अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
कर्णाली प्रदेशमा मुख्यमन्त्री फेरिएको छ । धेरैले सोच्दै नसोचेका मानिस मुख्यमन्त्री बने । कर्णाली प्रदेशको मुख्यमन्त्री जीवनबहादुर शाही बनेकोमा उनको मन्त्रिमण्डलमा सामेल हुने सांसद र उनका केही आउरेबाउरेहरूबाहेक कसैलाई खासै उत्साहित पारेको छैन । यसअघिका मुख्यमन्त्रीले धेरै कुरा घोषणा गर्ने र थोरै गरेर देखाउने गर्थे । नयाँ आएका मुख्यमन्त्रीले थोरै कुरा घोषणा गरेर केही नगर्ने प्रवृत्ति देखाएमा कसैले आश्चर्य नमाने हुन्छ । बरू विभिन्न कागजी योजना सम्पन्न गरेर प्रदेशको बजेट लुटपाट नहोला भन्न सकिन्न । संविधानसभा र व्यवस्थापिका संसद्को सदस्य हुँदा निर्वाचन विकास क्षेत्रको हुम्लाको बजेट काङ्ग्रेसका नेता–कार्यकर्ताहरूलाई बाँडिएको थियो । पाँच वर्षको यस अवधिमा जीवनबहादुर शाही मुख्यमन्त्री बन्लान् भनेर त कसैले सोचेका थिएनन् तर नेकपा र एमाले विभाजन तथा असैद्धान्तिक गठबन्धनको सम्झौताअनुसार उनी जनअपेक्षाविपरीत सो पदमा पुगेका छन् । नेपाल र चीनबीच हुँदै नभएको सीमा विवादको कुरो उठाएर, दुई देशबीचको सम्बन्धमा चिसोपन ल्याउन भूमिका खेलेर उनी चर्चामा आइरहेका थिए । मुख्यमन्त्री पद सायद त्यसैको पुरस्कार पनि हुनसक्छ । ६० वर्षअगाडि नै चीन र नेपालबीचको सीमासम्बन्धी सन्धि भइसकेर त्यसको केही वर्षभित्रै सिमाना निर्धारण भइसकेको थियो । निर्धारित सिमानाअनुसार सीमास्तम्भहरू यथास्थान छन् र कहीँकतै कसैले र दुईमध्ये कुनै पक्षले पनि चलाएको पाइएको छैन ।
माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालका प्रिय मानिएका महेन्द्रबहादुर शाहीले पाँच वर्ष मुख्यमन्त्री चलाएर पछि अरूको सम्भावना नै मेटिदेला भन्ने पिरले पनि माओवादीभित्रैबाट सरकार फेर्ने सम्झौता भएको सुनिन्छ । सहजरूपमा सत्ता हस्तान्तरण गरे पनि निवर्तमान मुख्यमन्त्री शाहीले अर्को वर्ष हुने निर्वाचनबाट पुनः फर्कने आशा परित्याग गरेका देखिँदैनन् । त्यसैले नयाँ मुख्यमन्त्रीलाई धेरै सफल बनाउने काम माओवादी केन्द्रको तर्फबाट पक्कै पनि हुने छैन । सके मन्त्रालयको भागबन्डामै ठूलो रडाको मच्चाउनेछन् । त्यसपछि आ–आफ्नो भागको मन्त्रालयको बजेटमा टर मार्ने काममात्र गर्नेछन् । जसरी हिजोको सरकारले प्रदेश सरकारको बजेट केही आफ्ना नेता–कार्यकर्ता र केही निश्चित स्थानका मतदातालाई केन्द्रित गरेर खर्च गरियो, नयाँ सरकारका मन्त्रीहरूले पनि त्यही काम गर्नेछन् । त्यसैले, सर्वसाधारण कर्णालीवासीका लागि नयाँ प्रदेश सरकार कर्णालीमा मुख्यमन्त्री फेरिएछ रे भन्ने गफको विषयभन्दा बढी केही हुनेछैन ।
–सूर्यबहादुर विष्ट, कालीकोट
Leave a Reply