“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
काठमाडौँ, २९ कार्तिक । दक्षिण एसियाली देशहरूमा वायु प्रदूषणको समस्या हरेक वर्ष विकराल बन्दै गएको छ । वायुको गुणस्तर नाप्ने स्वीस प्रविधि आइक्युएयरका विज्ञहरूका अनुसार सन् २०२० मा संसारको सबभन्दा प्रदूषित हावा भएका तीस सहरमध्ये बीस वटा भारतमा रहेको जनाएको छ । त्यो सूचीमा बङ्गलादेशका दुई सहर र पाकिस्तानका तीन सहर पनि समावेश भएको बताइएको छ ।
आइक्युएयरले निकालेको नतिजाअनुसार संसारकै सबभन्दा वायु प्रदूषण भएका देशहरूमा तीन वटा दक्षिण एसियाकै छन् । जसमा सबभन्दा पहिला बङ्गलादेश र त्यसपछि क्रमशः पाकिस्तान र भारत छन् ।
ेविश्व स्वास्थ्य सङ्गठनअनुसार संसारका ९० प्रतिशतभन्दा बढी बालबालिकालाई वायु प्रदूषणको कारण श्वासप्रश्वासको समस्या भोग्नुपरिरहेको छ ।
ढाका त्रिव्युनमा विवेक मेनेजेस दक्षिण एसियाली देशहरूमा वायु प्रदूषण अत्यधिक बढ्नुका धेरै कारणमध्ये एउटा प्रमुख कारण कमजोर प्रशासन पनि भएको बताएका छन् । उत्तरदायित्वविहीनताको कारण पनि वायु प्रदूषणको समस्या विकराल बन्दै गएको उनको तर्क थियो ।
“हालै चीनको राजधानी पेइचिङमा वायु प्रदूषणको निकै खराब भयो । त्यसको वायु गुणस्तर सूचाङ्क २२० पुगेको थियो । तर, चीन सरकारले नियन्त्रणका लागि कदम चाल्यो । अनावश्यक सवारी साधन गुड्न रोक लगायो । सबै प्रमुख राजमार्ग बन्द ग¥यो । केटाकेटीलाई खेलमैदानमा खेल्न रोक लगाइयो । नागरिकलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरियो । तर, त्यही बेला भारतमा सूचाङ्क ३१३ पुग्दा पनि रोकथामको निम्ति कुनै प्रयास भएको थिएन । भारतको उत्तर प्रदेशको सहर मेरुतको वायु गुणस्तर सूचाङ्क बढेर ४४० पुगेको थियो ।
केही साताअघि सेप्टेम्बर महिनामा सिकागो विश्वविद्यालयले एयर क्वालिटी अफ लाइफ इन्डेक्स जारी गरी बङ्गलादेश, भारत, नेपाल र पाकिस्तानका जनताले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको आफ्नो देशको हावाको गुणस्तर बढाउन सके अहिलेभन्दा ५.६ वर्ष बढी बाच्ने निष्कर्ष निकाल्यो ।
सो अध्ययनअनुसार सन् २०१९ को तहमा वायु प्रदूषण कायम रहे दिल्ली र कोलकोत्ताका बासिन्दाको औसत आयु नौ वर्षले घट्नेछ ।
हालै भारतको राजधानी दिल्लीमा वायु प्रदूषण अचाक्ली बढ्दा त्यहाँको सर्वोच्च अदालतले केही दिन दिल्लीमा लकडाउन गर्न सल्लाह दिएको थियो ।
Leave a Reply