अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
नेपाल आयल निगमले फेरि खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले मूल्यवृद्धि गरेको हो । निगमबाट प्राप्त जानकारीअनुसार एलपी ग्यासको प्रतिसिलिन्डर रु. १५७५, पेट्रोल प्रतिलिटर रु. १३६ र डिजेल र मट्टीतेल प्रतिलिटर रु. ११९ निर्धारण गरिएको छ । त्यस्तै हवाई इन्धन आन्तरिक उडानमा प्रतिलिटर रु. १०१ निर्धारण गरिएको छ । यसअघि कार्तिक १२ गते पेट्रोलियम पदार्थमा मूल्य बढाएको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले घाटामा गएको कारण देखाइ निगमले फेरि मूल्यवृद्धि गरेको हो ।
यस अघि भएको मूल्यवृद्धिको विरोध सेलाउन नपाउँदै फेरि मूल्यवृद्धि गरियो । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले पनि मूल्यवृद्धिको निर्णय फिर्ता गर्न माग गर्र्दै प्रेस विज्ञप्ति निकालेको थियो । मूल्यवृद्धिको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनहरू सडकमा उत्रेका छन् । हिजो मूल्यवृद्धिको विरोध गर्ने नेका, माओवादी र एकीकृत समाजवादी दलका विद्यार्थीहरू आज किन मौन ! आफ्नो सरकारको पालामा जे निर्णय गरे पनि टुलुटुलु हेरेर बस्ने ? जनताको सेवामा लाग्ने उद्घोष गरेका सत्तारुढ दलका नेताहरूको विरोधको स्वर खोइ ? जनताको ढाड सेक्ने गरी भएको मूल्यवृद्धि आन्दोलन हुनुअघि नै निगमले फिर्ता लिनु बृद्धिमानी हुनेछ ।
Leave a Reply