भर्खरै :

चीन–संरा अमेरिका सम्बन्धमा भारत कहाँ ?

पेइचिङ र वाशिङ्टनबीचको तनक्क तन्किएको डोरीमा हिँड्न नयाँ दिल्ली अभ्यस्त थियो । तर, पछिल्ला वर्षमा नयाँ दिल्लीले संरा अमेरिकातिर ढल्किने निधो गरेको छ । उसले चीनप्रति ज्यादै निर्मम नीति अङ्गीकार गरेको छ । उसले आफ्ना भूराजनीतिक स्वार्थ अघि बढाउन पेइचिङ र वाशिङ्टनबीचको द्वन्द्वबाट पनि लाभ उठाउन प्रयास गरेको छ ।
तथापि, चीन र संरा अमेरिकाबीच हालै भएको औपचारिक संवादले दुई देशबीचको सम्बन्धमा निश्चित सुधार ल्याउन केही सकारात्मक सङ्केत गरेको छ । भारतको लागि यो गलत हिसाब हुन सक्छ । त्यही भएर केही भारतीय विद्वानहरू चीन र संरा अमेरिकाबीचको सम्बन्धका कारण चिन्तित छन् ।
हालसालै भारतीय सञ्चारमाध्यम ‘द ट्रिव्युन’ मा प्रकाशित एक लेखमा तर्क गरिएको छ, “चीनसँग संरा अमेरिकाको सम्बन्ध पुनः राम्रो हुनुको अर्थ संरा अमेरिका–चीनबीचको समस्याबाट लाभ उठाउने नयाँ दिल्लीको आशा घट्नु हुनेछ ।”
त्यसका साथै गत महिना संरा अमेरिका, बेलायत र अस्टे«लियाले अउकस नामको त्रिपक्षीय सुरक्षा साझेदारी गठन गरेका छन् । त्यो सम्झौतामा क्वाडका दुई सदस्यहरू जापान र भारतलाई सामेल गरिएको छैन । त्यसले गर्दा क्वाडका यी दुई सदस्यलाई असहज स्थानमा पु¥याएको छ । यी सबै परिस्थितिले एउटा प्रश्न जन्माएको छः के नयाँ दिल्लीको रणनीति गलत दिशातिर उन्मुख छ ?
माथि चर्चा गरिएको लेखका लेखक तथा भारतको चिन्तन संस्था अब्जर्भर रिसर्च फाउन्डेसनका सम्मानित व्यक्तित्व मनोज जोशीले रणनीतिको क्षेत्रमा काम गर्ने भारतीय निकायहरूले केही हदसम्म चीन–संरा अमेरिकाबीचको सम्बन्धलाई गलत मूल्याङ्कन गरेको बताए । उनका अनुसार संरा अमेरिका र चीनलाई आपसमा जोड्ने गहिरो व्यापार र लगानी सम्बन्धबारे बुझाई नपुगेको बताए । फलतः यसले दुई देशबीच एउटा उल्लेखनीय आकारको स्वार्थ समुह बनेको छ ।
चीनको अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत एसिया–प्रशान्त अध्ययन विभागका निर्देशक लान चियानस्युले चीन र सांर अमेरिकाबीचको सम्बन्धबारे भारतले गलत मूल्याङ्कनमा सहमति जनाए । उनको विचारमा पेइचिङले वाशिङ्टनको अन्त्यहीन दमन र घेराबन्दी सम्हाल्न नसक्ने नयाँ दिल्लीले गलत तरिकाले सोचेको हुन सक्ने बताए ।

भारतको गलत मूल्याङ्कनको परिणाम निकै घातक हुन सक्छ । परिणामतः नयाँ दिल्लीले आफ्नो शक्तिको बढ्ता आङ्कलन गर्ने मात्र होइन, चीनको मनसायसमेतको गलत व्याख्या हुनसक्छ ।
यद्यपि, जोशी भारतले चीन वा संरा अमेरिकासँगको सम्बन्धमा कुनै पुनःविचार गर्न नपर्ने धारणा राख्छन् । उनका अनुसार, भारतले द्वन्द्वलाई बढाउने आशा गरेको हुन सक्छ । तर, यो भनेको चीन–संरा अमेरिकाबीचको नयाँ तहको समझदारीको अभावको कारण भएको हो । बाइडेन सरकारले यसलाई ‘रणनीतिक प्रतिस्पर्धा’ भन्ने गरेको छ, ‘रणनीतिक द्वन्द्व’ भनेको छैन ।

नयाँ दिल्लीले वाशिङ्टनको दबाबसामु चीनले आत्मसमर्पण गर्ने सोचेको हुनुपर्छ । यही गलत मूल्याङ्कनको कारण भारतको दशकौँदेखि आफू अडिग रहेको विदेश नीति असंलग्नताको कूटनीतिबाट मोडिएको हुनुपर्छ ।
तर, नयाँ दिल्लीले सर्वप्रथम त चीन र संरा अमेरिकाबीच बिग्रँदो सम्बन्धलाई आफ्नो प्रभाव विस्तार गर्न फाइदा उठाउने सोच्नु नै पनि गलत हो । “भारतको यो रणनीतिक मनसाय नै गलत छ । चीन–संरा अमेरिका सम्बन्ध बिग्रनु वा कोही तनाव हुनुले भारतको प्रभाव विस्तार हुन आवश्यक छैन”, लानले भने ।
भारतको गलत मूल्याङ्कनको परिणाम निकै घातक हुन सक्छ । परिणामतः नयाँ दिल्लीले आफ्नो शक्तिको बढ्ता आङ्कलन गर्ने मात्र होइन, चीनको मनसायसमेतको गलत व्याख्या हुनसक्छ ।
यद्यपि, जोशी भारतले चीन वा संरा अमेरिकासँगको सम्बन्धमा कुनै पुनःविचार गर्न नपर्ने धारणा राख्छन् । उनका अनुसार, भारतले द्वन्द्वलाई बढाउने आशा गरेको हुन सक्छ । तर, यो भनेको चीन–संरा अमेरिकाबीचको नयाँ तहको समझदारीको अभावको कारण भएको हो । बाइडेन सरकारले यसलाई ‘रणनीतिक प्रतिस्पर्धा’ भन्ने गरेको छ, ‘रणनीतिक द्वन्द्व’ भनेको छैन ।
संरा अमेरिका सरकारले जस्तो सुकै शब्दावली प्रयोग गरे पनि वाशिङ्टनले पेइचिङलाई घेराबन्दीमा पार्ने नीति सजिलै त्याग्ने छैन । त्यसको अर्थ नयाँ दिल्ली वाशिङ्टनको पछि लाग्न छोड्ने छैन । तर, लानको विचारमा नयाँ दिल्लीले संरा अमेरिकालाई आँखा चिम्लेर पछ्याउन क्रमशः छोड्दै जानेछ । “वाशिङ्टनबाट लगातार आफुलाई धोखा दिएको र साझेदारी तथा सहयोगीबाट आफूलाई छोड्दै गएको कुरा भारतीयहरूले प्रत्यक्ष भोग्दै आएका छन् । विशेषतः अफगानिस्तान यसको उदाहरण हो । त्यसकारण संरा अमेरिकाको पछि लाग्नै भारतको प्रतिबद्धताले आफ्नो देशको राष्ट्रिय हित हुने रणनीतिमा उसले पुनःविचार गर्न सक्छ”, उनले भने ।
जहाँसम्म अउकसको सन्दर्भमा भारतको सम्बन्ध छ, जोशी अउकसको उदयले सो क्षेत्रमा क्वाडको भूमिका साँघुरिनेमा सहमत छन् । “यदि भारतका नीति निर्माताहरू क्वाड हिन्द–प्रशान्तमा संरा अमेरिका गुटबन्दीको लक्ष्मणरेखा ठाने, त्यो उनीहरूको गल्ती हो । अब क्वाडलाई प्रस्टतः दोस्रो प्राथमिकताको भूमिकामा सीमित गरिएको छ”, उनले थपे । लानको भनाइमा अउकस र क्वाड वाशिङ्टनको विदेश नीतिको औजारमा सीमित रहनेछ । यो दृष्टिकोणअनुसार उनीहरूले संरा अमेरिकाका विभिन्न भूराजनीतिक स्वार्थ पूरा गर्न आफूलाई तोकिएको भूमिका खेल्नेछन् । यी दुई संरचनाबीच भिन्नता भनेको बेलायत र अस्टे«लियाप्रति संरा अमेरिकाको विश्वास हो । खासमा यी दुवै देश संरा अमेरिकामा भित्रियाहरू हुन् । भारतजस्ता देशहरूमाथि नियन्त्रण गर्न कठिन हुन्छ । “पेइचिङविरुद्ध अर्को ट्रम्प कार्डको रूपमा अउकसमा पनि नयाँ दिल्लीलाई स्वागत गर्न सक्छ । तर, भारतले वाशिङ्टनले आफूलाई विश्वास नगर्ने कुरा बिर्सनुहुन्न”, लानले भने ।
(लेखक चिनियाँ सञ्चारमाध्यम द ग्लोबल टाइम्सका लेखक हुनुहुन्छ ।)
नेपाली अनुवाद : सुमन
स्रोतः ग्लोबल टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *