भर्खरै :

पहिरो र डुबानको कारण असंवेदनशील सरकार

काठमाडौँ, ४ कार्तिक । हालैको अविरल वर्षा, यसबाट भएको बाढी पहिरो तथा धानबाली एवम् पूर्वाधारको क्षतिबारे नेपाल मजदुर किसान पार्टीले बिहीबार प्रेस वक्तव्य प्रकाशित गरेको छ । पार्टीका सचिव प्रेम सुवालद्वारा हस्ताक्षरित प्रेस वक्तव्यको पूर्णपाठ यसप्रकार छ : यस वर्षको मनसुनपछि गत आइतबारदेखि तीन दिनसम्म परेको अविरल वर्षाले विशेषगरी पूर्वी नेपालका इलाम, पाँचथर, धनकुटा, सुनसरी र पश्चिमका डोटी, कालीकोट, डडेल्धुरा, बझाङ, हुम्ला, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका विभिन्न जिल्लामा धनजनको ठूलो क्षति पु¥याएको खबरले देशका सबै किसान जनतामा चिन्ता हुनु स्वाभाविक छ । पूर्वदेखि पश्चिमसम्म तराईका अधिकांश भूभाग डुबानमा परेको छ । महाकाली र कर्णालीमा आएको बाढीले पनि तटीय क्षेत्रमा ठूलो विनाश गरेको छ ।
तराईका विभिन्न जिल्लामा किसानहरूले भित्याउनै लागेको धानबाली डुबानमा परेको र बगाइएको छ । अविरल वर्षाले प्रमुख धानबालीमा ठूलो नोक्सानी पु¥याउँदा किसानहरू बिचल्लीमा परेका छन् । हजारौँ हेक्टर जमिनमा लगाइएको धान नष्ट हुँदा किसानहरूको ठूलो नोक्सानी भयो । यो प्राकृतिक विपत्तिको कारण जलवायु परिवर्तनमात्र नभई जोखिम न्यूनीकरणमा सरकार उदासीन, असंवेदनशील भएको तथा विकासको नाउँमा भइरहेको डोजर आतङ्क नै मुख्य कारण रहेको तथ्यले बताउँछ । यतातर्पm केन्द्रीय सरकार र प्रदेश सरकार सचेत हुन ढिलो भइसकेको छ । बर्सेनि दोहोरिरहेका यस्ता विपत्तिले दुवै तहका सरकारहरूको अदूरदर्शिता उदाङ्गो पारिरहेको छ ।
यो वर्षको बाढीपहिरोमा मर्नेको सङ्ख्या १०१ जना नाघिसकेको र ४० भन्दा बढी बेपत्ता भइरहेको सरकारी तथ्याङ्क छ । प्रदेश १ र सुदूरपश्चिममा बाढीका कारण १२ वटा पुल बगायो । पहिरोको कारण राजमार्गसमेत आठ ठाउँमा अवरुद्ध भयो । जनजीवन अत्यन्त कष्टकर हँुदै छ । केही दिनदेखि ती क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद तथा विद्युत् आपूर्ति बन्द छ ।
यस असहज परिस्थितिमा मृतक परिवारलाई सहयोग र घाइतेहरूको स्वास्थ्योपचारको बन्दोबस्त, बेपत्ताको खोजबिन, पीडितहरूको उद्धार र राहत कार्य तदारुक एवम् तीव्र बनाउन आवश्यक सम्पूर्ण उपाय अवलम्बन गर्नु जरूरी छ । वास्तविक पीडितसम्म राहत पु¥याउन र घरबार डुबानमा परेकालाई सम्बन्धित जिल्लाको सुरक्षित ठाउँमा पुनर्वासको बन्दोबस्त गर्न आवश्यक छ ।
यो आपत्को घडीमा क्षति मूल्याङ्कन गरी वास्तविक पीडित किसानलाई शीघ्र क्षतिपूर्ति उपलब्ध गराउन नेपाल मजदुर किसान पार्टी जोड दिन्छ र यो विपत्तिबाट सिर्जित समस्या समाधान गर्ने दीर्घकालीन उपायतर्फ ध्यान दिन पनि सरकारलाई सचेत गराउँदछ ।
यो विपत्तिसँगै देशमा अन्न अभाव हुनेछ । सम्भावित भोकमरी, कृत्रिम अभाव र महँगीसमेत रोक्न आवश्यक तयारी गर्न नेपाल मजदुर किसान पार्टी जोड दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *