आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
यतिखेर जलवायु परिवर्तनको विषयमा अमेरिकी राजनीतिज्ञहरूले निरन्तररूपमा चीनमाथि आधारहीन आरोपहरू लगाइरहेका छन् । उनीहरू भनिरहेका छन् – “जलवायु परिवर्तनमा चीनको जिम्मेवारी सबैभन्दा बढी छ ।” “चीनले जलवायुसम्बन्धी आफ्नो प्रतिबद्धता पूरा गर्न विफल भएको छ ।” पछिल्लो आधारहीन प्रतिक्रिया अमेरिकी राष्ट्रपति जो बाइडेनको रह्यो र उनले जलवायु परिवर्तन मामिलाका चनिको प्रतिबद्धता कमी भएको अभिव्यक्ति दिए । के त्यो सत्य हो ? जलवायु मामिलामा चीन र संरा अमेरिकाले के कस्तो भूमिका निर्वाह गरिरहेका छन् ? केही प्रश्नको जवाफ यहाँ प्रस्तुत छ ।
विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जनकर्ता देश कुन हो ?
– विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जनकर्ता देश संरा अमेरिका हो । पश्चिमा राजनीतिज्ञहरूले र सञ्चारमाध्यमहरूले वार्षिक उत्सर्जनकर्ता देशहरूको सूचीमा चीनलाई सबैभन्दा माथि राखेर चीनलाई हरितगृह ग्यास र कार्बनडाइअक्साइडको सबैभन्दा ठूलो उत्सर्जनकर्ता भनी झूटो प्रचार गरी जलवायु परिवर्तनको सङ्कटका लागि चीनलाई दोषरोपण माग गरिरहेका छन् । यसो हेर्दा उक्त दाबी हो कि जस्तो लाग्छ तर खुद वार्षिक उत्सर्जनले समग्र उत्सर्जनको एक पक्षलाई मात्र देखाउँछ । जलवायु परवर्तनको सङ्कट कैयौँ दशक र शताब्दी अघिदेखिको समग्र हरितगृह ग्यासहरूको उत्सर्जनको परिणति हो । अर्थात् भर्खरको दुईचार वर्षको उत्सर्जनले नै आजको सङ्कट उत्पन्न भएको होइन । त्यसैले समस्यालाई पूर्णरूपमा बुझ्नका लागि खुद् वार्षिक उत्सर्जनमात्र नभई प्रतिव्यक्ति कार्बनडाइअक्साइडलगायत समग्र उत्सर्जनका अरू तथ्याङ्कहरूमा पनि ध्यान दिनु मनासिव हुन्छ ।
आजका विकसित देशहरूले दुई सय वर्षभन्दा अगाडिदेखि पृथ्वीको वायुमण्डलमा अति ठूलो मात्रामा हरितगृह ग्यास उत्सर्जन गर्दै आएका छन्, जसलाई लुकाउन छिपाउन सकिँदैन र तिनीहरूले त्यसको ऐतिहासिक जिम्मेवारी वहन गर्नुपर्छ । अघिल्लो शताब्दीमा संरा अमेरिका सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जनकर्ता रहेको थियो । सन् १९५१ देखि २०१० सम्म संरा अमेरिकाको हरितगृह ग्यास उत्सर्जनले विश्वको कुल उत्सर्जनको २७.९ प्रतिशत ओगट्दथ्यो । उत्सर्जनको इतिहास हेर्दा संरा अमेरिकाको उत्सर्जन चीनको भन्दा तीन गुणाभन्दा बढी छ ।
प्रतिव्यक्ति कार्बनडाइअक्साइड उत्सर्जनको तथ्याङ्कले पनि मानव जातिलाई जलवायु परिवर्तनको समस्यामा पु¥याउनमा कुन देश निर्णायकरूपमा जिम्मेवार छ भन्ने तथ्यलाई छर्लङ्ग पार्छ । प्रतिव्यक्ति उत्सर्जनको ऐतिहासिक तथ्याङ्कमा संरा अमेरिकाको उत्सर्जन चीनको भन्दा आठ गुणा बढी छ । सन् २०१७ मा संरा अमेरिकामा जैविक इन्धनको अत्यधिक प्रयोगमार्फत प्रतिव्यक्ति १४.६ टन कार्बनडाइअक्साइड उत्सर्जन गरिएको थियो, जुन वैश्विक औसतभन्दा ३.३ गुणा बढी र चीनको उत्सर्जनको दोब्बरभन्दा बढी थियो ।
जलवायु सम्बन्धमा आफ्नो प्रतिबद्धतामा टिक्न नसकेको देश कुन हो ?
मानव क्रियाकलापको इतिहासमा आजका विकसित देशहरूले औद्योगिक क्रान्तिदेखि समग्र विश्वमाथि असर पार्नेगरी कार्बनडाइअक्साइडको उत्सर्जन गर्न थालेका थिए । ती देशहरू नै जलवायु परिवर्तनका लागि पहिलो स्थानका जिम्मेवारहरू हुन् । जहाँसम्म पृथ्वीलाई बचाउने विश्वव्यापी आह्वानको प्रश्न छ, उक्त साझा सिद्धान्तमा प्रतिबद्ध रही फरक जिम्मेवारी पूरा गर्ने सबैभन्दा ठूलो विकासशील देश चीन नै हो । जलवायु परिवर्तनको सङ्कट समाधानका लागि विकसित र विकासशील चीनले फरक फरक ऐतिहासिक जिम्मेवारी काँधमा बोक्नुपर्ने अडान चीनको रहँदै आएको छ । विकसित र विकासशील विश्वको भिन्नाभिन्नै विकासका आवश्यकता तथा क्षमताहरू रहेका छन् । विकासशील देशहरूलाई पनि विकसित देशहरूकै परिमाणमा उत्सर्जन घटाउनलाई बाध्य पार्न खोज्नुको अर्थ विकासशील देशहरूको सम्भावित विकासलाई रोक्नु हुन्छ ।
जलवायु परिवर्तनको प्रतिकार गर्ने प्रणालीगत कदमतिर चीनको स्पष्ट मार्ग रहेको छ । चीनले जलवायु परिवर्तनको प्रतिकार गर्ने स्पष्ट नीतिहरू अङ्गीकार गरेको छ र वैश्विक जलवायु सुशासनमा सहभागी रहेको छ । सबै किसिमका कठिनाइहरूको सामना गरेर पनि चीनले आफ्नै आर्थिक र सामाजिक विकासको अवस्था सिर्जना गरेको छ । सन् २०२० मा चीनले एउटा महत्वाकाङ्क्षी लक्ष्यसहितको योजना स्थापित गरेको छ, त्यसअनुसार २०३० भन्दा अगाडि नै उसले कार्बनडाइअक्साइड उत्सर्जनको उच्चतम बिन्दुमा पु¥याउने र २०६० भन्दा अगाडि नै कार्बन तटस्थताको अवस्थामा पु¥याउने उल्लेख छ । तीस वर्षको सीमित अवधि तोकेर चीनले कार्बन उत्सर्जनको उच्चतम बिन्दुपछिको सबैभन्दा छोटो अवधिमा कार्बन तटस्थता प्राप्त गर्ने भएको छ । यसको तुलनामा संरा अमेरिका ऐतिहासिक रूपमा विश्वको सबैभन्दा ठूलो कार्बनडाइअक्साइड उत्सर्जनकर्ता भएर पनि र चीनको हरियो वातावरणप्रतिको प्रतिवद्धतामाथिको निरन्तरको प्रहारकर्ता रहेर पनि कार्बन तटस्थताको गन्तव्यमा पुग्न थप ४३ वर्ष लाग्ने अनुमान गरेको छ । संरा अमेरिकाको कार्बन उत्सर्जनको उच्चतम बिन्दुपछि कार्बन तटस्थताको बिन्दुमा पुग्ने अवधि चीनको तुलनामा १.४ गुणा बढी रहेको छ ।
वैश्विक जलवायु सरसहयोगको एक प्रखर वकालतकर्ताको हिसाबले चीन दक्षिण–दक्षिण (विकासशील देशहरूबीचको) सहयोगमा सक्रिय रहेको छ । चीनले विश्वका अरू विकासशील देशहरूलाई सहायता र समर्थन प्रदान गर्ने कार्य कहिल्यै रोकेन । चीनले ती देशहरूलाई जलवायु परिवर्तनसित लड्न र विश्व तापमान वृद्धिको प्रतिकूल असर कम गर्न सहायता गरिरहेको छ । सन् २०२१ मा चीन र अरू २८ देशहरूले हरित विकासको लागि बेल्ट एण्ड रोड साझेदारीको पहलकदमी घोषणा गरेका छन् र जलवायु परिवर्तनको समस्यालाई समानताको सिद्धान्तले निर्देशित गरेका कार्यक्रमहरू, साझा तर भिन्नाभिन्नै तथा क्षमताअनुसारका जिम्मेवारीहरूमार्फत सम्बोधन गर्नुपर्ने वकालत गर्छ । साथै जलवायुसम्बन्धी कार्यक्रमहरूको मूल्याङ्कन राष्ट्रिय परिस्थितिअनुसार भिन्न पनि हुने गर्दछ ।
सेप्टेम्बर २०२१ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले संयुक्त राष्ट्र सङ्घको महासभाको ७६ औँ अधिवेशनको बहसमा भाग लिनुभयो र हरियाली विकास र कम कार्बन उत्सर्जन गर्ने अरू विकासशील देशहरूका आयोजनाहरूमा सहयोग दिने स्पष्ट पार्दै चीनले आफ्नो भूभागभन्दा बाहिर कुनै पनि प्रकारको कोइला प्रयोग हुने उद्योग वा परियोजना निर्माण नगर्ने घोषणा गर्नुभयो । यसले चीनको हरियाली विकासप्रतिको प्रतिबद्धताको अर्को बलियो कदमको प्रतिनिधित्व गर्छ ।
त्यसको विपरीत विश्वको सबैभन्दा ठूलो समग्र कार्बनडाइअक्साइड उत्सर्जनकर्ता देश संरा अमेरिकाको जलवायु परिवर्तनको प्रतिकार गर्नेबारे कार्यक्रमहरूको निकै कमजोर अभिलेख पाइन्छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त लामो समयसम्म जलवायु परिवर्तनको मुद्दाको विपक्षमा नै रहेका थिए र उनले संरा अमेरिकालाई जलवायुको सङ्कटको मामिलामा सहमति तोड्ने र समस्या सिर्जना गर्ने देश बनाए । ट्रम्पको राष्ट्रपतिकालमा उक्त देशले जलवायु मामिलालाई कुनै प्राथमिकतामा राखेन बरु हरितगृह ग्यास उत्सर्जनकर्ता उद्योगहरूको हितमा कैयौँ सङ्घीय नियमावली संशोधन गरेर वातावरणप्रतिको आफ्नो प्रतिबद्धताबाट पछि हट्यो । त्यस्तै ओबामा कालमा त्यस देशको ऊर्जा क्षेत्रमा अत्यधिक रहेको कार्बनडाइअक्साइडको उत्सर्जन घटाउने लक्ष्यका साथ बनाइएका सफा ऊर्जा योजनाहरू खारेज गरेर विशाल कीस्टोन पेट्रोल पाइपलाइन परियोजना थालनी गरियो ।
सन् २०२० मा आएर त संरा अमेरिका जलवायुसम्बन्धी पेरिस सम्झौताबाट औपचारिकरूपमा फिर्ता हुने पहिलो देश बन्यो । त्यो कदम वास्तवमा वैश्विक जलवायु सरसहयोगलाई न्यूनाङ्कन गर्ने त्यस देशको दुष्प्रयासको तड्कारो उदाहरण हो । हुन त विगतमा संरा अमेरिकाले जलवायु संरक्षणको क्योटो अभिसन्धिलाई पनि अस्वीकार गरेको थियो । संरा अमेरिकाको नीति निर्माण तहको शृङ्खलावद्ध पछाडि हटाइले जलवायु परिवर्तनको वैश्विक लडाइँमा नकारात्मक असर पा¥यो, हरितगृह ग्यासको उत्सर्जनमा ठूलो वृद्धि ल्यायो र वायु प्रदूषणमाथि कमजोर नियन्त्रणका कारण ठूलो सङ्ख्यामा अमेरिकी नागरिकहरू श्वासप्रश्वाससम्बन्धी रोगले मृत्युवरण गर्न बाध्य भए ।
ट्रम्प प्रशासनको अवधिमा संरा अमेरिकाले जलवायु सुधारको पक्षमा केही पनि गरेन । वर्तमान राष्ट्रपति जो बाइडेनले आफ्ना अभिव्यक्तिमार्फत जलवायु परिवर्तनको मुद्दालाई अग्रभागमा राखेको सङ्केत गरेका छन् । बाइडेनको कार्यकालको पहिलो दिनमा नै संरा अमेरिका पुनः पेरिस सम्झौतामा सामेल हुने तथा २०३० सम्ममा हरितगृह ग्यासको उत्सर्जन २००५ को तुलनामा ५०–५२ प्रतिशत घटाउने घोषणा गरेका थिए । साथै २०५० सम्ममा कार्बन उत्सर्जनलाई शून्यको तहमा पु¥याउने महत्वाकाङ्क्षी योजना घोषणा गरेका थिए । यी घोषित लक्ष्यहरूले जलवायुसम्बन्धी लक्ष्यमा त्यस देशको आक्रामक कदमका रूपमा देख्न सकिन्छ तर बाइडनेले आफ्नो प्रशासनका यी बहुप्रचारित घोषणाहरूलाई वास्तविक जलवायुसम्बन्धी कार्यक्रममा परिणत गर्न सक्ने हुन् वा होइनन् ? हेर्न बाँकी छ । यतिखेर संरा अमेरिकी शासक वर्गमाझ देखिएको गहिरो विभाजनले बाइडेन प्रशासनले आफ्नो जलवायु एजेन्डालाई अगाडि बढाउन झन्डै असम्भव हुने देखिएको छ । अमेरिकी संसद्ले गरिरहने कटौतीका निर्णयहरूले प्रकारान्तरले बाइडेनका जलवायुसम्बन्धी सपनाहरूलाई उनका पूर्ववर्ती (बाराक ओबामा) का योजनालाई जस्तै नालीमा बगाइदिन बेर छैन ।
जलवायुसम्बन्धी कार्यबाट खुट्टा पछि तान्ने देश कुन हो ?
विचार तब मात्र यथार्थमा परिणत हुन्छ जब मानिसहरूले त्यस विचारले काम गर्छन् । एक जिम्मेवार देशको हिसाबले चीनले निरन्तररूपमा उत्सर्जन घटाउने आग्रहप्रति सकारात्मक सम्बोधन गर्दै आएको छ र हरियो (नवीकरणीय) र कम कार्बनको ऊर्जा विकासमा तदारूकता देखाउँदै आएको छ । चीनले जलवायुसम्बन्धी लक्ष्यहरूलाई लचिला कार्यमूलक योजनामा परिणत गरी देशको राष्ट्रिय विकास कार्यक्रममार्फत नै ती पूरा हुने बन्दोबस्त गरेको छ । चीनले जलवायुसम्बन्धी लक्ष्यहरू हासिल गर्नका लागि स्पष्टरूपमा परिभाषित समयतालिका, मार्गचित्र तथा कार्ययोजना निश्चित गरेको छ । त्यस देशले हालै दुइ मार्ग योजना सार्वजनिक गरेको छ । पहिलो, नयाँ विकास दर्शनको पूर्ण र विश्वसनीय कार्यान्वयनमा कार्बनडाइअक्साइडको उच्चतम बिन्दु र कार्बन तटस्थता हासिल गर्नेसम्बन्धी कार्य निर्देशिका र दोस्रो, २०३० भन्दा अगावै कार्बनडाइअक्साइड उच्चतम बिन्दुमा पु¥याउने कार्ययोजना । त्यसले जलवायुसम्बन्धी लक्ष्यतिर त्यस देशको कार्यलाई मार्गनिर्देशन गर्ने, मुख्य लक्ष्यलाई अगाडि राख्ने र आगामी दशकका लागि उपायहरू अगाडि सार्ने कार्य गरेको छ । त्यस्तै जलवायु परिवर्तनको असर देखिएका विशेष क्षेत्रका लागि विशेषीकृत योजनाहरू लागु गर्ने उपायहरू पनि चीनले अगाडि सारिरहेको छ ।
चीनका प्रयासहरूले सकारात्मक परिणामहरू हासिल भइरहेका छन् । सन् २०२० मा चीनको कार्बन सापटी २००५ को भन्दा ५० प्रतिशतले कम भएको छ । त्यसको अर्थ चीनले अन्तर्राष्ट्रिय समुदायसमक्ष जाहेर प्रतिबद्धताभन्दा बढी हरियाली (वन) विकास गरेको भन्ने बुझिन्छ । उदाहरणका लागि वैश्विक जलवायु सहयोगका रूपमा चीनले विकासशील देशहरूलाई कम कार्बन उत्सर्जन क्षेत्रहरूको विकास, जलवायु विज्ञानसम्बन्धी भूउपग्रहहरू प्रक्षेपण, नवीकरणीय ऊर्जा विकास र कम ऊर्जाले बढी उल्यालो पार्ने साधनको विकास, वातावरणीय अनुगमनका साधनहरूको उत्पादन र सफा ऊर्जा प्रयोग हुने चुल्होहरूको विकास, उत्पादन र सहज पहुँचमा ठूलो योगदान पु¥याएको छ ।
चीनको व्यवस्थित र ठोस कार्यको तुलनामा जलवायु परिवर्तनविरुद्ध लड्न संरा अमेरिकाले हरित विकासको आफ्नो प्रतिबद्धता पूरा गर्न केही पनि गरेको छैन । राष्ट्रपतीय निर्वाचन अभियानदेखि जो बाइडेनले जलवायु परिवर्तनसित लड्ने ठूल्ठूला र महत्वाकाङ्क्षी योजनाहरूको कुरा गर्न थालेका थिए । उनले कार्बनडाइअक्साइडको उत्सर्जन घटाउने विकासशील देशहरूको कार्यमा अमेरिकी सहयोग दोब्बर पु¥याउने र संरा अमेरिकालाई जलवायु परिवर्तनविरुद्धको लडाईँको नेता बनाउने पनि पटकपटक दोहो¥याएका छन् । तर, महिनौँ लामो सम्झौता वार्तापछि संरा अमेरिकी प्रतिनिधिसभाले ‘ब्युल्ड ब्याक बेटर एक्ट’ पारित ग¥यो । तर, त्यसले राष्ट्रपति बाइडेनको सामाजिक सुरक्षा र जलवायु परिवर्तनको योजनाको प्रस्ताव सम्मिलित विधेयकमा ठूलो कटौती ग¥यो र धेरै प्रगतिशीलहरूलाई निराश पा¥यो । उदाहरणको लागि जलवायु परिवर्तनसित लड्न ५५० अर्ब डलर प्रस्ताव गरिएकोमा ५० अर्बले कटौती ग¥यो ।
बाइडेन प्रशासन जलवायुसम्बन्धी आफ्नो प्रतिबद्धता कायम राख्न असफल मात्र भएको छैन बरु त्यसभन्दा विपरीतका नीतिहरू लागू गर्न लागेको छ । सेप्टेम्बरमा ह्वाइट हाउसले मेक्सिको खाडीमा ७ करोड ८० लाख हेक्टर क्षेत्रफलमा तेलको लागि ड्रिलिङ गर्ने अनुमति दियो । त्यो परियोजना अमेरिकामा समुद्र किनाराको सबैभन्दा ठूलो तेल र ग्यास उत्पादन केन्द्र हो । त्यस्तै मे २०२१ मा बाइडेन प्रशासनले अलास्कामा विलो नामको विशाल तेल परियोजना थालनी ग¥यो र त्यसले दैनिक १ लाख ब्यारेलभन्दा बढी तेल आगामी ३० वर्षसम्म निकाल्ने छ । यसरी जलवायु सङ्कटको प्रमुख कारण मानिने जैविक ऊर्जा प्रयोगमा विश्वकै नम्बर १ रहेको देश अमेरिकाका राष्ट्रपति बाइडेनले ग्लास्गोमा चलिरहेको संयुक्त राष्ट्रसङ्घको आयोजनामा भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन जान पनि कार्बनडाइअक्साइड उत्सर्जन गर्ने दर्जनौँ गाडीहरूको ताँती लगाए । त्यस्तै इटालीको रोममा जी–२० राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा ८५ वटा कारमा आफ्नो प्रमण्डलसहित सहभागी भएर उस्तै भद्दा प्रदर्शन गरे । यस्तो पाखण्दी रहेसम्म संरा अमेरिकाको जलवायुसम्बन्धी कार्य ठूल्ठूला कुराको फलाक्याइँबाहेक व्यवहारमा केही पनि साबित हुनेछैन ।
अनुवाद : प्रकाश
Leave a Reply