चिकपाद्वारा पार्टी स्वशासनलाई दृढताका साथ सुदृढ गर्न रणनीतिक योजनाहरू तयार
- आश्विन ६, २०८३
काठमाडौँ, १८ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँ महानगर समितिको आयोजनामा नेपाल संवत् ११४२ नयाँ वर्षको अवसरमा बिहीबार कामपा वडा नं ५ विशालनगरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले संयुक्त राष्ट्र सङ्घमा सदस्य हुन नेपालले नेपालभाषाको रञ्जना लिपि पेश गरेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल संवत्को सुरुसम्बन्धी वैज्ञानिक आधार खोजी हुनु जरुरी छ । प्राध्यापक माणिकलाल श्रेष्ठका अनुसार राणा प्रधानमन्त्री चन्द्रशमशेरले भारतका राजा विक्रमादित्यको नामको विक्रम संवत् सुरु गरेका थिए भने अर्का राणा प्रधानमन्त्री जुद्धशमशेरले नेपाल संवत् हटाएर विक्रम संवत्मात्र चलाएका थिए ।”
उहाँले संस्कृतिलाई अन्धविश्वाससँग जोड्न नहुने धारणा राख्नुभयो ।
सचिव सुवालले संस्कृतिअन्तर्गत भाषा, साहित्य, कला, बोली–व्यवहार, लवाइ–खवाइ सबै पर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनताको साहित्यमा अन्याय, अत्याचार, भ्रष्टाचारको विरोध र नयाँ समाज निर्माणको जोडदार आह्वान गरिएको हुन्छ । भौतिक बल र सम्पत्तिको अगाडि झुक्नु पुँजीवादी संस्कार हो ।”
“चीनले २०–२० लाख जनसङ्ख्याको सहर विकास गर्ने नीति बनायो । नेपाल सरकारले काठमाडौँमा करोडौँ जनसङ्ख्या राख्ने नीति बनाएको गलत छ । यसरी नै जनसङ्ख्या वृद्धि भए काठमाडौँका मानिसहरू निस्सासिएर मर्नुपर्ने हुन्छ । यस्तो स्थिति आउन नदिन अहिले नै सचेत हुन जरुरी छ” सचिव सुवालले भन्नुभयो ।
एमसीसी सम्झौता अमेरिकी सैन्य गठबन्धन हतियारको व्यापार र एसियामा युद्ध गराउने रणनीति भएकोले यो सम्झौता खारेज गराउनुपर्नेमा सचिव सुवालले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “प्रधानन्यायाधीशले मन्त्री भागबन्डा मागेको विरोधमा नेपाल मजदुर किसान पार्टीले असोज २२ गतेको प्रतिनिधिसभाको बैठकमा आवाज राखेको हो । संवैधानिक परिषद्मा प्रम अध्यक्ष र सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता हुँदा भागबन्डा गर्न सजिलो भयो ।”
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाले व्यक्तिको नाममा संवत् स्थापना नगरी देशको नाममा स्थापना गर्नु समाजसेवीको उदाहरणीय काम हो भन्नुभयो ।
सत्तासीन पार्टीहरूको स्वार्थको कारण देश बर्बादतिर गइरहेको तर्फ उहाँले सचेत गराउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँ महानगर समितिका संयोजक कुलनारायण डंगोलको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा काठमाडौँ महानगरका अध्यक्ष सुरेन्द्र महर्जन, इन्जिनियरिङ समाजका अध्यक्ष रवीन्द्र फोजु, इन्द्रमान महर्जन, कामपा वडा ५ पार्टी एकाइ अध्यक्ष कृष्णहरि महर्जन, गोपाल डंगोललगायतले बोल्नुभएको थियो ।
नेपालभाषाको साहित्य, कला, संस्कृतिको विकास र संरक्षण गर्ने उद्देश्यले काठमाडौँ महानगरमा नेपालभाषा साहित्य तःमुंज्या गठन भएको थियो ।
Leave a Reply