्याउनमै रमाइरहेका छन् ।”
नेपालमा प्रगतिशील सरकार स्थापना गर्न नेमकिपा निरन्तर सङ्घर्षरत रहेको औँल्याउँँदै अध्यक्ष बिजुक्छेँले राजनीति गर्ने शासक दलहरूले अवसरवादी बाटो लिएकाले नागरिकहरूले राजनीतिलाई हेर्ने दृष्टिकोण नै फरक हुँदै गएको बताउनुभयो ।
राजनीतिक पार्टीका नेता कार्यकर्ताहरूले व्यक्तिगत स्वार्थभन्दा देशको स्वार्थलाई महत्व दिए राजनीतिप्रति जनताको विश्वास बढ्दै जाने उहाँले बताउनुभयो ।
भक्तपुर नपाले सम्पदा पुनःनिर्माणमा गरेको प्रगति र उपलब्धि सबैको लागि अनुकरणीय रहेको बताउँदै अध्यक्ष बिजुक्छेँले विदेशी सहयोगमा निर्मित उपत्यकाका सम्पदा पुनःनिर्माण तथा विकास निर्माणका गतिविधिहरूका कारण नेपालको सार्वभौमिकतामाथि आँच पुगेको बताउनुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चाडपर्व र संस्कृति प्रगतिशील तरिकाले मनाउनुपर्ने बताउनुभयो ।
देशको राजनीति राम्रो भए सबै क्षेत्र सन्तुलित र विकसित हुने चर्चा गर्दै उहाँले सरकारकोे शिक्षा तथा अनुसन्धानमा न्यून लगानीकै कारण आज देश आर्थिक रूपमा पछाडि परेको बताउनुभयो ।
देशघाती एमसीसी सम्झौताविरुद्ध बौद्धिक समुदायले सशक्त ढङ्गले आवाज उठाउनुपर्नेमा जोड दिँदै प्रमुख प्रजापतिले एमसीसी सम्झौता ‘गुलियो पोतेको विष’ सरह भएको बताउनुभयो ।
कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशीले इन्जिनियर तथा प्राविधिक कर्मचारीहरू समाजसँग घुलमिल भएर काम गर्नुपर्नेमा जोड दिँदै भक्तपुर नपाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखेकै कारण आज अरु स्थानीय निकायको तुलनामा भक्तपुर नपा सफल भएको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले सञ्चालक समितिले गरेका महत्वपूर्ण निर्णय तथा कलेजका गतिविधिहरूमाथि प्रस्ट पार्नुभयो ।
प्रमुख अतिथि बिजुक्छेँले कलेजको आयोजनामा विभिन्न खेल प्रतियोगिताका विजयीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
नेक्राविसङ्घको प्रशिक्षणमा अध्यक्ष बिजुक्छेँ
काठमाडौँ । “वर्गीयरूपले राजाहरू प्रतिक्रियावादी हुन्छन् । तर कुनै कुनै राजाहरू व्यक्तिगतरूपले साम्राज्यवादविरोधी हुनसक्छन् ।”
उक्त विचार नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले नेक्राविसङ्घ केन्द्रीय समितिको प्रशिक्षणमा राख्नुभएको हो । हिन्द चीनको राजनीतिमा राजा र राजकुमारहरूले साम्राज्यवादविरोधी सङ्घर्षमा जनतासँग मिलेर लडेको हुनाले नयाँ सिद्धान्त जन्मेको उहाँले चर्चा गर्नुभयो । उहाँले सुहार्तोजस्ता जनताका छोराहरू साम्राज्यवादको सेवामा लागेकोले अध्यक्ष माओले साम्राज्यवादविरोधी राजा सिहानुकको पक्ष लिनुभएको स्मरण गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले अन्य राजनीतिक पार्टीको नेतृत्वको चेतनास्तर अत्यन्त न्यून भएको चर्चा गर्दै त्यसको प्रभाव हाम्रो घरपरिवार र पार्टी कार्यकर्तामा पनि पर्ने बताउनुभयो । शासकहरूको गल्तीबाट सिक्नुपर्ने जिकिर गर्दै उहाँले भन्नुभयो, “उनीहरू आफूले यो गर्ने, त्यो गर्ने भन्छन्, जनताको सेवाको कुरै गर्दैनन् ।”
कार्यकर्ताको जीवनमा हरेक मोडमा अग्निपरीक्षा दिनुपर्ने अवस्था आउने जानकारी दिँदैै उहाँले भन्नुभयो, “जनताको सेवा गर्ने हो । मालिक बन्ने होइन । सकेको सेवा गर्ने हो । जीवन बर्बाद भयो भन्ने होइन, बरू जीवन सुध्रिएको हो । अनुशासनमा नबस्नेलाई सङ्गठनमा राख्नु उचित हुँदैन ।”
प्रशिक्षणमा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “हाम्रो सङ्घर्ष चौतर्फी छ । हाम्रा कार्यकर्ता भ्रष्टाचार नगर्ने र गुप्तरूपमा काम गर्ने खालको हुनुपर्छ । बरू दुःख पाए पनि सङ्घर्षलाई अघि बढाउनुपर्छ ।”
प्रतिभाशाली विद्यार्थीहरू राजनीतिमा आउनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “कार्यकर्ताले लडाइँको बेला चौकी छोड्नुहुन्न । जुनसुकै ठाउँमा काम गरे पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । हाम्रो मुख्य उद्देश्य पढ्ने सोख होइन, देश र जनताको लागि अन्तिम दमसम्म लड्ने हो ।”
Leave a Reply