भर्खरै :

सर्वसुलभ उपभोक्ता सहकारी संस्थाको साधारण सभा

भक्तपुर, १४ कार्तिक । सर्वसुलभ उपभोक्ता सहकारी संस्थाको सातौँ साधारण सभा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका पूर्वउपमेयर चैत्यराज शाक्यले सहकारिताको माध्यमबाट स्थानीय उपभोक्ताहरूलाई जागरुक बनाउने र उपभोक्तासमक्ष सरलरूपमा खाद्य तथा उपभोग्य वस्तु बिक्री वितरण गर्ने उद्देश्यले स्थापना भएकोले उक्त कार्यलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो ।
भक्तपुर नगरपालिका वडा नं.१० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले जनताको समस्या समाधान गर्ने कार्य गर्नु नै जनताको सेवा गर्नु हो भन्नुभयो । उहाँले सहकारी पसल सामूहिक कार्य भएकोले उचित मूल्य र गुणस्तरीय सामानमात्र बिक्री त्यसबाट बजारमा समेत मूल्य नियन्त्रण हुने बताउनुभयो ।
संस्थाका सल्लाहकार कृष्णभक्त लवजुले अस्वाभाविक मूल्यवृद्धि र कालाबजारी गर्ने कामलाई निरुत्साहित गर्नुपर्ने र नगरको हरेक वडामा उपभोक्ता पसलको आवश्यकता भएको कुरामा जोड दिनुभयो ।
उक्त कार्यक्रममा पूर्वअध्यक्ष एवं सल्लाहकार कृष्णगोविन्द लाखाजुले सहकारीको वर्तमान अवस्थाबारे बोल्नुभएको थियो ।
सचिव नारायणमान बनमाला, कोषाध्यक्ष शिवराम साँद र लेखासुपरिवेक्षण समितिका संयोजक मिजरत्न शाक्यले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद लाखाको सभापतित्वमा सभा सञ्चालन भएको थियो । कार्यक्रममा गणेशराम मुस्याख्व र तुल्सीदास दुमरुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *