भर्खरै :

निकेन बने च्याम्पियन

पोखरा, १४ कार्तिक । अन्तर वडास्तरीय वडाध्यक्ष कप रेपिड चेस टुर्नामेन्टमा भक्तपुर नगरपालिका वडा नं ६ का युवा खेलाडी निकेन कुसाथा च्याम्पियन बने । स्वीसलिग ९ चरणको खेलमा निकेनले ६ जीत र ३ बराबरी खेलेर साढे सात अङ्क जोडेका थिए । उनले आकर्षक कपसहित नगद १५ हजार र प्याराग्लाइडिङ्ग प्याकेज हात पारे ।
माइन्ड फ्रेस चेस क्लव, पोखरा मनपा–१७ द्वारा आयोजित प्रतियोगितामा समान ७ अङ्क भए पनि प्रोग्रेसिव टाइब्रेकमा हेटौडा उपमनपा–१ का कृष्ण थापा दोश्रो, काठमाडौँ मनपा–२५ का पूर्वनेपाल च्याम्पियन बद्रिलाल नेपाली तेश्रो, रौतहटका फिडेमास्टर रूपेश जैसवाल चौथो, स्याङ्गजाका युवराज पौडेल पाँचौँ र काठमाडौँका युवा खेलाडी पुरुषोत्तम सिलवाल छैटौँ भए ।
त्यसैगरी पोखराका रामबहादुर क्षेत्री सातौँ, पोखराकै महेश्वर अधिकारी आठौँ, भक्तपुरका जगन्नाथ ताम्राकार नवौँ र दमकका जीवन मैनाली दसौँ भए । उनीहरूले जनही एक हजार नगद हात पारे ।
छोरेपाटन माविको हलमा सञ्चालित प्रतियोगितामा भक्तपुरका गणेशमान दुवाल उत्कृष्ट भेट्रान र पोखराका बिनोद नाल्मी अनरेटेडतर्फ उत्कृष्ठ घोषित भए । उनीहरूले जनही नगद २ हजार प्राप्त गरे ।
तीनदिने प्रतियोगितामा १५ जिल्लाका विभिन्न वडाबाट ७६ जना खेलाडीहरू सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *