भर्खरै :

वाकुपति नारायणमा कसिमला पाँय् खेल चालु

भक्तपुर, २३ कार्तिक । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको रजत वर्षको अवसरमा मङ्गलबार वाकुपति नारायण स्थानमा कसिमला पाँय् प्रतियोगिताको पहिलो राउन्ड सुरु भएको छ ।
कसिमला पाँय् प्रतियोगितामा भाग लिएका ६४ जनामध्ये पहिलो राउन्डबाट ३२ जना दोस्रो राउन्डमा जान सफल भएका छन् । संस्थाका अध्यक्ष बलराम प्रजापतिले गोटीको चाल चलाई सुरु गर्नुभएको खेलको उद्घाटन कार्यक्रमको सभापतित्व संस्थाका सञ्चालक सदस्य राजेश प्रजापतिले गर्नुभएको थियो । नकआउट चरणमा खेलाइने उक्त खेल क्वाटर फाइनलदेखि ‘बेस्ट अफ थ्री’ को आधारमा खेलाइने छ । खेलको फाइनल कार्तिक २५ गते र त्यसको पुरस्कार वितरण रजत वर्ष महोत्सवको दिन कार्तिक २७ गते हुने आयोजकले जनाएको छ ।
मङ्गलबार भएको पहिलो राउन्डमा उकेश सुवाल, बलराम प्रजापति, मंगलराम प्रजापति, असलबहादुर प्रजापति, इन्द्रबहादुर द्योपाला, विष्णु सुवाल, सेतेबहादुर कुस्मा, आसकुमार लाखा, बालकृष्ण कुसी, लक्ष्मीभक्त कोजू, सीताराम न्हेम्हाफुकी, बुद्धिराम प्रजापति, विक्रम प्रजापति, हरि गोविन्द शिल्पकार, लक्ष्मीप्रसाद गोसाई, कृष्णनारायण प्याठ, लतंभक्त प्रजापति, शिवशंकर भुजु, विश्वराम कवां, जयराम कोजू, सीताराम कासिछ्वा, आयूषा फैजू, गंगाप्रसाद प्रजापति, कृष्णसागर कोजू, रामचन्द्र कोजू, कृष्णप्रसाद प्रजापति, श्रीराम कासिछ्वा, नोरिफ प्रजापति, विनिता सुवाल, श्याम प्रजापति, भीमबहादुर प्रजापति र हरिषचन्द्र प्रजापति दोस्रो राउन्डमा जान सफल भएको संस्थाका सञ्चालक सदस्य राजेश प्रजापतिले बताउनुभयो ।
संस्थाको रजत महोत्सवको अवसरमा सोमबार संस्थाका ७० वर्ष नाघेका ज्येष्ठ सदस्यहरुलाई पौष्टिक आहार वितरण गरिएको थियो ।
यसरी नै भक्तपुर साकोसले रक्तदान, सफाइ अभियान र सुकुन्दा ¥यालीको कार्यक्रम राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *