भर्खरै :

साहित्य र कलाबारे येनान गोष्ठीमा माओ त्सेतुङको प्रवचन प्रकाशित भएको दसौँ वर्षमा

(यो लेखका लेखक माओ तुन (१८९६–१९८१) बीसौँ शताब्दीमा चीनका सबभन्दा बढी चर्चित यथार्थवादी उपन्यासकार र कथाकारमध्ये हुन् । उनको खास नाम शेन याङपिङ हो । उनको न्वारनको नाम शेन तेहोङ हो । उनको साहित्यिक नाम माओ तुन हो । चीनमा सन् १९२१ मा कम्युनिस्ट पार्टी स्थापना भयो । पार्टी स्थापनापछि सबभन्दा सुरुमा पार्टीमा सामेल हुने लेखकहरूमध्ये माओ तुन पनि थिए । सन् १९४९ देखि १९६४ सम्म माओ तुन चीनका संस्कृति मन्त्री थिए । चीनबाट प्रकाशित हुने मासिक साहित्यिक पत्रिका ‘चाइनिज लिटरेचर’ का उनी सम्पादक पनि थिए । सांस्कृतिक क्रान्तिको समयमा माओ तुनलाई घरमै नजरबन्दमा राखिएको थियो । तर, उनी जोगिए र पछि पुनःस्थापित गरियो । सन् १९७८ मा माओ तुन चीनको लेखक सङ्घको अध्यक्ष पदमा निर्वाचित भए । उनले आफ्नै नाममा माओ तुन साहित्य पुरस्कार स्थापना गरे । उपन्यास विधामा सन् १९८२ बाट यो पुरस्कार दिन थालियो । पेइचिङको उनको आवासलाई चीन सरकारले संरक्षण गरेको छ । हिजोआज उनको आवासमा सङ्ग्रहालय बनाइएको छ । ‘दिग्भ्रम’ (डिलुजन)–सन् १९२८ र ‘मध्यरात’ (मिडनाइट)– सन् १९३३ उनका चर्चित उपन्यासहरू हुन् । यो लेख पहिलो पटक सन् १९५५ जून महिनामा प्रकाशित भएको हो ।)
‘साहित्य र कलाबारे येनान गोष्ठीमा माओ त्सेतुङको प्रवचन’ प्रकाशित भएको दस वर्ष भयो । सन् १९४२ को मे महिनामा त्यो प्रवचन प्रकाशित भएको थियो । त्यो ऐतिहासिक दस्तावेजले चिनियाँ क्रान्तिमा माक्र्सवाद–लेनिनवादको सघन प्रयोगलाई विशिष्ट ढङ्गले देखाएको छ । मे ४ आन्दोलनदेखि सन् १९४२ सम्मको लामो समयावधिमा क्रान्तिकारी साहित्य र कला आन्दोलनको सिद्धान्तका निश्चित कमी कमजोरीलाई त्यसमा आलोचना गरिएको छ । सांस्कृतिक क्षेत्रअन्तर्गत त्यत्तिबेलाको साहित्य र कला क्षेत्रमा विद्यमान विभिन्न अन्योलग्रस्त र गैरसर्वहारावादी विचारबारे त्यो प्रवचनमा प्रस्ट पारिएको छ । लामो समयदेखि बहसमा रहेको र सुल्झिन नसकेका साहित्य र कला क्षेत्रका प्रश्नहरू त्यसमा समाधान गरिएको छ । त्यसमा कला र साहित्य क्षेत्रले जनताको सेवा गर्नुपर्ने कुरा प्रस्ट औँल्याइएको छ । त्यसमा पनि सबभन्दा पहिला मजदुर, किसान र सिपाहीको सेवा गर्नुपर्ने बताइएको छ । त्यो लक्ष्य हासिल गर्न साहित्य र कला क्षेत्रका कार्यकर्ताहरूले सबभन्दा पहिला आपैmलाई वैचारिकरूपमा तयार गर्नुपर्छ । त्यसको निम्ति उनीहरू आफै वास्तविक क्रान्तिकारी सङ्घर्षमा दिलोज्यानले होमिनुपर्छ ।
यो दस्तावेजको प्रकाशन हाम्रो देशको साहित्य र कला क्षेत्रको लागि ठूलो क्रान्ति हो । हाम्रो देशको सांस्कृतिक जीवनका सबै क्षेत्रमा यसले ठूलो क्रान्तिको प्रतिनिधित्व गर्छ ।
यो ऐतिहासिक प्रवचनको प्रकाशनअघि चीनको क्रान्तिकारी साहित्य र कला क्षेत्र बाँझो थियो । तथापि, सिर्जनात्मक पद्धतिको दृष्टिकोणबाट क्रान्तिकारी साहित्य र कला मूलतः आलोचनात्मक यथार्थवादको परिधिभित्रै थिए । यो दस्तावेजको प्रकाशनपछि क्रान्तिकारी यथार्थवादको नयाँ युग आरम्भ भएको थियो ।
यो समयावधिमा केही विशिष्ट साहित्यिक कृतिहरूको रचना भएका छन् । जस्तै ‘कपाल फुलेकी केटी’ (द ह्वाइट हेयर्ड गर्ल), ‘लि यु–साइको गीत’ (द राइम अफ लि यु–साइ), ‘साङकन नदीको सुर्यास्त’ (सनसेट अफ द साङकन रिभर), ‘आँधीबेहरी’ (द हुरिकन) आदि । तर, येनान गोष्ठीको प्रवचनको महत्व त्यसभन्दा पनि निकै उँचो फैलिएको छ । त्यो कृति आजको साहित्य र कलाको निम्ति विशिष्ट मार्गनिर्देशन हो । हामी विकासको समाजवादी चरणमा प्रवेश गर्दा पनि त्यो हाम्रो विशेष मार्गनिर्देशन रहनेछ । जनताको मन जित्ने गरी लेख्ने प्रश्न, कलाको स्तर वृद्धि, साहित्यिक समालोचनाको मापदण्डबारे सही निर्देशन, साहित्य र कलाबारे पुँजीवादी र निम्न पुँजीवादी दृष्टिकोणको सघन आलोचना, साहित्य र कला क्षेत्रका कार्यकर्ताको वैचारिक प्रशिक्षणको प्रश्न र साहित्य र कला क्षेत्रमा संयुक्त मोर्चाका प्रश्न चीनको सन्दर्भमा मात्र उठेका विशेष प्रश्न होइनन् । बरु क्रान्तिकारी र प्रतिक्रान्तिकारी साहित्य र कलाबीच सङ्घर्ष भएका सबै देशको सन्दर्भमा उठेका प्रश्न हुन् । माओ त्सेतुङको प्रवचनमा यी प्रश्नको द्वन्द्वात्मक समाधान दिइएको छ ।
तथ्यले जोसुकै वा जुनसुकै स्थानमा पनि यो प्रवचनमा भनिएजस्तै गरी साहित्य र कला क्षेत्रमा माओ त्सेतुङका शिक्षा र निर्देशन ठीक ढङ्गले बुझे र दृढतापूर्वक व्यवहारमा लागु गरे उनीहरूले आफ्नो काममा गल्ती गर्ने छैनन् र वास्तविक उपलीब्ध हासिल गर्नेछन् । तर, ती निर्देशनको अवहेलनाले सिर्जनात्मक कार्यमा पक्कै गल्ती हुनेछ र त्यस्ता कृतिमा कमी कमजोरी हुनेछ । त्यसकारण सिङ्गो देश यो ऐतिहासिक कृतिको दसौँ वर्ष मनाउँदै गर्दा हामीले साहित्य र कलाबारे हाम्रा कार्य र दृष्टिकोणको समीक्षा गर्न जरुरी छ र त्यसबारे हाम्रो अध्ययनलाई अझ सघन बनाउन आवश्यक छ ।
हाम्रा साहित्य र कला क्षेत्रमा अझै पनि गम्भीर खालका वैचारिक अन्योल रहेको कुरालाई नकार्न सकिन्न । हाम्रा कृतिमा अझै पनि गम्भीर गल्ती र कमजोरी छन् । साहित्यिक क्षेत्रका कार्यकर्ताको वैचारिक अभियानको क्रममा पछिल्लो वर्षमा त्यस्ता केही कमजोरी उजागर भएका छन् । भ्रष्टाचार, अपव्यय र कर्मचारीतन्त्रविरुद्धको आन्दोलनमा पनि यस्ता समस्या सतहमा देखिएका छन् । यस्ता गल्तीका धेरै कारण छन् । तर, मुख्य कारण साहित्य र कलाबारे अध्यक्ष माओका निर्देशनबारे अपुग बुझाइकै कारण त्यसो भएको हो । हामीले खासमा त्यो कुरा नबुझे पनि हामीले त्यो कुरा बुझेका छौँ भन्ठान्यौँ । त्यही भएर हाम्रो कला नीति कार्यान्वयन गर्ने सन्दर्भमा प्रायशः गल्ती वा विचलन हुने गरेको छ । ‘मजदुर, किसान र सिपाहीका लागि’ साहित्य र कलाका सिद्धान्तको दृढतापूर्वक कार्यान्वयनमा हाम्रो असफलता नै यस्ता विचलन र गल्तीका मूल कारण हुन् ।
येनान साहित्य कला गोष्ठीमा दिनुभएको आफ्नो भाषणमा अध्यक्ष माओले ‘कसको सेवा गर्ने’ भन्ने प्रश्न उठाउनुभएको छ । “विभिन्न जापानविरोधी आधारमा साहित्य र कला क्षेत्रमा संलग्न हाम्रा कमरेडहरूले यो समस्याको समाधान गरिसकेको जस्तो देखिन सक्छ”, उहाँले त्यत्तिबेला भन्नुभएको थियो,“…तर, खास कुरा त्यो होइन । धेरै हाम्रा कमरेडहरूले अझै प्रस्ट समाधान भेटाउन सकेका छैनन् ।” आज पनि हाम्रा धेरै कमरेडहरूले यो प्रश्नको प्रस्ट समाधान भेटाउन नसकेको भन्न सकिन्छ ।
अर्को प्रश्न ‘कसरी मजदुर, किसान र सिपाहीको सेवा गर्ने’ भन्ने हो । ‘हाम्रा कृतिको स्तर जनताको मन जित्न सक्ने गरी उकासिनुपर्छ र हाम्रो कृतिको स्तर जनतालाई मनपर्ने कुरामा निर्धारण हुन्छ’ भन्ने कुरामा सहमति जनाउँदै ‘जनताको मन जित्ने कुरालाई प्रथम प्राथमिकतामा राख्ने’ सिद्धान्तप्रति हामी सबै मुखले ठीक पार्दै छौँ । तर, हाम्रा कृतिहरू नियाल्दा या त हामीले जनताको मन जित्ने कुरालाई कम प्राथमिकतामा राख्यौँ अथवा त्यसको गलत व्याख्या ग¥यौँ अथवा त्यसलाई व्यर्थको बनायौँ । अथवा हामीले जनताको मन जित्नु र कलाको स्तर उकास्नुलाई दुई अलग अलग पाटो बनायौँ – ‘तिमी जनताको मन जित्नतिर लाग, म कलाको स्तर उकास्नेतिर लाग्छु ।’ हामीमध्ये कोही त ‘कलाको स्तर उकास्ने’ नाममा पुँजीवादी साहित्य र कलाको पछि तयार भयौँ । यो गल्तीहरूको एउटा सिङ्गो शृङ्खला हो ।
येनानको प्रवचनमा अध्यक्ष माओले पटक–पटक हामीलाई ‘कसको सेवा गर्ने’ भन्ने प्रश्न आधारभूत प्रश्न भएको सजग बनाउनुभएको थियो । यो प्रश्नमा दृढतापूर्वक सही निर्णयमा उभिन र सोहीअनुसार हाम्रो काम गर्न निम्न पुँजीपति वर्गबाट साहित्य र कला क्षेत्रमा आएका सबै कार्यकर्ताले वैचारिक प्रशिक्षणको प्रक्रिया पार गर्नुपर्छ । साहित्य र कलाबारे यो प्रवचन अहिलेसम्म नपढेका अथवा मनमनमा यो विचारप्रति प्रतिबद्धता व्यक्त नगरेका हामीमध्ये नै कोही भएको कुरा स्वीकार्न सकिन्न । तर, प्रश्न कसले पढ्यो वा पढेन अथवा यसका पाठ कसले घोक्यो वा घोकेन भन्ने कुरा होइन । बरु हामीले यसका निर्देशनलाई आफैले पालना ग¥यौँ वा गरेनौँ भन्ने कुरा महत्वपूर्ण हो ।
अध्यक्ष माओले हामीलाई मजदुर, किसान र सिपाहीको सेवा गर्ने इमानदार चाहना बोकेका साहित्य र कला क्षेत्रका कार्यकर्ताहरूले आफूलाई वास्तविक क्रान्तिकारी सङ्घर्षमा होम्नुपर्ने बताउनुभएको छ । त्यसो गर्दा उनीहरूको वैचारिक र भावनात्मक प्रशिक्षण हुनसक्नेछ । सँगसँगै उनीहरूले माक्र्सवाद–लेनिनवाद र समाजको पनि अध्ययन गर्नुपर्छ । उहाँले अगाडि भन्नुभएको छ, “माक्र्सवाद–लेनिनवाद भनेको जीवन्त माक्र्सवाद लेनिनवाद हो जसलाई हामीले जीवनमा लागु गर्नसक्छौँ । जनताको सङ्घर्षमा लागु गर्न सक्छौँ । हामीले भनेको माक्र्सवाद–लेनिनवाद पुस्तकका ठेलीमा कैद गरिएको माक्र्सवाद–लेनिनवाद होइन ।” त्यसकारण समस्याको जरा हामीले वास्तविक क्रान्तिकारी सङ्घर्षमा आफूलाई दिलोज्यानले होमिन्छौँ वा होमिदैनौँ भन्नेमा निर्भर छ । आज कसैले पनि वास्तविक क्रान्तिकारी सङ्घर्षमा आफूलाई दिलोज्यानले होमिने विरुद्ध बोल्ने छैन । तथापि, ‘वास्तविक क्रान्तिकारी सङ्घर्षमा आफूलाई होमेकाहरू’ ले पनि त्यो काम ‘दिलोज्यानले’ गरेको नहुन सक्छ । कुनै समयमा र कुनै निश्चित विषयमा त्यो दिलोज्यानले पनि हुन सक्छ । अनि कुनै बेला र कुनै निश्चित विषयमा त्यो दिलोज्यानले नहुन सक्छ । बरु आधा मनले लागेको पनि हुनसक्छ । यस सन्दर्भमा दिलोज्यानले लाग्नु भन्नुको अर्थ के हुनसक्छ ? त्यसको अर्थ हामी निःस्वार्थी हुनुपर्छ । जनता (मजदुर, किसान र सिपाही) को सेवा गर्ने सिद्धान्तमा दृढ हुनुपर्छ । जनताको हानी हुने कुनै पनि कामको हामीले दृढतापूर्वक विरोध गर्नुपर्छ । त्यसमा कुनै पनि सिद्धान्तहीन छुट वा सम्झौता गर्नुहुँदैन । कार्यकर्ताले त्यसरी काम नगर्दासम्म उसले ‘आधा मन’ ले मात्र काम गरेको हामीले भन्नुपर्छ । कुनै कुनै सन्दर्भमा कार्यकर्ता वास्तविक सङ्घर्षमा सहभागी हुनसक्छ । तर, खासमा उसको सहभागिता पर्यवेक्षकको रूपमा मात्र रहन्छ । त्यसरी टुलुटुलु हेरेर बस्ने प्रवृत्ति वैचारिक प्रशिक्षणको निम्ति गम्भीर अवरोध हो ।
यो वास्तविकतालाई मनमा राखौँ–निम्न पुँजीपति वर्गबाट आएका हाम्रा बहुमत बौद्धिकहरू दिमागी कार्यकर्ता हुन् । पुरानो समाजमा उनीहरूलाई लगातार बेरोजगारीले लघाथ्र्यो । उनीहरूको जीवनमा कुनै स्थायित्व थिएन । उनीहरूको आर्थिक अवस्था खराब थियो । कतिसम्म आर्थिकरूपमा कमजोर भने उनीहरू बेला बेलामा भोकमरीको शिकार बन्थे । यस्तो अवस्थाले निम्न पुँजीपति वर्गबाट आएका बौद्धिकहरू पुरानो समाजप्रति असन्तुष्ट थिए । त्यसकारण, उनीहरूले क्रान्तिको चाहना राखे ।
निम्न पुँजीपति वर्गबाट आएका साहित्य र कला क्षेत्रका कार्यकर्ताहरूले पनि सधैँको बेरोजगारी र जीवनको अनिश्चय अन्य पेशामा लागेका बुद्धिजीवीहरूको तुलनामा थप खराब नभए पनि यस्तै गएगुज्रेको अवस्था भोग्नुप¥यो । यो परिस्थितिले निम्न पुँजीपति वर्गबाट आएका साहित्य र कला क्षेत्रका कार्यकर्ताहरूको क्रान्तिकारी चरित्रबारे व्याख्या गर्दछ ।

येनान गोष्ठीमा अध्यक्ष माओ त्सेतुङसँग साहित्य र कला क्षेत्रका कार्यकर्ता


उनीहरूमध्ये उल्लेखनीय सङ्ख्या क्रान्तिमा सामेल भएका छन् । तर, यही कारणले निम्न पुँजीपति वर्गबाट आएका साहित्य र कला क्षेत्रका कार्यकर्ता तथा अन्य बुद्धिजीवीहरूले वैचारिक प्रशिक्षणको प्रश्नमा विभिन्न ढङ्गबाट प्रतिरोध गर्र्दै आएका छन् । उनीहरू सोच्छन्,“म सधैँ बुद्धिको काम गर्ने मान्छे हुँ । मैले कसैलाई आजसम्म शोषण गरेको छैन । म सधैँ क्रान्तिको पक्षमा उभिएँ । के म पनि एक जना कामदार होइन ? त्यसो भए म किन वैचारिक प्रशिक्षणको प्रक्रियामा सामेल हुनुप¥यो र ?” यसो भन्नुको अर्थ आफूसँग गैरसर्वहारा विचारधारा भएको कुरा स्वीकार्न तयार नहुनु हो । त्यही भएर उनीहरू वैचारिक प्रशिक्षणको आवश्यकता ठान्दैनन् । तर, यो सही होइन । किनभने ‘आर्थिकरूपमा बौद्धिकहरूको सर्वहारासँग कुनै द्वन्द्व नभए पनि उनीहरूको जीवन र श्रम गैरसर्वहारा हो । त्यसकारण, सर्वहारा वर्ग र निम्न पुँजीपति वर्गबीच मनोवैज्ञानिक र वैचारिकरूपमा द्वन्द्व रहन्छ ।’ (लेनिन) यसले सहजै निम्न पुँजीवादी बौद्धिक वर्गको व्याख्या गर्छ । एकातिर उनीहरू सजिलै क्रान्तिलाई ‘स्वीकार’ गर्छन् । तर, अर्कोतिर वैचारिक वृत्तमा सर्वहारा वर्गसँग उनीहरूको गहिरो द्वन्द्व हुन्छ । यो तथ्य स्वीकार्न तयार नहुने जो कोहीले क्रान्तिमा होमिए पनि र आफैलाई वास्तविक सङ्घर्षमा सामेल गरे पनि वैचारिक प्रशिक्षणमा कममात्र उपलब्धि हासिल गर्नसक्छ । साहित्य र कला क्षेत्रका कार्यकर्ताहरूले यो वास्तविकता अस्वीकार गरे मजदुर, किसान र सिपाहीको सेवा गर्न असम्भव हुन्छ ।
वास्तविक सङ्घर्षमा दिलोज्यानले आफूलाई होम्न नसक्नु र आफ्नो गैरसर्वहारा विचारधारा स्वीकार्न नसक्नु–यी दुई अवस्था निम्न पुँजीपति वर्गबाट आएका सबै साहित्य र कला क्षेत्रका कार्यकर्ताको साझा समस्या हुन् । हाम्रो वैचारिक प्रशिक्षणको प्रक्रियामा यो नै पनि प्रमुख अवरोध हो । पछिल्लो तथ्यले के कुरा देखाएको छ भने यदि कसैलाई वैचारिकरूपमा सविस्तार प्रशिक्षित नबनाए ऊ मजदुर, किसान र सिपाहीहरूबीच नै बसे पनि र लामो समयदेखि वास्तविक सङ्घर्षमा आफूलाई होमे पनि अवस्थामा परिवर्तन आउने अवस्थामा पुँजीवादी विचारधाराले उसलाई भ्रष्टाचार बनाउन छोड्ने छैन । परिणामतः उसले आफ्नो अडान त्याग्छ र थप गल्ती गर्दै जान्छ । हामीले यी तथ्यबाट शिक्षा ग्रहण गर्नुपर्छ । वैचारिक प्रशिक्षण दीर्घकालीन र कष्टसाध्य प्रक्रिया भएको कुरा प्रस्टतः बुझ्नुपर्छ ।
कसैले केही महिना ग्रामीण क्षेत्रमा काम गर्दैमा र आधा वर्ष कुनै कारखानामा काम गर्दैमा उसको वैचारिक प्रशिक्षणको काम पूरा भएको भनी सदाशयता राख्नु ज्यादै खतरनाक हुनसक्छ । कोही वैचारिकरूपमा प्रशिक्षित भयो वा भएन भन्ने कुराको निक्र्योल त गम्भीर समस्याको अवस्थामा परीक्षण हुनुपर्छ । साहित्य र कला क्षेत्रका कार्यकर्ताहरूको हकमा उनीहरूले कुनै कृतिको सिर्जना गर्दा त्यस्तो परीक्षा सुरु हुन्छ । एक जना लेखकले आफू वैचारिकरूपमा प्रशिक्षित भएँ वा भइनँ भन्ने कुराको परीक्षण गर्न चाहन्छ भने उसले लगातार लेखिरहनुपर्छ र आलोचना र आत्मालोचनाको गम्भीर अभ्यासलाई निरन्तरता दिनुपर्छ । आलोचना र आत्मालोचनाको कसीमा घोटिएको लेखन जीवनमा भिज्दै जान्छ, मजदुर, किसान र सिपाहीबाट धेरै कुरा सिक्दै जान्छ । अनि त्यस्तो लेखन फेरि आलोचना र आत्मालोचनाको कसीमा घोटिन्छ । यो निरन्तरको चक्रीय प्रक्रियाले मात्र साहित्य र कला क्षेत्रका कार्यकर्ताले आफूमा निपुणता हासिल गर्नसक्छ र वैचारिक प्रशिक्षणमा पूर्णता हासिल गर्नसक्छ ।
एउटा प्रश्नमाथि छलफल गर्न चाहन्छु ।
जब म कसैको कृति पढ्छु, म त्यसमा धेरै सङ्ख्यामा कमजोरी भेटाउने गर्छु । त्यसको विचारधारामा गैरसर्वहारा पक्ष के हो, म औँल्याउन सक्छु । तर, जब म आफै लेख्छु, मेरा पात्रहरू मजदुर, किसान र सिपाहीं नभए पनि निम्न पुँजीवादी विचार र भावनाको कारण वास्तविक जीवनका मानिसहरू, हाम्रा नायक वा आदर्श मजदुरहरूको तुलनामा अझै मेरा पात्रहरू मैले सोचेजस्ता हुनसकेका छैनन् । यो लामो गन्थनलाई छोट्याएरभन्दा यसो हुनुको कारण मेरो लेखन उच्च वैचारिक तहको हुन सकेको छैन । तथापि, किन त्यसो हुन्छ ? के वैचारिकरूपमा म प्रशिक्षित नभएकोले त्यसो भएको हो त ? के त्यहीँ कारण मैले उच्च वैचारिक तहका कृति सिर्जना गर्न सक्दिनँ ?
यो सबैको सन्दर्भमा लागु हुने प्रश्न हो । धेरै मानिस त्यस्तै कारणले आत्तिन्छन् । चिनियाँ भाषामा एउटा उखान छ, आँखा उँभो हेर्छ, हात उँधो झर्छ । यो उखानको पनि खास अर्थ यही हो । लेखकको आँखाले उँभो देखेन भने त्यो खतरनाक कुरा हो । संसारमा त्यस्तो कोही लेखक हुनैसक्दैन जसको आँखा उँधो हेर्ने र हात उँभो उठ्ने गर्छ । भन्नुको अर्थ अरूका कृतिमा कुनै कमजोरी भेटाउन नसक्ने अनि आफूले भने कमजोरी नै नभएको सिर्जना गर्ने लेखक भेटाउन सकिन्न । बरु त्यसको ठीक विपरीत हातलाई उँभो उठाउन पहिला आँखाले उँभो हेर्नुपर्छ । अब प्रश्न के हो भने त्यो नयाँ उचाइमा हात कसरी उँभो उठाउने ?
यहाँ ‘हात’ को खास अर्थ के हो ? कसैले यसलाई लेखन शैली भन्छन् । उनीहरू ‘आँखा’ र ‘हात’ लाई एक अर्काको विपरीत कुनामा राख्छन् । उनीहरू ‘हाम्रा आँखाले निकै उँचो हेर्छन्’ भन्छन् । त्यसको अर्थ ‘हाम्रो विचारधारा निकै माथिल्लो तहमा पुगिसकेको छ’ भन्ने हो । ‘त्यसकारण अब हामीले हाम्रा हातमात्र माथि उठाउनुपर्छ ।’ त्यसको अर्थ ‘हाम्रो शैलीमा सुधार गर्नुपर्छ’ भन्ने हो । यो धारणासँग म सहमत छैन । बरु मलाई त यो विचार हाम्रो प्रगतिको बाधक हो ।
किन म यो विचारसँग असहमत भएँ ? यसको कारण जब कुनै साहित्यिक कृतिमा वैचारिक कमजोरी देखिन्छ अथवा त्यसको वैचारिक उचाइ त्यत्ति माथि हुँदैन, त्यसको मूल कारण लेखकमा प्रस्ट चिन्तनको क्षमताको अभाव हुनु हो । उसको अवलोकन र विश्लेषणको शक्तिमिहीन नहुनु हो । उसको अवलोकन र विश्लेषण गहन वा विस्तृत नहुनु हो । यो लेखनसँग जोडिएको विषय होइन । शैली कम महत्वपूर्ण हुन्छ । शैली त लेखनको हिस्सामात्र हो ।

अध्यक्ष माओ त्से तुङले दिनुभएका यिनै निर्देशनको आधारमा हामीले सुरुमा निम्न पुँजीवादी बौद्धिकहरूलाई वैचारिकरूपमा प्रशिक्षित गर्नुपर्छ । त्यसको अर्थ मजदुर, किसान र सेनाको सेवा गर्ने सिद्धान्त पछ्याउनुपर्छ । कसैसँग यस्तो वैचारिक अडान छैन अथवा भएर पनि त्यसलाई दृढतापूर्वक पालना गरेको छैन भने मजदुर, किसान र सिपाहींको सेवा गर्ने विषयमा घरको कौसीबाट जतिसुकै ठूलो स्वरले चिच्याए पनि उसले गर्ने काम भने निकै फरक हुने गर्छ ।
तर, कसैसँग यो वैचारिक अडान भएकै कारण ऊ माक्र्सवाद–लेनिनवादको विज्ञ हो भन्ने होइन । उसले अझै पनि माक्र्सवाद–लेनिनवादको अध्ययन गर्नैपर्छ । माक्र्सवाद–लेनिनवाद विज्ञान हो, जो हरेक क्रान्तिकारीले अध्ययन गर्नैपर्छ । लेखक र कलाकारमात्र त्यसको अपवाद हुनसक्दैनन् । लेखक–कलाकारहरूले समाजमा बाँच्ने मानिस र वस्तुहरूको चित्रण र प्रतिनिधित्व गर्ने भएकोले उनीहरूले समाजका विभिन्न वर्ग, उनीहरूबीचको अन्तरसम्बन्ध, व्यक्तिगत अवस्था, उनीहरूको मनसाय र मनोविज्ञानको पनि अध्ययन गर्नुपर्छ ।

त्यसो भए मैले किन यो दृष्टिकोण हानिकारक भएको भन्दै छु ? किनभने लेखनशैलीमा मात्र एकोहोरो जोड दिने गलत सोचाइको मूल जरा त्यही विचारमा हुर्केको हुन्छ । त्यसले लेखनशैली र विचारधारालाई दुई विपरीत ध्रुवको व्यवहार गर्छ । साहित्य र कलाबारे येनानमा माओ त्सेतुङले दिनुभएको प्रवचनमा यो प्रश्नको सही समाधान दिनुभएको छ । त्यसको सही समाधान भनेको माक्र्सवाद–लेनिनवादको अध्ययन गर्ने र समाजको अध्ययन गर्ने ।
लेखक र कलाकारले साहित्य र कलाको अध्ययन गर्नुपर्ने कुरा सत्य हो । तर, माक्र्सवाद–लेनिनवाद विज्ञान हो जो हरेक क्रान्तिकारीले अध्ययन गर्नैपर्छ । लेखक र कलाकारमात्र त्यसको अपवाद हुनसक्दैनन् । त्यसबाहेक हामीले समाजको पनि अध्ययन गर्नुपर्छ । विभिन्न सामाजिक वर्ग र उनीहरूबीचको अन्तरसम्बन्ध, उनीहरूको व्यक्तिगत अवस्था, मनसाय र मनोविज्ञानको अध्ययन गर्नुपर्छ ।
माओको प्रवचनमा भनिएको छ ः माक्र्सवाद–लेनिनवादको अध्ययनले मात्र हामीले विश्व समाज, साहित्य र कलालाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको दृष्टिकोणबाट हेर्न सक्षम बनाउनेछ । त्यसको अर्थ लेखक कलाकारले आफ्ना हरेक साहित्य वा कला कृतिमा दर्शनको खाका समावेश गर्नुपर्छ भन्ने होइन । भौतिक विज्ञानमा अणु र परमाणुका सिद्धान्तलाई विस्थापन होइन, अँगाल्नुपर्ने हुन्छ त्यसरी नै माक्र्सवाद–लेनिनवादले साहित्य र कलामा यथार्थवादलाई अँगालेको हुन्छ, विस्थापन गर्दैन ।
अध्यक्ष माओ त्से तुङले दिनुभएका यिनै निर्देशनको आधारमा हामीले सुरुमा निम्न पुँजीवादी बौद्धिकहरूलाई वैचारिकरूपमा प्रशिक्षित गर्नुपर्छ । त्यसको अर्थ मजदुर, किसान र सेनाको सेवा गर्ने सिद्धान्त पछ्याउनुपर्छ । कसैसँग यस्तो वैचारिक अडान छैन अथवा भएर पनि त्यसलाई दृढतापूर्वक पालना गरेको छैन भने मजदुर, किसान र सिपाहींको सेवा गर्ने विषयमा घरको कौसीबाट जतिसुकै ठूलो स्वरले चिच्याए पनि उसले गर्ने काम भने निकै फरक हुने गर्छ ।
तर, कसैसँग यो वैचारिक अडान भएकै कारण ऊ माक्र्सवाद–लेनिनवादको विज्ञ हो भन्ने होइन । उसले अझै पनि माक्र्सवाद–लेनिनवादको अध्ययन गर्नैपर्छ । माक्र्सवाद–लेनिनवाद विज्ञान हो, जो हरेक क्रान्तिकारीले अध्ययन गर्नैपर्छ । लेखक र कलाकारमात्र त्यसको अपवाद हुनसक्दैनन् । लेखक–कलाकारहरूले समाजमा बाँच्ने मानिस र वस्तुहरूको चित्रण र प्रतिनिधित्व गर्ने भएकोले उनीहरूले समाजका विभिन्न वर्ग, उनीहरूबीचको अन्तरसम्बन्ध, व्यक्तिगत अवस्था, उनीहरूको मनसाय र मनोविज्ञानको पनि अध्ययन गर्नुपर्छ । यी विषयमा प्रस्ट र विस्तारित अध्ययन गर्न द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादमा आधारित दृष्टिकोण हुनु नितान्त अपरिहार्य छ ।
तसर्थ, ‘आँखा उँभो तर हात उँधो’ को यो प्रश्नको सन्दर्भमा लेखकले वैचारिक प्रशिक्षणको प्रक्रिया छिचोले पनि उसले समाजलाई बुझ्न द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी सिद्धान्तको प्रयोगमा अझै दक्षता हासिल नगरेको सहजै देख्न सक्छौँ । विषयको मूल चुरो भने यही हो । त्यसकारण, वैचारिक प्रशिक्षण लिनु नै सबैथोक भने होइन । ऊ वैचारिकरूपमा प्रशिक्षित भएको छैन भन्नुको अर्थ उसको चिन्तनमा अझै पनि गैरसर्वहारावादी वैचारिक तत्व बाँकी छ भन्ने हो । लेखकका कृतिहरूमा यी कुरा प्रतिबिम्बित हुँदा उसले सिद्धान्तमा कुनै गल्ती ग¥यो वा गरेन भन्ने प्रश्न बन्न पुग्छ । त्यसकारण, मूलभूतरूपमा यो वैचारिक तह माथि वा तल हुनुसँग सम्बन्धित प्रश्न होइन ।
जब हामी कुनै साहित्यिक कृतिको वैचारिक तह उँचो छैन भन्छौँ, हाम्रो खास आशय त्यस्ता कृतिमा सिद्धान्तमा कुनै गल्ती नभए पनि त्यसमा अवलोकन र विश्लेषणको शक्ति भने विस्तृत र प्रस्ट छैन भन्ने हो । त्यसमा उठाइएको प्रश्नले सामाजिक अन्तरविरोधका मूल विषयलाई छुन सकेको छैन भन्ने हो । त्यसले प्रमुख र गौण अन्तरविरोध छुट्याउन त्यो कृति असफल छ भन्ने हो । त्यसले अन्तरविरोधको आम चरित्र र विशिष्ट खुट्याउन सकेको छैन भन्ने हो । विभिन्न अन्तरविरोधबीच एकता र द्वन्द्वलाई अभिव्यक्त गर्न त्यो साहित्यिक कृति असफल छ भन्ने हो ।
सर्वहारा वर्गको लेखकले माक्र्सवाद–लेनिनवादको अध्ययन गर्दैन र समाजको अवलोकनमा द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी सिद्धान्त लागु गर्दैन भने उसले उच्च वैचारिक स्तरको कृति सिर्जना गर्न अक्षम हुनेछ । भन्नुको अर्थ एक जना सर्वहारा लेखकले वैचारिक प्रशिक्षणको उही प्रक्रिया छिचोल्नु नपरे पनि उच्च वैचारिक स्तरको कृति लेख्ने हो भने उसले पनि माक्र्सवाद–लेनिनवाद र समाजको अध्ययन गर्नैपर्छ । त्यसको अर्थ वैचारिक प्रशिक्षण एउटा पाटो हो भने माक्र्सवाद–लेनिनवाद र समाजको अध्ययन अर्को पाटो हो । तर, यी दुई पाटालाई यान्त्रिकरूपमा एक आपसबाट अलग बनाउन सकिन्न । वैचारिक प्रशिक्षणको प्रक्रियाअन्तर्गत माक्र्सवाद–लेनिनवाद र समाजको अध्ययन पर्छ । वैचारिक प्रशिक्षणले माक्र्सवाद–लेनिनवाद र समाजको अध्ययनलाई सहज बनाउने गर्छ ।
निम्न पुँजीवादी वर्गीय स्रोतबाट आएका सबै बौद्धिक, लेखक र कलाकारहरूको लागि वैचारिक प्रशिक्षणको प्रश्न नै आधारभूत आधारबिन्दु स्थापना गर्नु हो । तसर्थ, त्यसलाई प्राथमिक प्रश्न मान्नुपर्छ किनभने ‘वैचारिक प्रशिक्षणबिना केही पनि कुरा राम्रो तरिकाले गर्न सकिन्न ।’ अनि माक्र्सवाद–लेनिनवाद र समाजको अध्ययनमा पनि सफल हुन सकिन्न ।
साहित्य र कलाबारे अध्यक्ष माओ त्सेतुङको येनान प्रवचनले त्यत्तिबेला साहित्य र कला क्षेत्रमा विद्यमान वैचारिक अवस्था र कृतिहरूका कमी कमजोरीबाट निर्देशित थियो । त्यसले ‘कसको सेवा गर्ने’ र ‘कसरी सेवा गर्ने’ जस्ता प्रश्नमा निश्चित मार्गनिर्देश ग¥यो । यद्यपि, समाजको अध्ययनसँग जोडिएको यथार्थवादमा आधारित सिर्जनात्मक तरिकासम्बन्धी आधारभूत प्रश्नमा प्रवचनले मनग्य चर्चा गरिएको छैन । तथापि, अध्यक्ष माओ त्सेतुङका दुई वटा दार्शनिक लेखहरू छन्–‘व्यवहारबारे’ र ‘अन्तरविरोधबारे’ । पहिलो लेख सन् १९३७ को जुलाईमा प्रकाशित भएको थियो भने अर्को लेख त्यही सालको अगस्टमा प्रकाशित भएको थियो । ती दुई लेखमा यथार्थवादबारे सिर्जनात्मक पद्धतिको यो सबभन्दा आधारभूत प्रश्नमा केन्द्रित छ ।
साहित्य र कला क्षेत्रमा संलग्न हाम्रो लागि येनान प्रवचनको अध्ययन गर्नु त अपरिहार्य हो नै, साथमा ‘व्यवहारबारे’ र ‘अन्तरविरोधबारे’ लेखका मूल सिद्धान्त बुझ्नु पनि हाम्रो लागि कम महत्वपूर्ण होइन । यी दुवै लेख दार्शनिक लेखहरू भएकोले साहित्य र कलाका कार्यकर्ताहरूसँग तिनीहरूको कुनै सरोकार नभएको हामी सोच्छौँ भने त्यो हाम्रो गल्ती हुनेछ ।
हामीसँग जीवनका धेरै अनुभव छ । तर, ‘हामीसँग भएका सामग्रीको कसरी व्यवस्थापन गर्ने’, ‘कसरी सामान्यकरण गर्ने’, ‘कसरी मूल विषय पत्ता लगाउने’, ‘कसरी काँटछाँट गर्ने र अतिरञ्जनापूर्ण प्रभाव हटाउने’ बारे हामीसँग निकै कममात्र अनुभव छ । त्यही अनुभवको कमीले सिर्जनात्मक कार्यमा हामीले घटनाक्रमको मात्र वर्णन गर्ने, यथार्थवादी नबनी जीवनको सतह चिथोर्दै ‘तस्बीरजस्तो’ मात्र बनाउने, दृष्टिकोणको कमी हुने र ‘रुखबाट जङ्गल हेर्न नसक्ने’ अवस्था के हामीले भोगिरहेका छैनौँ र ? यी सबै समस्या समाधानको निम्ति हामीले आफूलाई ‘व्यवहारबारे’ लेखको अध्ययन गर्न जरुरी छ ।
‘व्यवहारबारे’ लेखबाट हामी जब जीवन बाँच्न थाल्छौँ, तब हाम्रो पहिलो सिकाइ भनेको वस्तुको शाश्वत ज्ञान (पर्पेचुएल नलेज) हो । शाश्वत ज्ञान भनेको कुनै पनि विशेष प्रक्रियाको सतही ज्ञानमात्र हो भनिन्छ । त्यो एकपक्षीय र पक्षपाती खालको हुन्छ । शाश्वत ज्ञानले वस्तुको मूल तत्वमा पस्न सकिंदैन र त्यसकै भरमा वस्तु विकास मुख्य नियम बुझ्न सकिंदैन । कतिपय शाश्वत ज्ञान यसो हेर्दा सत्यजस्तो लागे पनि खासमा त्यो गलत हुने गर्छ । त्यसकारण, हामी शाश्वत ज्ञानमै मात्र सन्तुष्ट भएर बस्नु हुन्न । बरु हामी हाम्रो शाश्वत ज्ञानबाट माथि उठेर तर्कपूर्ण ज्ञान(रिजनल नलेज)को तहमा उक्लिनुपर्छ । त्यसको अर्थ कुनै पनि कुरालाई सम्पूर्णतामा बुझ्नुपर्छ । कुनै पनि कुरालाई वस्तुगत र त्यसका आन्तरिक सम्बन्धको सन्दर्भमा बुुभ्mनुपर्छ । अर्को शब्दमाभन्दा हामी वस्तुको तुलनात्मकरूपमा पूर्ण र गहिरो ज्ञानमा पुग्नुपर्छ ।
जब हामीले हाम्रो ज्ञानलाई शाश्वतबाट तर्कपूर्ण बनाउँछौँ, त्यत्तिबेला हामीले सामाजिक प्रक्रियाको विकासलाई चलाउने अनिवार्य नियम र तिनमा लगातार भइरहेका जटिल परिवर्तनबीचका विभिन्न सम्बन्ध देख्न सक्छौँ । तर्कपूर्ण ज्ञान र शाश्वत ज्ञान त्यही भएर ‘परिणात्मक हिसाबमा मात्र होइन, गुणात्मक हिसाबमा समेत फरक हुन्छ ।’ तथापि, तर्कपूर्ण ज्ञान समृद्ध शाश्वत ज्ञानको जगमा आधारित हुनुपर्छ । शाश्वत ज्ञानको समृद्ध भण्डारणबिना हामीले सामाजिक प्रक्रियाको सामान्यकरण गर्ने नियम पत्ता लगाउन सकिने खालको ज्ञान निकाल्न सक्दैनौँ । साहित्य र कलाका विशिष्ट पात्रहरूको सिर्जनाको सन्दर्भमा यो कुरा देखाउन सकिन्छ । समाजको निश्चित तप्काको एउटा विशिष्ट चरित्र सिर्जना गर्न कम्तीमा एक दर्जन र त्योभन्दा बढी जीवनका विभिन्न अवस्थामा बाँचेका मानिसहरूको नजिकबाट अवलोकन गर्नुपर्ने हुन्छ । फरक फरक अवस्थामा बाँचेका भए पनि उनीहरू एउटै तहको समाजमा हुनुपर्छ । त्यसो भएमात्र लेखकले सामान्यकरण गर्न सक्छ र त्यो सामाजिक तप्काको विशिष्ट चरित्र सिर्जना गर्नसक्छौँ । यहाँ पहिलो चरणको काम भनेको समृद्ध शाश्वत ज्ञानको सङ्कलन हो । अर्को चरण भनेको त्यो शाश्वत ज्ञानलाई तर्कपूर्ण ज्ञानमा उकास्नु हो । त्यसो भन्नुको अर्थ हामीले ‘सामान्यकरण’ गर्ने भन्ने हो । तर्कपूर्ण ज्ञान प्राप्त गरेपछि त्यसको परीक्षण हुनुपर्छ र अनि वास्तविक व्यवहारमा त्यसको थप विकास गरिनुपर्छ । त्यसो गर्दा हामीले सही ज्ञान हासिल गर्नसक्छौँ, जसमा वस्तुगत सत्य निहीत हुन्छ ।
साहित्य र कला सिर्जनाको सन्दर्भमा लेखन र जीवन अनुभव एकपछि अर्को दोहोरिरहने एउटा पूर्ण वृत्तको प्रक्रिया हो । लेखनको वास्तविक प्रक्रियामार्फत हामीले नजिकबाट हाम्रो जानकारी विस्तृत र प्रस्ट छ–छैन भन्ने कुराको निक्र्योल गर्नसक्छौँ । अर्थात्, हाम्रो ज्ञान शाश्वतबाट तर्कपूर्ण उचाइमा पुग्यो वा पुगेन भन्ने कुराको निक्र्योल गर्न सक्छौँ । त्यस्तै जीवनलाई नजिकबाट भोगिसकेपछिको खास सिर्जनात्मक कार्यबाट हामीले हाम्रो तर्कपूर्ण ज्ञान वस्तुगत सत्य भयो वा भएन भन्ने कुराको परीक्षण गर्नसक्छौँ । सामाजिक यथार्थको विकास सञ्चालन गर्ने कानुनसम्मत भयो भएन भन्ने कुराको निधो गर्नसक्छौँ । त्यसकारण, यी प्रक्रियाहरू किन एकपछि अर्को दोहोरिरहन्छन् । कसैले गरेको अनुभवबारे उसले लेखेको कुरा नै मनग्य भएको र अर्को कुनै सिर्जनात्मक कार्यको लागि नयाँ सामग्री खोज्दै हिँड्छ भने त्यो तरिका सही होइन ।
शाश्वत ज्ञान भनेको अनुभूतिजन्य प्रक्रियाको पहिलो चरण हो । तथापि, यो चरणलाई कुनै पनि अवस्थामा पन्छाउन सकिन्न । यसलाई पन्छाउन खोजे हाम्रो साहित्य र कलात्मक सिर्जनामा ठूलो हानि हुनेछ । ती सिर्जनाहरू अमूर्त पात्र मिलेर बनाइएको रिक्त, सुख्खा र जीवनहीन उत्पादन हुनेछन् । त्यसको विपरीत यदि हामीले आफूलाई शाश्वत ज्ञानमाथि आधारित बनाए प्रकृतिवाद (नेचुरलिज्म) को चङ्गुलमा हाम्रो सिर्जनात्मकता फस्नेछ । अमूर्त अवधारणामा आधारित उत्पादन कोरा सिद्धान्तवाद (डक्ट्रीनिज्म)को परिणाम हो । यसको कमजोरी भनेको यसले शाश्वत ज्ञानबाट थाल्नुपर्ने आवश्यकताबोध गर्दैन । न त तर्कपूर्ण ज्ञानलाई व्यवहारमा परीक्षणको आवश्यकता नै बोध गर्छ । साहित्य र कलामा प्रकृतिवादको स्रोत भनेको अनुभववाद (इम्पिरिसिज्म) हो । अनुभववादको कमजोरी भनेको जीवनको अनुभव (शाश्वत ज्ञान)ले धनी भए पनि त्यो तर्कपूर्ण ज्ञानको उचाइमा पुग्न सक्दैन ।
प्रकृतिवाद (नेचुरेलिज्म) प्रति उन्मुख र अमूर्त चिन्तनमा आधारित कृतिको सिर्जनाभन्दा अलग हाम्रो साहित्य र कला क्षेत्रमा अझै पनि अर्को एउटा कमजोरी विद्यमान छ । त्यो हो–सूत्रवादी कृति (फर्मुलिस्टिक वक्र्स) । सूत्रवादी कृति भनेको परम्परावादी सूत्रमा आधारित कृति हुन् । यो बुँदाबारे थोरै व्याख्या गरौँ । पुरानोविरुद्ध नयाँको सङ्घर्ष, पछौटे शक्ति र वस्तुको रूपान्तरण प्रक्रियाबारे लेख्दा हामीलाई अन्तरविरोधको आम र विशेष पक्षलाई कसरी अब्बल ढङ्गले मिलाउने, विशेष अन्तरविरोधमार्फत आम अन्तरविरोध कसरी प्रतिबिम्बित गर्ने (त्यसको अर्थ हामीले कुनै एउटा वस्तुको विषयमा लेखे पनि हामी त्यो वस्तुभन्दा परसम्म जान सक्नुपर्छ ताकि पाठक त्यही वस्तुमा मात्र सीमित हुनेछैन) अथवा प्रमुख र गौण अन्तरविरोधबीच भिन्नता छुट्याउने र विश्लेषण कसरी गर्ने आदिबारे हामीलाई थाहा छैन । त्यही नजान्नाले हामी पुराना उत्पादनका सागलमा हाम्रा पात्र र कथावस्तुलाई कुहिन दिइरहेका छौँ ।
एकातिर सूत्रवादी कृतिहरूबीच एक प्रकारको सतही समानता हुन्छन् र अर्कोतिर प्रकृतिवादी कृतिहरू अमूर्त कल्पनामा आधारित हुन्छन् । तर, खासमा उनीहरूबीच भिन्नता हुन्छन् । (निःसन्देह, एक पटक सूत्रवादी कृति सूत्रवादी भएपछि उनीहरूबीच मुस्किलले कुनै भिन्नता रहन्छ । त्यस्ता कृतिका लेखकहरूसँग जीवनको अनुभव हुँदैन । नयाँ र पुरानाबीचको सङ्घर्ष वा पछौटे शक्तिको रूपान्तरण प्रक्रियाको चित्रण गर्दा उनीहरूले अन्य लेखकको कुरा नक्कल गरेको हुन्छ । उनीहरूका पात्र र कथावस्तु कृत्रिमरूपमा सिर्जना गरिएका हुन्छन् । उनीहरूका त्यस्ता कृति खासमा टालटुले कृति हुने गर्छ ।)
सूत्रवादी कृति सिर्जना हुनुको मुख्य कारण त्यसका लेखकसँग जीवनका जतिसुकै अनुभव भए पनि आफूसँग भएका शाश्वत ज्ञानलाई तर्कपूर्ण ज्ञानमा कसरी उकास्ने भन्ने कुरा उनीहरूलाई थाहा हुँदैन । अथवा, उनीहरू त्यसरी उकास्न सक्दैनन् । ‘अन्तरविरोधबारे’ लेखले हामीलाई कसरी हामीले सही तरिकाबाट सोच्ने भन्ने कुरा सिकाउँछ ।
त्यो लेखले हामीलाई काँचो विचारलाई शुद्धीकरण गरी विचार र सिद्धान्तको प्रणाली बनाउन सिकाउँछ । गलतबाट सही कुरा छुट्याउन सिकाउँछ । निश्चितताभित्र अझै अनिश्चितता पहिल्याउने र सतही कुराबाट गहिरो कुरा निकाल्न हामीलाई त्यो लेखले सिकाउँछ । त्यही भएर त्यो लेखले हाम्रो शाश्वत ज्ञानलाई पुनःआकार दिन र पुनःनिर्माण गर्न टेवा पु¥याउँछ ।
आधारभूत तरिका भनेको शाश्वत ज्ञानको अधिकताको जगमा वस्तुगत प्रक्रियाभित्रको अन्तरविरोधका सबै पक्ष विस्तृतरूपमा खोजी गर्नु हो । ‘अन्तरविरोधबारे’ लेखको अध्ययनले हामीलाई ‘समाजको अध्ययन गर्ने’ आधारित तरिकाबारे बुझ्न सक्ने बनाउँछ ।
सबभन्दा पहिला हामीले बुझ्नुपर्ने केही कुरा छन् ः
कुनै पनि कुराको विकास वा परिवर्तनको आधारभूत कारण बाहिर होइन, भित्र हुन्छ । कुनै पनि वस्तुमा परिवर्तनको आधारभूत कारण भनेको त्यसभित्रको आन्तरिक अन्तरविरोध हो । कुनै पनि वस्तुमा हलचल वा विकास हुन्छ किनभने त्यसभित्रै जताततै त्यस्ता अन्तरविरोधहरू हुन्छन् । त्यही अन्तरविरोध नै त्यसभित्र विकासका आधारभूत कारण हुन् । वस्तुभित्रको अन्तरसम्बन्ध, अन्य वस्तुसँगको अन्तरसम्बन्ध आदि सब विकासका गौण कारण हुन् ।
साहित्य र कला क्षेत्रका कार्यकर्ताहरूको अध्ययनको मूल लक्ष्य भनेको समाज र जीवनका बहुआयाम र निरन्तरको विकासबारे बुझ्नु हो । त्यसकारण, उनीहरूले निम्न कुरा बुझ्न जरुरी छः
समाजमा परिवर्तनको मूल कारण भनेको समाजका आन्तरिक अन्तरविरोधको विकास हो । उत्पादक शक्ति र उत्पादन सम्बन्धबीचको अन्तरविरोध, वर्गहरूबीचको अन्तरविरोध, पुराना र नयाँबीचको अन्तरविरोध आदि नै समाजमा परिवर्तनका मूल कारण हुन् । समाजका यस्ता अन्तरविरोधको विकासले समाजलाई अघि बढाउँछ र नयाँ प्रक्रिया थालनी गर्छ । अनि पुरानो समाजको सट्टा नयाँ समाज स्थापित बन्छ ।
त्यसकारण, कुनै पनि साहित्यिक कृतिमा अन्तरविरोधको प्रस्तुत र समाधान अपरिहार्य र आधारभूत कार्य हो । अन्तरविरोध नउजिल्याउने कुनै पनि साहित्यिक कृति अवस्तुगत हुन्छ किनभने जीवन पुरै अन्तरविरोधले भरिएको हुन्छ ।
तर, अन्तरविरोधको एउटा आम र विशेष चरित्र पनि हुन्छ । लेखकले यदि अन्तरविरोधको आम चरित्रमात्र देखेको छ भने उसले आफ्नो लेखनमा अन्तरविरोधको आम चरित्रमात्र देखाएको हुन्छ । उसले अन्तरविरोधको विशेष चरित्र देखाएको हुँदैन । अर्को शब्दमा भन्दा यदि उसले कुनै पनि विषयको आम पक्षलाई बेवास्ता गर्छ भने (उदाहरणको लागि, यदि ऊ कुनै कारखानामा गएर त्यहाँका प्रशासक वा मजदुर युनियनको कार्य समिति सदस्यलाई मात्र भेटे), उसले विषयवस्तुको विशेष पक्षभित्र नपसे (उदाहरणको लागि उसले कारखानाको कोही पनि मजदुरलाई भेटेन, कारखानाको अवस्था र विभिन्न कार्य टोलीको अवस्थाको अवलोकन गरेन) अथवा उसले विषयवस्तुको खास अवस्थाबारे बुझ्न अपरिहार्य कुनै पनि विशेष कुराकै खोजी गरेन । तर, ‘कुनै पनि वस्तुको गतिमा हुने अन्तरविरोधको आफ्नै विशेष चरित्र हुन्छ ।’ कुनै पनि साहित्यिक कृतिले यदि अन्तरविरोधको आम चरित्रमात्र प्रस्तुत गर्छ भने त्यो एकपक्षताको गल्तीमा अनिवार्यरूपमा फस्छ । उदाहरणको लागि, ‘अन्तरविरोधका हरेक पक्षको विशेषता नबुझी’, अन्तरविरोधको सर्वहाराका कुरामात्र बुझेर पुँजीपति वर्गको कुरा नबुझे, अन्तरविरोधको किसान पक्षीय कुरा बुझेर जमिनदार पक्षका कुरा नबुझे, त्यसलाई नै हामी ‘एकपक्षीय कोणबाट समस्यालाई हेर्नु भन्ने गर्छौं ।
अथवा, त्यसलाई कुनै पनि विषयको अन्तरविरोध र विशेषतालाई पूर्णतामा नहेर्नु, अन्तरविरोधको चरित्र मिहीनरूपमा अध्ययन गर्न गहिराइमा पस्न नखोज्नु बरु विषयवस्तुबाट अलग भएर परबाटै फड्के किनाराको साक्षी बन्नु र अन्तरविरोधका केही चरित्र सालाखाला बुझेर समाधानको उपाय खोज्नु पनि भन्न सक्छौँ ।
यो समस्यालाई सतहीरूपमा बुझ्ने तरिका हो । साहित्य सिर्जनामा लेखकले कृति लेखनमा गर्ने विभिन्न तहका गल्ती समस्यालाई एकपक्ष वा सतहीरूपमा बुझ्ने लेखकको अमूर्त कल्पना वा परम्परागत सूत्रमा आधारित हुन्छ । अन्तरविरोधका आम र विशेष चरित्रबीचको सम्बन्धलाई अध्यक्ष माओ त्सेतुङले यसरी सार खिच्नुभएको छः
“अन्तरविरोधको आम र विशेष प्रकृतिबीचको सम्बन्ध भनेको अन्तरविरोधको आम र विशेष चरित्रबीचको सम्बन्ध हो । अन्तरविरोधको साझा चरित्र भन्नाले अन्तरविरोध सबै प्रक्रियामा विद्यमान छ र सबै प्रक्रियाको सुरुदेखि अन्त्यसम्म अन्तरविरोध रहनु हो । तसर्थ, त्यही नै अन्तरविरोधको आम वा विशेष चरित्र हो ।”
नेपाली अनुवाद : सुशिला
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *