भर्खरै :

आज विभिन्न जिल्लामा भिन्तुना ¥याली र बोडेमा साहित्य सम्मेलन

काठमाडौँ, १८ कार्तिक । आज शुक्रबारदेखि लागू हुने नेपाल संवत् ११४२ को अवसरमा देशका विभिन्न जिल्ला र स्थानमा जुलुस, सभा, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । शुभकामना आदान–प्रदान कार्यक्रमका साथै विभिन्न बाजागाजाका साथ प्रभातफेरी, साहित्य सम्मेलन, नेपाल संवत्बारे अन्तरक्रिया तथा प्रकाशित पुस्तकबारे छलफलको कार्यक्रम हुने जानकारी प्राप्त भएको छ । त्यसरी नै काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेलगायतका जिल्लाका विभिन्न स्थानमा शुभकामना आदान–प्रदान, भिन्तुना ¥याली र सभा तथा विविध भाषा साहित्य सम्मेलन हुँदै छ ।
नेपालभाषा साहित्य तःमुंज्या भक्तपुरले बिहान भिन्तुना ¥याली र सभा गर्नेछ । बिहान ७ः०० बजे सुरु हुने उक्त भिन्तुना ¥याली सूर्यमढी र गःहिटीबाट सुरु हुनेछ ।
नेपाल भाषा साहित्य तःमुंज्या ललितपुरको आयोजनामा ७ः३० बजे पाटनको त्यागलमा शुभकामना आदान–प्रदान हुनेछ ।
त्यस्तै प्रत्येक वर्ष आजकै दिन बोडेको ख्वपलाँमा बिहान ६ः३० बजे भिन्तुना ¥याली तथा सभा हुन्छ भने बिहान ११ बजे बोडेको लाछी टोलमा २३ औँ विविध भाषा साहित्य सम्मलेन सुरु हुनेछ ।
यसरी नै भक्तपुरकै सूर्यविनायक, चाँगुनारायणमा भिन्तुना ¥याली तथा सभा हुनेछ । सूर्यविनायक प्रगतिशील सांस्कृतिक समाजले बिहान ६ः३० बजे गुण्डुको फाँजु टोलबाट भिन्तुना ¥याली सुरु गर्नेछ । चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजले बिहान ६ः३० बजे ताथलीको सौडोलबाट भिन्तुना ¥याली सुरु गर्नेछ । चाँगुनारायण विकास समितिले चाँगुनारायण मन्दिर परिसरबाट भिन्तुना ¥याली सुरु गर्नेछ । नवसमाज निर्माण पुस्तकालयले बिहान ८ बजे बलम्बुमा, न्हुँद हना खलः टोखाले ससस्वती टोखामा बिहान ६ः३० बजे र आयाम बुलेटिन प्रकाशन समूहले दिनको १ः०० बजे बनेपामा शुभकामना आदानप्रदान गर्नेछ ।
सबै आयोजक समितिले भिन्तुना ¥याली तथा विविध साहित्य सम्मेलनमा सहभागिताको निम्ति किसान, मजदुर, विद्यार्थी, युवा, शिक्षक, महिला, कर्मचारी, बुद्धिजीवी, व्यापारी, व्यवसायी तथा भाषाप्रेमीहरूलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *