बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
नेपाल आयल निगमले शनिबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३÷३ रुपियाँ, हवाई इन्धनमा १० रुपियाँ बढाएको छ । खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर ५० रुपियाँ बढाइयो । मूल्यवृद्धिपछिको नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर १३३ रुपियाँ, डिजेल र मट्टीतेल प्रतिलिटर ११६ रुपियाँ र आन्तरिक हवाई इन्धन प्रतिलिटर ९६ रुपियाँ पुगेको छ भने खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १५०० रुपियाँ पुग्यो । चाडपर्वको मुखमा बजार भाउ जनताको ढाड भाँचिने गरी बढेको छ ।
इन्धनमा मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा वृद्धि हुने र यसपछि सबै सामानको भाउ बढ्ने यथार्थलाई सरकारले बेवास्ता ग¥यो । दसँैअगाडि सार्वजनिक सवारी साधनको भाडा २३ प्रतिशत बढाउन स्वीकृति दिएको सरकारले हवाई इन्धनमा १० रुपियाँ बढायो । यसरी सरकार जनताप्रति अनुत्तरदायी भएको घाम जत्तिकै छर्लङ्ग भयो ।
दिन दुगुना रात चौगुना मूल्यवृद्धि सरकारहरूको परम्परा नै भयो । व्यापारीको ‘लुट’ मा मुकदर्शक भएका शासक दलहरूले चुनावका लागि खर्च उठाएका त होइनन् ?
काजु प्रतिकिलो १५०० रुपियाँ, छोकडा प्रतिकिलो १७५ रुपियाँ, सुकुमेल प्रतिकिलो २९०० रुपियाँ, किसमिस प्रतिकिलो ४२५ रुपियाँ, ल्वाङ प्रतिकिलो १२८० रुपियाँ, पेस्ता प्रतिकिलो १६६० रुपियाँ, बदाम प्रतिकिलो १०७५ रुपियाँ, ओखर प्रतिकिलो ५२५ रुपियाँ पुगेको नेपाल उद्योग वाणिज्य सङ्घले जनाएको छ । दसँै अगाडिमात्र ५० रुपियाँभन्दा बढी मूल्य बढेको खानेतेल प्रतिलिटर २६८ रुपियाँबाट २९५ रुपियाँ पुगेको छ ।
छिमेकी देश भारत र चीनबाट आयात हुने तिहारको झिलिमिली बत्तिमा २५ देखि ३० प्रतिशत मूल्यवृद्धि भएको व्यवसायीको दाबी छ । सिमेन्ट, रड लगायतका निर्माण सामाग्रीमा पनि दसँै लगत्तै मूल्यवृद्धि भयो । यसबाट निर्माण लागत बढ्यो ।
चिनी प्रतिकिलो ९५ रुपियाँ, मैदा प्रतिकिलो ५० रुपियाँ, आटा प्रतिकिलो ४८ रुपियाँ थोक दर रहेको नेपाल खाद्य किराना व्यवसायी सङ्घले जनायो । स्वदेशी उत्पादन पर्याप्त नभएकोले भारतबाट ल्याउनुपरेको हुँदा मूल्य बढेको व्यापारीको दाबी छ ।
कृषिप्रधान देश भएर पनि सरकारले कृषकका लागि केही गरेको छैन । उत्पादन वृद्धिका लागि गुणस्तरीय रासायनिक मल स्वदेशमै उत्पादन गर्नुपर्नेमा नक्कली र म्याद नाघेको मल नेपाल भित्रिरहेको छ । उन्नत बिउबिजनले उत्पादन बढ्ने निश्चित छ । देशको हावापानी सुहाउँदो बिउबिजन देशमै उत्पादन गर्नुपर्नेमा विदेशबाट बिउबिजन आयात भइरहेको छ । यसबाट बिउबिजनका लागि मात्र वर्षमा अर्बौँ रकम विदेशिएको छ ।
चुनावका लागि सरकारमा गएका पार्टीहरूले व्यापारीसँग मोटो रकम असुलेको हुँदा मूल्यवृद्धि नियन्त्रणमा ती शासकहरू उदासीन भएका त होइनन् ? पैसा र सामान बाँडेर चुनाव जितेका पार्टीहरूले जनताको ढाड सेक्ने गरी मूल्य बढाएको हुँदा जनता मूल्यवृद्धिको विरोध गर्दै छन् । कर्पोरेटहरूको नुन खाएका शासकहरूबाट मूल्यवृद्धिको विरोध नहुने भएकोले दैनिक गुजारा गरी हातमुख जोर्नुपर्ने कामदार जनताले मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्नु आजको आवश्यकता हो ।
Leave a Reply