भर्खरै :

यसकारण नेमकिपा तटस्थ

हामीले राजनीतिशास्त्रमा पढेका थियौँ – फ्रान्समा एउटा यस्तो स्थिति आएको थियो, राति सुत्दा एउटा सरकार र बिहान उठ्दा अर्को सरकार । फ्रान्सको त्यो दुर्गति पुँजीवादी दलहरूबीचको झगडा अहिले नेपालमा देखिँदै छ । नेपालको सिमानामा बस्ने नेपाली दाजुभाइहरूको अवस्था भने फरक छ ः रातिसुत्दा नेपालमा, बिहान उठ्दा भारतमा । आज हामी यो सदनमा अर्को चित्र देख्दै छौँ । दसैँ–तिहार अगाडि एउटा पङ्क्तिमा बस्ने सांसदहरू दसैँ–तिहार मनाएर आइसकेपछि अर्को पङ्क्तिमा हुनुहुन्छ । हामी यो अवस्थाबाट गुज्रिरहेका छौँ । यो पदको झगडा र कुर्सीको लडाइँमा नेपाल मजदुर किसान पार्टी सुरुदेखि नै टाढा रहँदै आएको सबैलाई थाहा छ । अहिलेको यो झगडामा पनि शासक दलहरूबीचको कुर्सीको तानातानमा नेमकिपा टाढा रहन्छ । नेमकिपाले कुर्सीको तानातानमा सदा टाढा बस्छ । बरु, हामी नेपाली जनतासँग बस्न चाहन्छौँ र नेपाली जनताको आवाज सदनमा पनि मुखरित गर्न चाहन्छौँ । हाम्रो पार्टीले विगत ३० वर्षदेखि अर्थात् बहुदल पुनःस्थापनासँगसँगै यो अभिभारा बहन गर्दै आइरहेको जगजाहेर नै छ ।
शासक दलहरूको यो झगडामा जनताको हित कहीँ कतै देखिँदैन । बजारमा महँगी बढेको बढ्यै छ । सहरबजारमा आतङ्क छ । जता हे¥यो उतै अस्तव्यस्त छ । त्यो अस्तव्यस्त समाधान गर्ने, महँगी नियन्त्रण गर्ने र नेपाली जनतालाई शान्ति–सुरक्षा दिने विषयहरूमा यहाँ कोही शासकहरू बोलिरहेका छैनन् । त्यसको ग्यारेन्टी दिने खालका प्रतिबद्धताहरू यहाँ सुनिएको छैन । त्यो खालको तयारी भइरहेको छैन । खालि पदको भागबन्डा । पदको भागबन्डा प्रजातन्त्र होइन । यसले त प्रजातन्त्रको बदनाम गर्दै छ । प्रजातन्त्रको भावनाबमोजिम शासक दलहरू नचलेका हुनाले त्यो झगडामा हामी सामेल हुन चाहँदैनौँ ।
अझै पनि कोरोनाको आतङ्क कायमै छ । कोभिडको महामारी नियन्त्रण गर्न शासक दल या सरकारले सक्रियता देखाइरहेका छैनन् । यसकारण, अनाहकमा नेपाली जनताको ज्यान जाने क्रम अभैm जारी छ । त्यस विषयमा शासक दलहरू र सरकार बोलिरहेका छैनन् । यसमा पनि हाम्रो आपत्ति छ । हिजोका सरकारहरूले गरेका अनियमितता, भ्रष्टाचार, पक्षपात नियन्त्रण हुने हो कि हैन ? त्यसबारेमा पनि यहाँ चुँ बोलिँदैन ।
शासक दलहरूको भित्री झगडाको मूल कारण के हो ? त्यसबारे नेपाली जनता जान्न चाहन्छन्, बुभ्mन चाहन्छन् । त्यसबारे अभैm यथार्थ कुरा बाहिर आएको छैन । त्यसकारण, जबसम्म त्यो वास्तविकता बाहिर आउँदैन तबसम्म हामीले कसलाई किन विश्वास गर्ने ? विदेशीहरूले चलाइराखेको हो कि अथवा कुनै प्रतिक्रियावादी ताकत अथवा तत्वहरूले चलाइराखेको हो कि ? यो झगडाको निम्ति को जिम्मेवार छ ? यी विषयमा कमसेकम हामी अवगत छैनौँ । यी विषयमा नेपाली जनता जान्न चाहन्छन् र जान्ने अधिकार नेपाली जनतासँग छ । यस विषयमा शासक दलहरूले समयमै प्रस्ट पार्न आवश्यक छ । प्रदेशमा जुन किसिमको अनियमितता भइरहेका छन् अर्थात् सुस्तता छ, त्यो सुस्तता तोड्ने खालको प्रतिबद्धता कहिले आउँछ ? कसले दिने ? अहिलेको सरकारले दिइरहेको अवस्था छैन हामीलाई त्यसबारे जानकारी दिइएको छैन ।
अहिले जताततै भाँडभैलो छ । यसबाट जनता त छोडिदिउँ यहाँ उपस्थित सांसदहरू स्वयम् सन्तुष्ट हुनुहुन्न । यो रीति, यो बेथिति अन्त्य गर्ने कुनै पनि खालको सुनिश्चितता, प्रतिबद्धता अभैm आएको छैन । त्यसकारण, शासक दलहरू, पुँजीवादी दलहरूको यो कुर्सीको तानातान, कुर्सीको हानाहान, पदको झगडा, प्रजातन्त्रमाथिको घातबाट नेमकिपा टाढा बस्न चाहन्छ । देशघाती एमसीसीका कारण देशले नयाँ सङ्कट बेहोर्दै छ । देशमा नयाँ भाँडभैलो थपिँदै छ । देशको अस्तित्वमाथि नै खतरा आउँदै छ । त्यस विषयमा पनि शासक दलहरूले नबोलेको हुनाले नेमकिपा यो झगडाभन्दा टाढा बस्न चाहन्छ । जबसम्म एमसीसीजस्तो देशघाती सम्झौताको विषय उठाइँदैन, तबसम्म यस विषयमा हाम्रो विरोध जारी रहनेछ । नेमकिपाले विगत लामो समयदेखि नै प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै आइरहेको जगजाहेर छ । आजको यो विश्वासको मतको सन्दर्भमा नेमकिपा तटस्थ रहने जानकारी गराउन चाहन्छु ।
(कार्तिक २२ गते बाग्मति प्रदेशसभामा मुख्यमन्त्री राजेन्द्र पाण्डेले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा भएको छलफलमा नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले राख्नुभएको विचारको सम्पादित अंश–सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *