जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
काठमाडौँ, ८ कार्तिक । नेपालको माओवादी दाबी गरेका दाहाल र भट्टराईलाई भारत सरकारको सहयोग भएको भारतीय सेनाका पूर्वजर्नेल गगन दीप बक्सीले थप सार्वजनिक गरे । (न्यूज २८ पोष्ट, २०७८ जेठ ९) यसअघि दाहाल र भट्टराई नेतृत्वको दश वर्षको सशस्त्र द्वन्द्वलाई भारत सरकारको सहयोग भएको भारतका तत्कालीन विदेशमन्त्री प्रणव मुखर्जी र भारतीय प्राध्यापक एसडी मुनिले सार्वजनिक गरेका थिए ।
पूर्वजर्नेल बक्सीले एबीपीको न्यूजको अन्तर्वार्तामा भने, “म सीधा भन्छु कि यो भारतले गरेको आफैमाथिको गोल थियो । अब मिल्यो नि फल ।”
उनले थपे, “हिन्दू राज्य ध्वस्त पारेर माओवादीलाई स्थापित गर्नु हाम्रो ठूलो गल्ती थियो । हामी छत्तीसगढमा माओवादीसँग लडिरहँदा काङ्ग्रेस आईको पालामा नेपालमा जेएनयूबाट कम्युनिस्ट (बाबुराम भट्टराई ?) पठाउने गल्ती भयो ।
उनले पटक–पटक चीनलाई कम्युनिस्टले नेपालमा ठाउँ दिएको र चीनले नेपालमा अर्बौँ रुपैयाँ खर्च गरिरहेको आरोप लगाए । यस्तै आरोप भारतका प्रमुख रक्षा अध्यक्ष जनरल विपिन रावतले हालै लगाएका छन् ।
अमेरिकी साम्राज्यवादको उक्साहटमा भारत दक्षिण एसियाका देशहरू चीन, पाकिस्तान, अफगानिस्तासँग शत्रुतापूर्ण नीति लिँदै छ । नेपालमा भारतबाट ९० प्रतिशत आयात छ भने चीनसममेत बाँकी देशबाट १० प्रतिशत आयात हुन्छ । नेपालको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुग्यो । प्रत्येक नेपालीको टाउकोमा ५६,६८३ रुपैयाँको ऋणभार छ । नेपालको अर्थतन्त्र भारतको कब्जामा छ ।
एसियासँगै बाँकी विश्वका अधिकांश गरिब देशहरूमा कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने देश चीन नै हो । भारतले नेपालसँग भुक्तानी लिइसकेको १० लाख खोप वर्षदिन भयो तर पठाएन । चीनले नेपाललाई लाखौँ खोप सहयोग र करोडौँ खोप आपूर्ति ग¥यो । भारत आफूले लिएको पैसाको खोपसमेत नेपालमा नपठाउने, चीनको सहयोगमा इष्र्या गर्ने र साझा भविष्यको निम्ति सहकार्यसहितको चीनको बेल्ट एन्ड रोडको प्रस्तावलाई अमेरिकी साम्राज्यवादले ‘चीनको प्रभुत्व’ जस्ता झूट प्रचार गर्दै छ भने चीनको प्रगति रोक्न व्यापार युद्ध अघि सा¥यो । केही वर्षयता अमेरिकी साम्राज्यवाद हिन्द–प्रशान्त क्षेत्रमा सैन्य गठबन्धन बनाउन एमसीसी सम्झौताको जाल फैलाउँदै छ । भारत अमेरिकी साम्राज्यवादको यही जालोमा नेपालसमेतलाई फसाउने र नेपालमा टेकेर चीनविरुद्ध विष वमन गर्ने नियत अघि सार्दै छ । यसो गर्नु भारत र बाँकी एसियाको हितमा छैन । समयमै भारत सचेत हुनु जरुरी छ ।
भारतले शान्ति प्रक्रियामा पठाएको माओवादीले २०७४ को स्थानीय चुनावमा नेकासँग गठबन्धन गरेर निर्वाचित स्थानहरू प्राप्त ग¥यो भने सङ्घीय संसद र प्रदेश सभाको चुनावमा एमालेसँग चुनावी गठबन्धन गरेर स्थान प्राप्त ग¥यो । आउने स्थानीय र सङ्घीय तथा प्रदेशसभाको चुनावमा माओवादी, नेका, एकीकृत समाजवादी र जसपासँग चुनावी गठबन्धन गरी निर्वाचित स्थान हात पार्ने जालसाजी भइरहेको छ ।
भारतले नेपालमा नेकामार्फत आफ्नो प्रभाव कायम गरेको हो भने अहिले माओवादी र यो सँग गठबन्धन गरेका दलहरूमार्फत आफ्नो प्रभावलाई प्रवद्र्धन गर्दै छ । नेपाली जनता सचेत हुनु जरुरी छ ।
एमाले अध्यक्ष ओलीले दाहालसँग मतभेद भएपछि भने, “सशस्त्र द्वन्द्वको बेला दाहाल जङ्गलमा बसेका होइनन्, जेलवाला तेल लगाएर जुल्फी कोरेर भारत बसेका थिए ।”
माओवादीद्वारा २०५९ मंसिर ९ गते मारिएका दोलखाको ठूला पाताल गाविसका अध्यक्ष बुद्धिमान पाखि«नका श्रीमती एमाले सांसद शान्तिमायाले २०७४ सालमा एमालेको माओवादीसँगको चुनावी गठबन्धन कुनै पनि हालतमा नटिकोस् भनी कामना गरेको सार्वजनिक गरिन् । दाहाल आफैले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजारको दोषी आफू भएको स्वीकार गरे । तर, शान्तिमाया आफ्नो लोग्नेको हत्या गर्नेहरूसँग संसदमा जम्काभेट भएको सम्झैँदै भन्छिन्, “हामी सांसदले त न्याय पाइरहेका छैनौँ भने आम नागरिकको हाल के होला ?”
भारतीय अधिकारीहरू माओवादीलाई कम्युनिस्ट ठान्छन् । कम्युनिस्ट माओवादीले भारतीय अधिकारीहरूले सुझाएमुताविक हतियार बिसाएर शान्ति प्रक्रियामा आउँछन् ? कम्युनिस्ट भए भारतीय अधिकारीहरूले माओवादीलाई जेलवाला तेलसहित जुल्फी कोरेर भारतमा बस्न दिन्छन् ?
डा. सुन्दरमणी दीक्षितले दाहाललाई ‘बाइपोलर डिप्रेसन’ रोग लागेको उल्लेख गर्दै आगामी निर्वाचनपछि दाहाल र माधव गुटको हरविजोग हुने भएकोले ती दुवैलाई निर्वाचनअघि नै मोजमस्ती गर्न सुझाए ।
Leave a Reply