विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
‘द इन्टरसेप्ट’ बाट साभार गरी ‘नयाँ पत्रिका’ को ४ कार्तिक २०७८ को अङ्कमा पिटर मासको ‘मृत्युपछि पावेलको महिमागान’ शीर्षकको एक लेख छापियो । संरा अमेरिकाको प्रथम अफ्रिकी विदेशमन्त्री तथा संयुक्त सेनाका अध्यक्ष कोलिन पावेलको ८४ वर्षको उमेरमा १ कार्तिक २०७८ को दिन मृत्यु भएको समाचार आयो ।
कतिपय मानिस आफू मरेपछि सबै ठिक्कै हुन्छ भनी पाप कर्म गर्ने, अरू देशमाथि आक्रमण गर्ने, झूट बोल्ने र अनेक कुकर्म गर्छन् । तर, व्यवहारमा त्यसको ठीक उल्टो हुन्छ । सारा युरोपलाई थर्काएर बारम्बार युद्ध गर्ने नेपोलियन वाटरलुमा हारे र उनलाई सेन्ट हेलेना भन्ने दक्षिण अमेरिकी महादेशको एक टापुमा निर्वासित गरियो । उनको मृत्युको खबर तीन महिनापछि पेरिसमा पुग्यो । साथै, उनको भतिजाले पनि सत्तामा पुगी उपद्रव गरेको हुँदा पछि ‘बोनापार्ट’ खान्दानले राष्ट्रपति उम्मेदवार हुन नपाउने प्रावधानसमेत संविधानमा राखियो ।
त्यस्तै, देश र विदेशका जनतालाई दुःख दिने, आक्रमण गर्ने र दास बनाउने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूलाई विश्वकै जनताले मन पराउँदैनन् । बोलीचालीको भाषामा त्यस्ता अपराधीको ‘तीन पुस्ता नर्कमा जान्छन्’ भन्ने भनाइ छ । भियतनामी जनताको निर्मम हत्या गर्ने र पुस्तौँपुस्तासम्म विकलाङ्ग बनाउन विषालु हतियारको प्रयोग गर्ने अमेरिकी राष्ट्रपति जोनसन र मन्त्री म्याकनमारा त्यसबेलाका सबभन्दा घृणित व्यक्ति थिए ।
बेलायती प्रधानमन्त्री चर्चिल पनि त्यस्तै एक क्रूर र स्वार्थी व्यक्ति थिए । गएको वर्ष जर्ज फ्लोयडको हत्याको विरोधमा संसारका विभिन्न स्थानमा भएका प्रदर्शनको सिलसिलामा बेलायतका चर्चिल तथा अफ्रिकामा उपनिवेश बनाई हजारौँ र लाखौँ हब्सीहरूको दास व्यापार गर्नेहरूको सालिक ढालिएका थिए । अमेरिकी र बेलायती साम्राज्यवादीहरूले नै इराकको सद्दाम हुसेन र लिबियाको कर्नेल गद्दाफिजस्ता देशभक्तहरूको हत्या गरे । विदेशबाट ल्याइएका भाडाका तत्वहरूमार्फत अमेरिकी गुप्तचर विभाग सीआइएले तिनीहरूको सालिक ढालेको थियो ।
कोलिन पावेलले २००३ को फेब्रुअरी ५ मा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा एउटा प्लास्टिकको बट्टामा लुगा धुने सोडाको धुलो देखाएर इराकमा आम विनाशकारी आणविक हतियार रहेको दाबी गरे । यस्तो झूटो प्रमाण देखाई पावेलले संयुक्त राष्ट्र सङ्घलाई समेत आश्चर्य चकित पारेका थिए ।
तर, उनले आफ्नो ‘मेरो अमेरिकी यात्रा’ पुस्तकमा ‘म मरेपछि दिइने वक्तव्यमा इराक हमलाले पक्कै पनि महत्वपूर्ण अनुच्छेद ओगट्नेछ’ भनेका छन् । त्यसको अर्थ हो– २००३ को संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा उनले अमेरिकी परराष्ट्रमन्त्री तथा अमेरिकी संयुक्त सेनाका अध्यक्षको हैसियतले झूट बोलेकोमा र संसारलाई अँध्यारोमा राखेकोमा उनलाई ठूलो पछुतो भएको र उनलाई मर्नसमेत गा¥हो भएको हल्ला फैलियो – यो स्वाभाविक हो ।
त्यस्तै, अमेरिकी पूर्वराष्ट्रपतिहरूमध्येका बाबु र छोरा बुश पनि इराकमाथिको अत्याचारले जिउँदै मरेतुल्य भएकी श्रीमती बुशको उपचार बन्द गराइ मृत्युवरण गरेको अर्को एक उदाहरण हो ।
पावेललाई जस्तै पद र पैसामा बिक्ने राजनैतिक व्यक्तिहरूलाई अमेरिकी गुप्तचर विभाग र सेनाले विन लादेनको हत्या गर्न राष्ट्रपति बाराक ओबामालाई अगाडि सारेका थिए । इराकमाथिको आक्रमण र विन लादेनको हत्यापछि अरब संसारको आक्रोशबाट बच्न अमेरिकी साँचो शासक सीआइए तथा सेनाले अफ्रिकी अमेरिकीहरूलाई अगाडि सारेको बारे दुईमत नहोला । अमेरिकी जातिवादी शासक वर्गले विदेशमा आक्रमण तथा अन्याय गर्न अफ्रिकी–अमेरिकीहरूलाई अगाडि सारेर अमेरिकाप्रति संसारको आक्रोशलाई नरम पार्ने एक जालसाजी गरेको भनेमा फरक पर्नेछैन ।
अमेरिकी राष्ट्रपतिहरूकै भाषणसमेत गुप्तचर विभाग तथा सेनामार्फत शासक वर्गले लेख्न लगाएको बारे ट्रुमेन र ट्रम्पले लेखेका र बोलेका छन् भने पावेल र ओबामाका कतिपय भाषण र काम कारबाहीमा जातिवादी अमेरिकी शासक वर्गले संसारलाई धोका दिने काम गर्दै आएको प्रस्ट छ ।
दोमासेहरूलाई उदाङ्ग्याऔँ
कार्तिक ४ को ‘मजदुर दैनिक’ मा ‘चीनबाट झिकाएको रासायनिक मल आउन सुरु’ भन्ने शीर्षकको समाचार पढेँ ।
उक्त समाचारअनुसार ‘सिल्क ट्रान्स्पोर्ट प्रालि’ मार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपीसहित ४० हजार मेट्रिक टन रासायनिक मल मगाइएको थियो । “तर, चिनियाँ पक्षले समन्वयकारी भूमिका निर्वाह नगरेको हुँदा लामो समयसम्म सो मल खासा क्षेत्रमै रोकिएर रहेको सिल्क ट्रान्सपोर्ट प्रालिले आरोप लगाएको” बताइएको छ ।
हरेक वर्ष नेपालमा रासायनिक मल जिल्ला–जिल्लामा समयमा वितरण नगर्दा भारतीय सीमाबाट महँगो दरमा कमसल मल किन्न किसान बाध्य छन् । परिणामतः नेपालमा कृषि उत्पादन कम हुन्छ । यसले गर्दा उत्पादन मूल्य बढ्छ । नेपाली किसान र देशलाई घाटा पार्ने ती मलका व्यापारीहरू नै यसका दोषी हुन् ।
तर, सरकारले यस्ता देशद्रोही तथा दोमासे व्यापारीहरूको तीनपुस्ते तस्बिरसमेत छापेर जनतालाई सुसूचित गर्नुपर्ने हो तर त्यसो कहिल्यै गरिएन । कृषिमन्त्री बनेर नेता टोपलेका भलाद्मीहरू पनि ‘चन्दाको थैली’ को कारण ती किसानविरोधी र देशविरोधीहरूको पोल खोल्न मान्दैनन् ।
इमानदार भएका भए तिनीहरूले यस्तो भन्नुपर्ने थियो– “भारतले कलकत्ताबाट नेपाललाई रासायनिक मल समयमा ल्याउन दिँदैन, कतिपय व्यापारीको पुँजीसमेत ‘भारतीय’ हो ।” नेपालमा अन्न वा कृषिजन्य सामान कम भएको समयमा भारतले ‘विषादी’ भएका सामान महँगो भाउमा नेपाली जनतालाई बेच्छ ।
त्यस्ता अखाद्य वस्तु कहीँकतै सीमाका कर्मचारीले नेपालभित्र छिर्न दिएन भने तत्काल भारतीय दूतावासमार्फत ‘अखाद्य’ वस्तु नेपाल भित्याउन बाध्य गरिन्छ । नेपाली किसान, व्यापारी र उपभोक्ताहरूलाई आर्थिकरूपले तनावमा पार्ने र नेपालमा कृषि क्षेत्रमा पनि भारतीय पुँजीको एकाधिकार कायम गर्ने भारतीय पुँजीको षड्यन्त्र हो ।
नेपाल सरकारको ‘साल्ट ट्रेडिङ कम्पनी’ वा पञ्चायत कालमा भए समाजवादी देशहरूसँग व्यापार गर्ने ‘नेसनल ट्रेडिङ कम्पनी’ ले जनतालाई सस्तो र राम्रो सामान दिन्थ्यो । प्रजातन्त्रको पुनः स्थापनापछि विदेशी पुँजीको सहयोग पाएका दोमाषे व्यापारीहरूको कारण सामानमा मिसावट भएजस्तै व्यापार बन्दोबस्तमा समेत जालझेल र निहुँ खोजेर नेपाल र नेपाली जनताको चीन र चिनियाँ जनतासम्मको सम्बन्धसमेत धमिलो पार्ने गरी आएको अनुभव संवेदनशील नेपाली जनताले गर्दै आएका छन् ।
भारत सरकार उत्तरी नाकाहरूबाट सामान नपठाउन नेपाल सरकारलाई दबाब दिन्छ । केही नेपाली व्यापारीहरूले भने चीन पक्षलाई दोष दिन लगाएको भुक्तभोगीहरू बताउँछन् ।
दसैँको एक महिनाभरिमै नेपालको झन्डै वर्षभरिको आधा व्यापार हुन्छ । तर, चाडपर्वअगाडिदेखि उत्तरको नाकाबाट सा¥है थोरैमात्र सामान भित्रियो । दसैँ सकियो अब एक दोमाषे व्यापारी कम्पनीले अरूलाई लाञ्छना लगायो । नेपाली जनतालाई सधँै मूर्ख बनाउन सक्दैन । अमेरिकी र भारतीय दबाबकै कारण भारतीय पुँजीका दलालहरू सरकार र उद्योग वाणिज्य सङ्घमा पुगेका छन् । नेपाल र नेपालको अर्थतन्त्रको निम्ति यो राम्रो लक्षण होइन । समयमा सबै सचेत भएन भने दोमाषे बनेका नेपाली व्यापारीहरूलाई भारतीय एकाधिकार पुँजीले विस्थापित पार्ने निश्चित छ ।
Leave a Reply