“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
हेटौँडा, २२ कार्तिक । बाग्मती प्रदेशसभाका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । संवैधानिक प्रावधानबमोजिम मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्छ । गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका पाण्डेले ५९ मत प्राप्त गरे ।
नेपाल मजदुर किसान पार्टी तटस्थ बस्यो । विश्वासको विपक्षमा (एमाले) र विवेकशील साझाको जम्मा ४३ मत खस्यो । राप्रपाले भने उपस्थिति जनाएन । जम्मा १०४ जनाले मतदानमा भाग लिए ।
मतदानमा भाग लिनुभन्दा अगाडि नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले दलको धारणा राख्दै भन्नुभयो, “फ्रान्समा राति सुत्दा एकजना प्रधानमन्त्री बिहान उठ्दा अर्कै । त्यो स्थितिबारे हामीले सुनेका थियौँ, आज हामी भोग्दै छौँ । हाम्रा जनताको अवस्था बेग्लै छ । सिमानाका जनता राति सुत्दा नेपालमा बिहान उठ्दा विदेशी । यो दुर्भाग्यबीच हामी छौँ । यहाँ प्रदेशसभामा दसैँ–तिहार अगाडि एकातिर बसेकाहरू आज अर्कोतिर परेका छन् ¤”
उहाँले भन्नुभयो, “देश अर्को गञ्जागोलमा फस्दै छ । देशघाती एमसीसीका कारण देश ठूलो सङ्कटमा फस्दै छ । यसबारे शासक दलहरूले के धारणा राखेका छन् ? अझै प्रस्ट पारिएको छैन । यो स्थितिमा नेमकिपा तटस्थ रहने जानकारी गराउँछौँ । नेमकिपा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै जनताको भावनाबमोजिम सङ्घर्षरत रहनेछ । हामी पदको झगडाभन्दा टाढा बस्न चाहन्छौँ । नेमकिपाको यो पृथक संस्कार पनि हो ।”
प्रदेशसभा सदस्य गोसाईले प्रश्न गर्नुुभयो, “हिजोको सरकार र आजको सरकारमा के भिन्नता छ भन्नेबारे हामी अझै प्रस्ट छैनौँ । प्रदेशसभामा हामी आइसकेपछिको यो चार वर्षमा तीन सरकार बने । यो कतिको स्वागतयोग्य छ ? शासक दलहरू के–कति कारणले झगडा गर्दै छन् ? भित्री कारणबारे अझै हामी स्पष्ट भइसकेका छैनौँ । यो सरकारले विगतका सुस्तता, पक्षपात, अनियमितता, भ्रष्टाचार रोक्छ कि रोक्दैन ? हामीले विश्वास गर्ने ठाउँ अझै भेटाएका छैनौँ ।”
“नेपाली जनताले राजनीतिक भाँडभैलो खोजेका होइनन् । त्यो रोक्नुपर्छ भन्ने जनताको चाहना हो । राजनीतिक भाँडभैलोका निम्ति, प्रजातन्त्रमाथि छाइरहेको कालो बादलका निम्ति शासक दल नै जिम्मेवार छन्, शासक दलहरूको कुर्सीको झगडामा हामी अल्झिन चाहँदैनौँ । नेमकिपा जनताबीच रहन्छ । देश र जनताको हितमा प्रतिबद्ध रहन्छ । यो झगडामा जनताको हित कहाँनिर छ ? बजारमा महँगी छ । इन्धनको भाउ बढ्दै छ । कोरोनाले अझै ज्यान लिँदै छ । जता हे¥यो उतै अव्यवस्था छ । तसर्थ यो झगडामा हामी सामेल हुन अस्वीकार गर्छौँ”, उहाँले भन्नुभयो ।
Leave a Reply