एक वर्षदेखि लमजुङ दरबार पुनःनिर्माण अलपत्र
- बैशाख ७, २०८३
भक्तपुर, १ मंसिर । भक्तपुर नगरपालिकाको आयोजनामा नगर क्षेत्रका अपाङ्गता भएका व्यक्ति वा संरक्षकहरूको लागि हस्तकला सामग्री बनाउने एकमहिने तालिम बुधबारबाट सुरु भयो ।
तालिम उद्घाटन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले अपाङ्गता भएका व्यक्ति वा संरक्षकहरूलाई सिप विकास गरी आत्मनिर्भर हुन प्रेरित गर्दै सीप र क्षमता भएको व्यक्ति जुनसुकै ठाउँमा पनि योग्य हुने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “कुनै पनि सिप वा विषयमा निपुण व्यक्ति स्वावलम्बी हुन्छ ।”
आपूmले सिकेको सिपको पूर्ण सदुपयोग गरी सोही विषयमा पारङ्गत हुन एडभान्स कोर्स गर्नुपर्ने धारणा राख्दै प्रमुख प्रजापतिले तालिम प्राप्त अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्तिले जस्तै रोजगारी प्राप्त गरी समाजमा उदाहरणीय कार्य गर्नसक्नेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “समय मूल्यवान छ । सही समयमा सिकेको सिपले जीवन परिवर्तन गर्नसक्छ । समयले नै व्यक्तिलाई अवसर प्रदान गर्दछ ।”
कार्यक्रमका सभापति एवं भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले स्थानीय सरकारको रूपमा जनताको नजिक रहेर कार्य गरिरहेको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी नपाले अपाङ्गता दिवसको अवसर पारी हरेक वर्ष ह्विल चियर, ट्वाइलेट चियर, सेतो छडीलगायतका सहायक सामग्रीहरू वितरण गरिरहेको तथा स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “भनपाको वार्षिक योजनामा हस्तकलाका सामग्रीहरू बिक्री गर्ने कोसेली घर सञ्चालन गर्ने र हस्तकलाग्राम सञ्चालन गर्ने लक्ष्य रहेको छ । यस तालिम कोसेली घर सञ्चालनमा सहयोग पुग्नेछ ।”
कार्यक्रममा प्रशिक्षक हिमालयश्वरलाल मूलले तालिमले अपाङ्गता भएका व्यक्ति र अभिभावकलाई आर्थिक भार कम गराउन तथा रोजगारी अभिवृद्धि गर्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य एवं अपाङ्गता समन्वय समितिका सदस्य रोशनमैँया सुवालले समन्वय समितिले गरिरहेका गतिविधिहरूबारे जानकारी दिँदै अपाङ्गता भएका व्यक्ति र परिवारलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ हस्तकला तालिम सञ्चालन गरिएको बताउनुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी स्वास्थ्य शिविर र खेलकुद प्रतियोगिताको आयोजना हुने जानकारी दिनुभयो ।
Leave a Reply